Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

डा. केसीकाे उपचार त्रिवि शिक्षण अस्पतालमा हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
डा. केसीकाे उपचार त्रिवि शिक्षण अस्पतालमा  हुँदै
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । स्वास्थ्यमा जटिलता देखिएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई इलामबाट काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान १०ः३० बजे काठमाडौं ल्याइएका केसीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै डा. केसीले गत बिहीबारदेखि इलामस्थित नारायण मन्दिरमा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका थिए । अनसनका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो । यसैबीच, उनका सहयोगी पवन थापाले सरकारसँग तत्काल वार्ता गरी डा. केसीका माग सम्बोधन गर्न आग्रह गरेका छन् । काठमाडौं ल्याएपछि पनि सरकारले उनको स्वास्थ्य अवस्थाबारे चासो नदेखाएको थापाको गुनासो छ । उनले सरकारले यथाशीघ्र वार्ता गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युद्धविराम समाप्त समाप्त भएलगत्तै रुस–युक्रेनका चेतावनी प्रणालीमा साइबर आक्रमण
Latest NewsJust now

युद्धविराम समाप्त समाप्त भएलगत्तै रुस–युक्रेनका चेतावनी प्रणालीमा साइबर आक्रमण

अक्टोबर २७ देखि नोभेम्बर १ सम्म लागू युद्धविराम समाप्त भएसँगै दुई देशबीच सैन्य तनाव पुनः बढ्ने चिन्ता देखिएको छ ...

कान्तिपुर
साताको पहिलो दिन ३२ अंकले घट्यो सेयरबजार, ७ अर्बको कारोबार
Latest NewsJust now

साताको पहिलो दिन ३२ अंकले घट्यो सेयरबजार, ७ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार घटेको छ । बजार घटे पनि सात अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.६५ अंकले घटेको हो । १.२१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५७.५० अंकमा झरेको छ । बजार घटेसँगै आज सबै समूह राताम्मे भएका छन् । विकास बैंक समूह सबैभन्दा बढी १.८८ प्रतिशतले ...

कर्पोरट खबर
सेयर बजारमा उच्च गिरावट, कारोबारमा भने उत्साह कायमै
Latest NewsJust now

सेयर बजारमा उच्च गिरावट, कारोबारमा भने उत्साह कायमै

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पुनः गिरावट आएको छ। गत साता करिब ५८ अङ्कले बढेको बजार साताको सुरुवाती दिनमै घटेको हो । सोमबार नेप्से परिसूचक ३२.६५ अङ्क अर्थात् १.२१ प्रतिशतले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play