Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

डिजिटल क्यामराको आयात बढ्दो, असोज महिनामा मात्र १८ करोड बढीको आयात

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिजिटल क्यामराको आयात बढ्दो, असोज महिनामा मात्र १८ करोड बढीको आयात
Photo / Coverage: टेक्नोलोजी खबर

चालु आर्थिक वर्षको तेस्रो महिना असोज मसान्तसम्म नेपालमा १८ करोड बढीको २० हजारभन्दा बढी थान डिजिटल क्यामरा आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा डिजिटल क्यामरा आयात वृद्धि हुँदै गइरहेको पाइएको हो। असोज मसान्तसम्म समग्रमा १८ करोड २५ लाख ५४ हजार रुपैयाँ बराबरको डिजिटल क्यामरा आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको २० हजार ३७२ थान डिजिटल क्यामरा आयात भएको विवरणमा उल्लेख छ। यस अवधिमा सरकारले डिजिटल क्यामराको आयातबाट ३ करोड ३७ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा १८ मुलुकबाट डिजिटल क्यामरा आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। यसरी आयात भएका डिजिटल क्यामराहरुलाई हाइ स्पीड, रेडियशन हार्डेन्ड र अन्यमा वर्गीकरण गरिएको छ। अन्य इलेक्ट्रोनिक्स सामानजस्तै नेपालमा सबैभन्दा धेरै डिजिटल क्यामरा चीनबाट आउने गरेको छ। यो अवधिमा पानि चीनबाट १२ करोड १० लाख १६ हजार रुपैयाँ बराबरको १९ हजार ३९५ थान डिजिटल क्यामरा आयात भएको छ। यसैगरी भारतबाट ७ लाख ६९ हजार रुपैयाँ बराबरको ३३७ थान र जापानबाट १ करोड ५५ लाख १७ हजार मूल्य बराबरको १४४ थान र थाइल्याण्डबाट २ करोड ७२ लाख ९७ हजार बराबरको ३०८ थान डिजिटल क्यामरा आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ। यसबाहेक विश्वका अन्य मुलुकबाट पनि यो अवधिमा विभिन्न परिमाण र रकमका डिजिटल क्यामराहरु भित्रिएका छन्। विवरण यस्तो छः क्र. सं. देश विवरण (थान) रकम (हजारमा) १ चीन १९३९५ १२१०१६ २ भारत ३३७ ७६९ ३ अमेरिका १६ ९४५० ४ भेतनाम ६५ २३९२ ५ बेलायत ४ ३९४ ६ ताइवान २९ १९८४ ७ जापान १४४ १५५१७ ८ थाइल्याण्ड ३०८ २७२९७ ९ मलेसिया ५७ ९९५ १० सिङ्गापुर ५ ३४३ The post डिजिटल क्यामराको आयात बढ्दो, असोज महिनामा मात्र १८ करोड बढीको आयात appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अब स्थानीय तहले ड्यासबोर्डबाटै नागरिकको स्वास्थ्य बीमा दर्ता र नवीकरण गर्न सक्ने
TechnologyJust now

अब स्थानीय तहले ड्यासबोर्डबाटै नागरिकको स्वास्थ्य बीमा दर्ता र नवीकरण गर्न सक्ने

१८ कात्तिक, काठमाडौं। नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले प्रदेश सरकार तथा स्थानीय तहलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रममा ‘डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवा’ आधिकारिक रूपमा सुरु गरेको छ। मंगलबारदेखि बोर्डको आधिकारिक पोर्टलमार्फत सञ्चालनमा ल्याइएको यस प्रविधिमैत्री सेवाको पहिलो चरणमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच (ड्यासबोर्ड) प्रदान गरिएको छ। यस […] The post अब ...

आइसिटी फ्रेम
डेभिड मिलर नेपाल आइपुगे, कर्णाली याक्सबाट एनपिएल खेल्ने
TechnologyJust now

डेभिड मिलर नेपाल आइपुगे, कर्णाली याक्सबाट एनपिएल खेल्ने

१८ कात्तिक, काठमाडौं। कर्णाली याक्सबाट खेल्न डेविड मिलर नेपाल आइपुगे नेपाल प्रिमियर लिग (NPL) मा कर्णाली याक्सबाट खेल्न दक्षिण अफ्रिकाका प्रख्यात ब्याटर डेभिड मिलर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन्। कात्तिक ९ गतेदेखि जारी लिगमा कर्णाली याक्सले शुक्रबार सुदूरपश्चिम रोयल्सविरुद्ध खेल्ने खेलमा ३७ वर्षीय बायाँहाते विस्फोटक ब्याटर मिलर मैदान उत्रिनेछन्। नेपाल प्रिमियर लिग (NPL) मा कर्णाली […] The post ...

आइसिटी फ्रेम
हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय
TechnologyJust now

हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ । यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरे। सम्झौता अनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू विद्यार्थीको फोन ...

टेक्नोलोजी खबर
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
TechnologyJust now

चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने

चीनले वित्तीय नियमन तथा सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे अध्ययन गर्ने भएको छ । देशको सर्वोच्च विधायिका नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी) को स्थायी समितिको जारी अधिवेशनमा पेस गरिएको प्रतिवेदनअनुसार यस कदमको उद्देश्य वित्तीय निगरानी प्रणालीलाई सुदृढ बनाउनु र वास्तविक अर्थतन्त्रमा वित्तीय सेवाको पहुँच तथा प्रभावकारिता बढाउनु हो । राज्य परिषद्ले पेस गरेको प्रतिवेदनमा वित्तीय क्षेत्रको आगामी विकासका लागि पाँचवटा प्राथमिकता निर्धारण ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play