डिज्नीले क्यारेक्टर डट एआईका अधिकांश कर्मचारीलाई नियुक्त गर्ने

च्याटबोट स्टार्टअप क्यारेक्टर डट एआईले यसै साताको सुरुमा टाट पल्टिएको घोषणा गरेपछि यसका धेरै कर्मचारीले डिज्नीमा काम गर्ने अवसर पाउने भएका छन्। क्यारेक्टर डट एआईका पूर्वप्रमुख कार्यकारी अधिकृत करणदीप आनन्द हालै डिज्नीको पहिलो प्रमुख प्रविधि अधिकृत (सीटीओ) बनेका थिए। यसअघि स्टार्टअपले डिज्नी आफ्ना केही सम्पत्ति २ करोड डलरमा खरिद गर्न सहमत भएको जनाएको थियो। ब्लुमबर्गले फेला पारेको कानुनी दस्तावेजमा क्यारेक्टर डट एआईर डिज्नीबीच भएको सम्झौताबारे थप विवरण सार्वजनिक भएको छ। दस्तावेजअनुसार डिज्नीले क्यारेक्टर डट एआईका कम्तीमा ६० जना कर्मचारीलाई रोजगारीको प्रस्ताव दिने सहमति जनाएको छ। यो कम्पनीका अधिकांश कर्मचारीको सङ्ख्या हो। उनीहरूलाई वार्षिक करिब ६ करोड डलर पारिश्रमिक दिइने अनुमान गरिएको छ। टेकक्रञ्चका अनुसार दस्तावेजमा डिज्नीमा काम गर्ने प्रस्ताव पाएका क्यारेक्टर डट एआईका “अत्यधिक बहुमत” कर्मचारीले उक्त प्रस्ताव स्वीकार गरेको पनि उल्लेख छ। यद्यपि, यो प्रारम्भिक खरिद प्रस्ताव मात्र भएकाले अर्को कम्पनीले यसभन्दा बढी रकमको प्रस्ताव पेस गर्न सक्नेछ। दस्तावेजअनुसार ठूलो र सक्रिय प्रयोगकर्ता आधार भए पनि उच्च लागत तथा सम्भावित कानुनी मुद्दाबाट उत्पन्न हुने दायित्व र नियामक निकायको निगरानीका कारण क्यारेक्टर डट एआईको व्यवसाय प्रभावित भएको छ। कम्पनीविरुद्ध १४ वर्षीय एक बालककी आमाले मुद्दा दायर गरेकी थिइन्। उनले आफ्नो छोराले आत्महत्या गर्नुअघि क्यारेक्टर डट एआईको एउटा च्याटबोटप्रति अत्यधिक लगाव राखेको आरोप लगाएकी थिइन्। बालबालिकाको सुरक्षासम्बन्धी चिन्ताका कारण कम्पनीमाथि सरकारी निकायहरूले अनुसन्धान पनि गरिरहेका छन्। The post डिज्नीले क्यारेक्टर डट एआईका अधिकांश कर्मचारीलाई नियुक्त गर्ने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

राष्ट्र बैंकको वेबसाइट डाउन, साइबर सुरक्षा सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन वित्तीय संस्थाहरुलाई आग्रह
नेपाल राष्ट्र बैंकको वेबसाइट डाउन भएको छ। यसअघि सरकारी निकायका वेबसाइटहरु मात्र डाउन रहेकोमा केन्द्रिय बैंकले पनि साइबर सुरक्षाका कारण वेबसाइट डाउन गरिएको जानकारी दिएको छ। वेब प्रविधि (पिएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर राख्दै बैंकको वेबसाइट लगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जानकारी गराएको छ। यस अवधिमा नेपाल राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना वा जानकारीका लागि बैंकको आधिकारिक ...

राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द
काठमाडौं । वेब प्रविधि पीएचपी (PHP) मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटसहित केही सेवा अस्थायी रूपमा बन्द गरेको छ ।राष्ट्र बैंकले आज सूचना जारी गर्दै सुरक्षा जोखिमलाई ध्यानमा राखेर वेबसाइट तथा सम्बन्धित सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको हो ।सेवा बन्द रहेको अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारी प्राप्त गर्न बैंकका आधिकारिक ...

एआई कोडिङ टुलको सुरक्षा जोखिम उजागर, ओपनकोड कन्सोलमा ह्याकरको प्रवेश
काठमाडौं । खुला स्रोतको एआई कोडिङ टुल ओपनकोडको अनलाइन प्लेटफर्ममा साइबर आक्रमण हुँदा १.४ प्रतिशत प्रयोगकर्ता प्रभावित भएका छन् । आक्रमणकारीले ओपनकोड कन्सोलमा भण्डारण गरिएका एपीआई कीमा पहुँच पाएको आशङ्का गरिएको छ । यस घटनापछि केही प्रयोगकर्ताको खातामा सयौँदेखि एक हजार डलरभन्दा बढी रकमसम्म अनधिकृत खर्च भएको गुनासो सार्वजनिक भएको छ ।क्लाउड कोड र कर्सरजस्ता एआई कोडिङ टुलको विकल्पका रूपमा ...

नयाँ म्याकबुक प्रोदेखि आईप्याड मिनीसम्म, एप्पलका नयाँ उत्पादन आउँदै
काठमाडौं । आईफोन १८ सिरिजपछि एप्पलले आफ्नो म्याक र आईप्याड उत्पादनमा पनि महत्त्वपूर्ण अपग्रेड गर्ने तयारी गरेको छ । विभिन्न रिपोर्टअनुसार, कम्पनीले अक्टोबर २८ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुने कार्यक्रममा नयाँ म्याकबुक प्रो, अपग्रेड गरिएको आईप्याड मिनी र अन्य म्याक कम्प्युटर सार्वजनिक गर्न सक्नेछ ।एप्पलका विश्वव्यापी मार्केटिङसम्बन्धी वरिष्ठ उपाध्यक्ष ग्रेग जोस्वियाकले सामाजिक सञ्जालमा गरेको पोस्टपछि नयाँ उपकरण सार्वजनिक हुने ...


