Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै
Photo / Coverage: केन्द्रबिन्दु

सङ्खुवासभा । तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्ने भएको छ । एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलपिडिसी) प्रमुख कार्यकारी अधिकृत पङ्कज चौधरीका अनुसार शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले सोमबार नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत आयोजनाको शिलालेख अनावरण गर्ने प्रमुख कार्यकारी अधिकृत चौधरीले जानकारी दिए । आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिका निर्माण हुनेछ । प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका क्रममा आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । आयोजनाको क्षमता ६६९ मेगावाट रहेको छ । डिजिटल शिलालेख अनावरणको प्रत्यक्ष प्रसारण आयोजनास्थलमा गरिने एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीले जनाएको छ । आयोजनाको सङ्खुवासभास्थित चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेछ । आयोजनाका प्रभावित स्थानीयलाई हालसम्म रु ९९ करोड ९८ लाख ३९ हजार मुआब्जा वितरण भइसकेको छ । आयोजना प्रभावित क्षेत्रका करिब २५३ परिवारलाई उक्त रकम वितरण गरिएको हो । सो क्षेत्रमा रु पाँच लाखदेखि रु ३४ लाखसम्म जग्गाको मूल्याङ्कन गरिएको छ । तल्लो अरुण आयोजना निर्माणस्थलमा पर्ने ६५६ जनाले मुआब्जा पाउनेछन् । आयोजनाले रु एक अर्ब ४० करोड मुआब्जा वितरण गर्नेछ । आयोजनाबाट २६८ घरपरिवार प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । भारतीय कम्पनी सतलज विद्युत् निगमले अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ । निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि जम्मा भएको पानी खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव तीन किलोमिटर सुरुङबाट विद्युत् गृहमा लगिनेछ । आयोजनाको लागत रु ९२ अर्ब ६७ करोड रहने अनुमान गरिएको छ । लगानी बोर्ड र भारतीय कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पिडीए) अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा आयोजना निर्माण हुनेछ । व्यापारिक रूपमा विद्युत् उत्पादन गरेको २५ वर्षपछि चालु हालतमा निःशुल्क सरकारले पाउनेछ । आयोजनाको निर्माण अवधि पाँच वर्ष रहनेछ । विसं २०८० जेठ १८ गते लगानी बोर्ड नेपाल र एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच परियोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएको थियो । आयोजनाबाट कुल उत्पादित विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ । आयोजना निर्माणले सङ्खुवासभासहित कोशी प्रदेशको ऊर्जा विकास, पूर्वाधार विस्तार र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेन  र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
Latest NewsJust now

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्न विदेशमन्त्री जयशंकर पुगेपछि दुई नेताबीच छलफल सुरु भएको हो। जयशंकरसँगको भेटवार्तापछि आज साँझ ७ बजे नेपाल–भारत बिजनेस फोरमको डिनर कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री ...

केन्द्रबिन्दु
कवि तथा गीतकार टीका चाम्लिङप्रति श्रद्धान्जली अर्पण
Latest NewsJust now

कवि तथा गीतकार टीका चाम्लिङप्रति श्रद्धान्जली अर्पण

काठमाडौँ, मङ्सिर ६ गते । कवि तथा गीतकार टीका चाम्लिङको ५३ वर्षको उमेरमा शनिवार राति निधन भएको छ । नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानमा आइतबार उहाँको पार्थिव शरीरलाई श्रद्धान... ...

गोरखापत्र
क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्ण सम्मानित
Latest NewsJust now

क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्ण सम्मानित

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना पूर्वअध्यक्ष तथा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई बधाई तथा सम्मान गरेको छ। महासंघले खुसिबुस्थित सचिवालयमा विशेष कार्यक्रम आयोजना गरी कर्णलाई सम्मान गरेको हो। कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरूले उनको नियुक्तिलाई नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका लागि गौरवपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका छन्। सन् ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement