Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/डिप्रोक्स लघुवित्तले सुरु गर्‍यो एसटीसी कार्ड सेवा

डिप्रोक्स लघुवित्तले सुरु गर्‍यो एसटीसी कार्ड सेवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिप्रोक्स लघुवित्तले सुरु गर्‍यो एसटीसी कार्ड सेवा

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै डिप्रोक्स लघुवित्त कार्ड सेवा सुरु गर्ने पहिलो लघुवित्त रहेको संस्थाको दाबी छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटी र ‘घ’ वर्गको इजाजतपत्र प्राप्त डिप्रोक्स लघुवित्तबीच असोज ३० गते सम्झौता भएको हो । सम्झौतापछि डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यले पनि वाणिज्य बैंक र विकास बैंकका ग्राहकसरह कार्ड सुविधा तथा आधुनिक डिजिटल भुक्तानी सेवा उपयोग गर्न पाउनेछन् । एससीटीले सञ्चालन गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको सञ्जालमार्फत डिप्रोक्सले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी सुविधा उपलब्ध गराउनेछ । यस सहकार्यले ग्रामीण क्षेत्र तथा विपन्न वर्गसम्म आधुनिक वित्तीय प्रविधि र डिजिटल भुक्तानी सेवा विस्तार गर्न सहयोग पुग्ने दुवै संस्थाको विश्वास छ । लघुवित्तका ग्राहकलाई कार्ड सेवामा आबद्ध गराउने पहल वित्तीय समावेशीकरण र डिजिटल वित्तीय प्रणालीको विकासका लागि महत्त्वपूर्ण कदम भएको एससीटीले जनाएको छ । ‘नेटवर्क फर अल’ भन्ने मूलमन्त्रसहित अघि बढिरहेको एससीटीले यस सहकार्यबाट लघुवित्त क्षेत्रका सेवाग्राहीलाई सुरक्षित, सहज र आधुनिक डिजिटल भुक्तानी सेवामा जोड्ने लक्ष्य लिएको छ । The post डिप्रोक्स लघुवित्तले सुरु गर्‍यो एसटीसी कार्ड सेवा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

परम्परा जोगाउँदै ७३ वर्षीय रामबहादुर गन्धर्व
ताजा खबरJust now

परम्परा जोगाउँदै ७३ वर्षीय रामबहादुर गन्धर्व

• ७३ वर्षीय रामबहादुर गन्धर्वले दशैँको नवरात्रमा तानसेनका गल्लीमा सारङ्गी बजाउँदै मालश्री गाएका छन्, तर नयाँ पुस्तामा यस परम्परालाई निरन्तरता दिने चासो कम भएको छ। • गन्धर्व समुदायका पुराना कलाकारको निधन र नयाँ पुस्ताको वैकल्पिक रोजगारीतर्फको आकर्षणले मालश्री जस्ता सांस्कृतिक सम्पदाको संरक्षणमा चुनौती उत्पन्न भएको छ। • स्थानीय सरकार र संस्कृति संरक्षणका निकायले नयाँ पुस्तालाई मालश्रीको महत्त्व बुझाउन र सिक्ने ...

नेपालबहस
मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा
ताजा खबरJust now

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको […] ...

लोकपथ
आपराधिक लाभ र बाल यौनदुरुपयोगको कसुरमा संलग्न चार जना पक्राउ
ताजा खबरJust now

आपराधिक लाभ र बाल यौनदुरुपयोगको कसुरमा संलग्न चार जना पक्राउ

जनकपुर। प्रहरीले आपराधिक लाभ लिन खोजेको तथा बाल यौनदुरुपयोगको कसुरमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश खनालले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधाम... ...

रातोपाटी
होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु
ताजा खबरJust now

होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढी प्रभावितलाई काठमाडौँस्थित होल्डिङ सेन्टरहरूबाटै नागरिकताको प्रतिलिपि वितरण गर्ने प्रक्रिया सुरु गरिएको छ । गत भदौ १० गते भोटेकोसी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play