तलेजु भवानी मन्दिरमा भक्तजनले मङ्गलबार बिहान ५ बजेदेखि दर्शन गर्न पाउने

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाले आज आयोजना गरेको सरोकार भएका निकायसँगका छलफलका क्रममा बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म तलेजु भवानी मन्दिर सर्वसाधारणलाई पूजा, आराधना एवं दर्शनका लागि खुला गरिने निर्णय भएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिए । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तुलजा भवानीलाई गत असोज ३१ गते शनिबार बिहान ७:३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तुलजा भवानीलाई त्यसै दिन बिहान १०:३९ बजेको साइतमा स्थिरासनमा राखिएको थियो । तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी आज राति कालरात्रि पूजा गरिँदैछ । कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने पनि हेरचाह अड्डाले जनाएको छ । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान १०:५१ बजे यात्रा गराइने छ । त्यसै दिन बिहान ११:५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ । The post तलेजु भवानी मन्दिरमा भक्तजनले मङ्गलबार बिहान ५ बजेदेखि दर्शन गर्न पाउने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News
![[अर्काइभ] राजस्व छल्ने १३० जनाको नाम किटान गर्ने त्यो संसदीय प्रतिवेदन](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/ekantipur-default-2025.png)
[अर्काइभ] राजस्व छल्ने १३० जनाको नाम किटान गर्ने त्यो संसदीय प्रतिवेदन
२०५५ मा गठित संसदीय छानबिन समितिले राजस्व चुहावट र तस्करीमा संलग्न रहेको आरोपमा १३० जनाको नाम किटान गरेको थियो । ३ सय ३७ पृष्ठको प्रतिवेदनमा ५६ सरकारी निकायको समन्वयमा तस्करी हुने गरेको र बर्सेनि ४ अर्ब रुपैयाँ राजस्व नोक्सानी हुने गरेको उल्लेख थियो । ...

दसैंमा पनि सडक आन्दोलनमै छिन् दीपा, १८४ दिनदेखि न्यायको पर्खाइ
जातीय विभेदविरुद्ध न्याय माग्दै दीपा नेपाली १८४ दिनदेखि माइतीघर मण्डलमा धर्नामा छिन् । सरकारले माग सम्बोधन नगरेको र वार्तामा समेत नबोलाएको उनको गुनासो छ । ...

सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते
बारा । बाराको सिमरामा बहुला कुकुरको टोकाइबाट ११ जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल पछाडिको बस्तीमा आतंक मच्चाउँदै आएको कुकुरलाई सोमबार साँझ नियन्त्रणमा लिइएको छ । कुकुरले... ...

मुस्ताङमा पर्यटकको संख्या ४१ प्रतिशतले घट्यो
काठमाडौं। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म एक लाख १८ हजार ६८५ जना पर्यटक मुस्ताङ पुगेकामा यस वर्ष सोही अवधिमा ४१ दशमलव ५२ प्रतिशतले घटेर ६९ हजार ४०३ जनामा सीमित भएको छ। प्रहरी निरीक्षक ईश्वर महतका अनुसार यस वर्षको ...


