Saturday, November 21, 2026||
MultiKhabarMultiKhabar

तथ्यहीन आरोप र अपमानजनक अभिव्यक्तिप्रति प्याब्सनको आपत्ति, कानुनी उपचारमा जाने चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
तथ्यहीन आरोप र अपमानजनक अभिव्यक्तिप्रति प्याब्सनको आपत्ति, कानुनी उपचारमा जाने चेतावनी
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । निजी तथा संस्थागत विद्यालय र विद्यालय सञ्चालकहरूलाई लक्षित गरी सामाजिक सञ्जालमा तथ्यहीन, अपमानजनक तथा मर्यादाविहीन अभिव्यक्ति सार्वजनिक हुन थालेको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले गम्भीर आपत्ति जनाएको छ । प्याब्सनले यस्ता गतिविधि नरोकिए कानुनी उपचारको बाटो अवलम्बन गर्ने चेतावनीसमेत दिएको छ । प्याब्सन केन्द्रीय कार्यसमितिले जारी गरेको प्रेस विज्ञप्तिमा आलोचना र असहमति लोकतन्त्रको स्वाभाविक अभ्यास भए पनि अपुष्ट आरोप, व्यक्तिगत लाञ्छना र संस्थागत प्रतिष्ठामाथिको प्रहारलाई अभिव्यक्ति स्वतन्त्रताको नाममा उचित मान्न नसकिने उल्लेख गरेको छ ।नेपालको शिक्षा विकास, गुणस्तरीय शिक्षाको विस्तार, रोजगारी सिर्जना तथा दक्ष जनशक्ति उत्पादनमा संस्थागत विद्यालयहरूले दशकौंदेखि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै प्याब्सनले निजी क्षेत्रको लगानी, श्रम, जोखिम र प्रतिबद्धतालाई पूर्वाग्रहपूर्ण टिप्पणीका आधारमा अवमूल्यन नगर्न आग्रह गरेको छ । विज्ञप्तिमा विद्यालय सञ्चालकहरू शिक्षक तथा कर्मचारीका पारिश्रमिक, सेवासुविधा, पेसागत अधिकार, सामाजिक सुरक्षा, शैक्षिक गुणस्तर र संस्थागत सुशासनका विषयमा थप जिम्मेवार, पारदर्शी र जवाफदेही बन्नुपर्ने स्वीकार गरिएको छ । शिक्षक तथा कर्मचारीका जायज गुनासाको निष्पक्ष सम्बोधन, कानुनको पालना र आवश्यक सुधार विद्यालय क्षेत्रको साझा दायित्व भएको प्याब्सनको भनाइ छ । तर, सुधार र अनियमितताका विषयलाई तथ्य तथा प्रमाणका आधारमा सम्बन्धित नियामक निकाय र संस्थागत प्रक्रियामार्फत उठाउनुपर्नेमा सार्वजनिक अपमान र आरोप–प्रत्यारोपको माध्यम बनाइनु समस्या समाधानको जिम्मेवार उपाय नभएको प्याब्सनले जनाएको छ । विशेषगरी शैक्षिक संस्था सञ्चालन गरिरहेका तथा शिक्षा क्षेत्रमा सार्वजनिक प्रभाव राख्ने व्यक्तिहरूले आफ्ना अभिव्यक्ति दिँदा तथ्य, विवेक र व्यावसायिक मर्यादाको ख्याल गर्नुपर्नेमा प्याब्सनले जोड दिएको छ । कुनै विषयमा समस्या वा अनियमितता भए सम्बन्धित राज्य निकायले निष्पक्ष छानविन गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उसको माग छ । संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने, तथ्यहीन आरोप लगाउने तथा अपमानजनक अभिव्यक्ति दिने गतिविधि निरन्तर भए कानुनी उपचार अवलम्बन गर्न प्याब्सन दृढ रहेको विज्ञप्तिमा उल्लेख छ । प्याब्सनले संवाद, सुधार, सहकार्य र जिम्मेवार संस्थागत अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताउँदै निजी विद्यालयको योगदानको सम्मान, विद्यालय सञ्चालकको जवाफदेहिता, शिक्षक तथा कर्मचारीको पेशागत न्याय र गुणस्तरीय शिक्षा एक-अर्काका परिपूरक विषय भएको स्पष्ट पारेको छ । प्याब्सनका महासचिव आरबी कटवाल र अध्यक्ष कृष्णप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा आलोचना तथ्यमा आधारित, अभिव्यक्ति मर्यादित र संस्थागत सम्मान सबैका लागि समान रूपमा सुरक्षित हुनुपर्नेमा जोड दिइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विवाह : श्रीमान्-श्रीमतीको सम्बन्धमात्र होइन
Latest NewsJust now

विवाह : श्रीमान्-श्रीमतीको सम्बन्धमात्र होइन

विवाह एउटा केटा र केटीबीचको सम्बन्धमात्र होइन । विवाहपछि दुईजना मानिसमात्र जोडिँदैनन्, दुई परिवार पनि जोडिन्छन् । दुई फरक घर, फरक संस्कार, फरक सोच र फरक बानी भएका मानिसहरू एउटै सम्बन्धमा बाँधिन्छन् । त्यसैले विवाहलाई श्रीमान्–श्रीमतीको मायामा मात्र सीमित गरेर हेर्नु हुँदैन भन्ने मलाई लाग्छ । मेरो लागि बिहे भनेको श्रीमान्सँग मात्र जोडिनु होइन । बिहेपछि उहाँको परिवार, उहाँका आमाबुबा र ...

हिमालय टाइम्स
राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै प्रधानमन्त्री शाह, यस्ता छन् २ दिनका कार्यक्रम
Latest NewsJust now

राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै प्रधानमन्त्री शाह, यस्ता छन् २ दिनका कार्यक्रम

प्रधानमन्त्री वालेन्द्र शाह राजकीय भ्रमणका लागि आज मंसिर ६ गते भारत प्रस्थान गर्दै छन्। ३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आज आइतबार दिउँसो १:४५ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमान चढेर दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह २ दिनका लागि... ...

नेपालखबर
प्रधानमन्त्रीको भारत भ्रमण फलदायी बनोस्
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमण फलदायी बनोस्

प्रधानमन्त्री बालेन साहले आजदेखि भारतको दुई दिने राजकीय भ्रमण गर्दै हुनुहुन्छ । अत्यन्त छोटो समयको बसाइ हुने यो भ्रमण उहाँ प्रधानमन्त्री बनेको आठ महिनापछि मिलेको संयोग हो । नेपालमा जो प्रधानमन्त्री बने पनि पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने परम्परा रहिआएको थियो तर पछिल्लो समयमा केही प्रधानमन्त्रीहरूले उक्त परम्परालाई पालना नगरी अन्य मुलुकबाट विदेश भ्रमण थालनी गरेका हुँदा भारत रिसाएको ...

हिमालय टाइम्स
कविता : नखाएको बीष
Latest NewsJust now

कविता : नखाएको बीष

मानव जातिको उन्नत्तिमारमाउने मेरो चाहानाआज तुषारा पात भएछस्वरूप हेरेर आनन्दको अनुभूति संगाल्नेमेरा प्रिय जनको अनायासै कत्लेयाय भएछ । आफ्नै पसिनाद्वारा धर्तिमा उज्ज्यालो छर्नेअन्तरमनको उत्कट अभिलाषामाभोल्कानोजले क्षेदविछेद पार्दैछघमण्ड र उन्माद द्वारा उत्पन्न विषत्त कार्बनद्वारामेरो वास्तविक स्वरूपको क्षयीकरण भएछ । सुन्दैछु मेरो अन्तिम गन्तव्यमा पनिसुनामी र मरुभूमीकरण बन्दैछमानव जाति आफूले आफैंलाई विभाजन कर्म गरिरहेछ । चील गाडी युद्धले धर्ती रगताम्य भएको छप्राकृतिक सौन्दर्य क्रमशः जीर्ण ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play