काठमाडौं।नेपाली कांग्रेस (देउवा समूह) को प्रजातान्त्रिक चिकित्सक संघको अध्यक्षमा डा. अमितसिंह कार्की मनोनीत भएका छन्। कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिको निर्णयअनुसार धादिङका डा. कार्की संघको अध्यक्ष पदमा मनोनीत भएका हुन् । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय तथा कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम उनलाई उक्त पदमा मनोनीत गरिएको हो। प्रजातन्त्रवादी चिकित्सक संघका संयोजक प्राडा शशांक कोइरालाद्वारा जारी पत्रमार्फत उनलाई अध्यक्ष पदमा जिम्मेवारी दिइएको हो। नियुक्ति पत्रमा अध्यक्षका रूपमा नेपाली कांग्रेसको स्थापित मूल्य–मान्यतालाई आत्मसात गर्दै आगामी ६ महिनाभित्र संघको महाधिवेशन सम्पन्न गरी संगठनलाई अझ सुदृढ तथा मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
डा. कार्की प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा मनोनीत

Read Complete Original Article
Published originally on नेपालन्युज






