Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

डिजिटल हिंसाविरुद्ध प्रहरीको अपरेसन, २४ घण्टामा नौ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिजिटल हिंसाविरुद्ध प्रहरीको अपरेसन, २४ घण्टामा नौ जना पक्राउ
Photo / Coverage: नेपालन्युज

काठमाडौं । महिला तथा बालबालिकामाथि अनलाइनमार्फत हुने हिंसा र दुर्व्यवहार नियन्त्रण गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। ‘अपरेसन डिजिटल स्वाभिमान’ नाम दिइएको अभियानअन्तर्गत २४ घण्टामै नौ जना पक्राउ परेका छन्। प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको संयुक्त टोलीले अभियान सञ्चालन गरेको हो। साइबर ब्युरेका एसपी दीपकराज अवस्थीका अनुसार अनलाइन दुर्व्यवहार गर्ने, अपमानजनक टिप्पणी गर्ने, धम्की दिने, चरित्रहत्या गर्ने, व्यक्तिगत फोटो तथा भिडियो सार्वजनिक गर्ने र सामाजिक सञ्जालमा नक्कली खाता बनाएर भ्रम फैलाउने व्यक्तिलाई लक्षित गरी कारबाही अघि बढाइएको हो। अभियानअन्तर्गत बुधबार ६ जना र बिहीबार तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टोखाबाट आशिष तामाङ, ललितपुरबाट रोहितविक्रम राणा, न्युरोडबाट फेसल एजाज, सिनामंगलबाट विमल दर्जी खत्री, उदयपुरबाट सुवास कार्की र बानेश्वरबाट चिरञ्जीवी सापकोटा रहेका छन्। त्यस्तै, कास्कीबाट दुई जना नाबालक पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार महिला तथा बालबालिकामाथि हुने डिजिटल हिंसाका घटना न्यूनीकरण गर्ने र यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१२ बजे १२ समाचार : अर्यालको घरमा सीआईबीको खानलासी, त्रिविको मापदण्डमाथि प्रश्न
Latest NewsJust now

१२ बजे १२ समाचार : अर्यालको घरमा सीआईबीको खानलासी, त्रिविको मापदण्डमाथि प्रश्न

काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको १० गते बिहीबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा ‘१२ बजे १२ समाचार’ लिएर हाजिर भएका छौँ-... ...

रातोपाटी
आर्थिक कूटनीतिबाट द्विपक्षीय समृद्धि
Latest NewsJust now

आर्थिक कूटनीतिबाट द्विपक्षीय समृद्धि

काठमाडौँ, मङ्सिर १० गते । नेपाल र बेलायतबिचको आर्थिक कूटनीतिलाई थप समृद्ध बनाउन सकेमात्र दुई मित्रराष्ट्रको आपसी साझेदारीमा बढोत्तरी हुने सरोकारवाला निकायका प्रतिनिधिहरुले जोड दिनु... ...

गोरखापत्र
संगठनभित्र हुने निरीक्षणलाई परिणाममुखी बनाउन सशस्त्र महानिरीक्षक पौडेलको निर्देशन
Latest NewsJust now

संगठनभित्र हुने निरीक्षणलाई परिणाममुखी बनाउन सशस्त्र महानिरीक्षक पौडेलको निर्देशन

मित्र भण्डारी काठमाडौं, मंसिर १० गते । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले संगठनभित्र हुने निरीक्षणलगायतका गतिविधिहरूलाई औपचारिकतामा सीमित नराखी कार्यसम्पादनक... ...

गोरखापत्र
श्रमिक ठगी आरोपको अनुसन्धान फैलिँदै, २ महिनादेखि मलेसियाको रोजगारी ठप्प
Latest NewsJust now

श्रमिक ठगी आरोपको अनुसन्धान फैलिँदै, २ महिनादेखि मलेसियाको रोजगारी ठप्प

बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी अनुसन्धानमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि पक्राउ, प्रहरीले मेडिकल परीक्षण गर्ने व्यवसायीलाई पक्राउ गरेलगत्तैदेखि नेपाली श्रमिक मलेसिया जान बन्द ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement