नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजका लागि पहिलो खेल खेलिरहेका अस्ट्रेलियाका चर्चित ब्याटर डेभिड वार्नर बोल्ड आउट भएका छन् । कर्णाली याक्सविरुद्धको खेलमा वार्नरलाई कर्णालीका कप्तान सोमपाल कामीले बोल्ड गरेका हुन् । लगातार दुई चौका प्रहार गरेका वार्नरले १० बलमा तीन चौकासहित १६ रन बनाए । कर्णालीले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले वार्नरको विकेट गुमाएको हो ।
डेब्यु खेलमै सोमपालको बलमा बोल्ड भए डेभिड वार्नर

Read Complete Original Article
Published originally on फरकधार






