Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

तल्लो अरुणबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
तल्लो अरुणबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले तल्लो अरुण जलविद्युत् आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताउनुभयो । प्रधानमन्त्री बालेन्द्र साहको मंसिर ६ र ७ गते भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्री साह र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्नुभएको थियो । प्रवक्ता अर्यालका अनुसार आयोजनाको एक प्याकेजअन्तर्गत करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँ बराबरको ठेक्का आह्वान भइसकेको छ । निर्धारित समयमै विद्युत् उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको निर्माण कार्य अघि बढाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना कार्यान्वयनमा आएको अवस्था छ । मंसिर ६ र ७ गते प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबाट यसको संयुक्त रूपमा शिलान्यास पनि भइसकेको छ । आयोजनाको एक प्याकेजअन्तर्गत करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँ बराबरको ठेक्का आह्वान भइसकेको छ । सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन हुने गरी मिति पनि निर्धारण गरिएको छ ।’ यसैगरी सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा २० वटा फर्म तथा कम्पनीलाई प्रचलित कानुनबमोजिम कालोसूचीमा राख्ने निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण तथा परामर्श सेवासम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई राय तथा परामर्श उपलब्ध गराइएको छ । सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नेसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत भई कार्यान्वयनमा आइसकेको पनि उहाँले बताउनुभयो । हेलो सरकारमा पछिल्लो १० दिनमा ३ हजार ५१ वटा गुनासा प्राप्त भएकोमा २ हजार ७५४ वटा फछ्र्योट गरिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । तीमध्ये २३४ वटा गुनासा सम्बोधन गरिएको उहाँले बताउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सामाजिक सुरक्षाको दायरा विस्तार गर्न आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्छौँ [भिडियो]
Latest NewsJust now

सामाजिक सुरक्षाको दायरा विस्तार गर्न आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्छौँ [भिडियो]

श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन चालु आर्थिक वर्षमा १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। ...

हाम्राकुरा
अन्तरिक्षमा १० लाख स्याटेलाइट डाटा सेन्टर राख्न किन चाहन्छन् एलन मस्क ?
Latest NewsJust now

अन्तरिक्षमा १० लाख स्याटेलाइट डाटा सेन्टर राख्न किन चाहन्छन् एलन मस्क ?

• स्पेसएक्सले अन्तरिक्षमा १० लाख स्याटेलाइट डाटा सेन्टर स्थापना गर्ने योजना अघि बढाएको छ, जसलाई अमेरिकी एफसीसीले स्वीकृति दिएको छ। • यस परियोजनाले एआईको डाटा प्रशोधन गर्ने उद्देश्यले स्याटेलाइटलाई सूर्यको ऊर्जाबाट विद्युत् उत्पादन गर्न प्रयोग गर्नेछ। • खगोलशास्त्री र वातावरणविद्हरूले यस योजनाप्रति चिन्ता व्यक्त गर्दै रातको आकाशमा प्रकाश प्रदूषण र खगोलीय अध्ययनमा असर पर्ने चेतावनी दिएका छन्। ...

नेपालबहस
बुढीगण्डकीको अधुरो सपना
Latest NewsJust now

बुढीगण्डकीको अधुरो सपना

गोरखा र धादिङको सीमाक्षेत्र हुँदै बग्ने बुढीगण्डकी नदी अहिले पनि उस्तै छ। नदी बगिरहेको छ, आसपास बस्ती छन्, पहाड छन् र त्यही भूगोलमा एउटा विशाल जलाशय निर्माण गरेर १२०० मेगावाट विद्युत् उत्पादन गर्ने सपना पनि छ। फरक यति हो, पाँच दशकअघि सम्भावना पहिचान गरिएको यो आयोजना अझै निर्माणको मूल चरणमा प्रवेश गर्न सकेको छैन। आयोजना बन्ने आशामा जग्गा रोक्का भएका ...

नेपालन्युज
नेपाल–भारत सीमा समस्या कुटनीतिक वार्ताबाट समाधान गर्ने सहमति, सीमाको संयुक्त स्थलगत निरीक्षण गरिने
Latest NewsJust now

नेपाल–भारत सीमा समस्या कुटनीतिक वार्ताबाट समाधान गर्ने सहमति, सीमाको संयुक्त स्थलगत निरीक्षण गरिने

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा सम्बन्धी बाँकी समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको छ । प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलका क्रममा सीमा समस्यालाई संयुक्त भिजन डकुमेण्टमा समेत समावेश गरिएको हो । दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भहरूको मर्मतसम्भार कार्यलाई अघि बढाउने विषयमा सहमति जनाइएको परराष्ट्र मन्त्रालयका ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement