Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

डलर,युरो र पाउन्डको भाउमा गिरावट, स्विस फ्र्याङ्क भने बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
डलर,युरो र पाउन्डको भाउमा गिरावट, स्विस फ्र्याङ्क भने बढ्यो
Photo / Coverage: टक्सार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार हिजोको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङसहितका अधिकांश प्रमुख मुद्राहरूको भाउ घटेको छ । हिजो (बुधबार) १ अमेरिकी डलरको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा रहेकोमा आज १ रुपैयाँ ८ पैसाले घटेर खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा कायम भएको छ । त्यसैगरी, युरोपियन युरो र बेलायती पाउन्डको मूल्यमा पनि भारी गिरावट आएको छ । हिजो खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा रहेको युरो आज १ रुपैयाँ ४ पैसाले घट्दै खरिददर १६१ रुपैयाँ १२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७८ पैसामा झरेको छ । बेलायती पाउन्ड स्टर्लिङ पनि हिजोको तुलनामा १ रुपैयाँ ४७ पैसाले ओरालो लाग्दै आज खरिददर १९२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९३ रुपैयाँ १३ पैसा कायम भएको छ। यता, प्रमुख मुद्राहरू घटिरहँदा स्विस फ्रयाङ्कको भाउ भने सामान्य बढेर आज खरिददर १७६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा पुगेको छ । राष्ट्र बैंकका अनुसार आज अस्ट्रेलियन डलर १ को खरिददर ९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर १ को खरिददर १०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा तथा सिङ्गापुर डलर १ को खरिददर ११३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा तोकिएको छ । यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ०६ पैसा र बिक्रीदर २२ रुपैयाँ १५ पैसा तथा दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९६ पैसा र बिक्रीदर ११ रुपैयाँ ०१ पैसा कायम भएको छ । खाडी मुलुकका मुद्राहरूतर्फ आज साउदी अरेबियन रियाल १ को खरिददर ३९ रुपैयाँ २६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा, कतारी रियाल १ को खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा तथा युएई दिराम १ को खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । मलेसियन रिङ्गेट १ को खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कुवेती दिनार १ को खरिददर ४७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७८ रुपैयाँ ५८ पैसा, बहराइन दिनार १ को खरिददर ३९० रुपैयाँ ६३ पैसा र बिक्रीदर ३९२ रुपैयाँ २२ पैसा तथा ओमानी रियाल १ को खरिददर ३८२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०९ पैसा रहेको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मुलुकभरबाट लागुऔषधसहित २७ जना पक्राउ
Latest NewsJust now

मुलुकभरबाट लागुऔषधसहित २७ जना पक्राउ

• नियमित गस्तीमा रहेको प्रहरी टोलीले २६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। • पक्राउ गरिएका व्यक्तिहरूमा काठमाडौँ, सुनसरी, झापा, बाराका साथै अन्य स्थानका नागरिकहरू समावेश छन्। • अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेट र नगद बरामद भएको छ। ...

नेपालबहस
अमेरिकाले चीन र भारतसहित १४ देशमाथि लगायो नयाँ भन्सार शुल्क
Latest NewsJust now

अमेरिकाले चीन र भारतसहित १४ देशमाथि लगायो नयाँ भन्सार शुल्क

काठमाण्डु –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, युरोपेली संघ (ईयू०, जापान र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका हुन् । अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा […] ...

काठमाण्डुपाटी
चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण
Latest NewsJust now

चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

चितवन । चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती गरिएको छ । प्रतिष्ठानको सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा नेपाल र चीनका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement