Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

डडेल्धुराका युवा पुष्पखेतीतर्फ आकर्षित, कम लगानीबाट राम्रो आम्दानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
डडेल्धुराका युवा पुष्पखेतीतर्फ आकर्षित, कम लगानीबाट राम्रो आम्दानी
Photo / Coverage: नेपालन्युज

डडेल्धुरा। जिल्लाका युवा व्यावसायिक पुष्पखेतीतर्फ आकर्षित हुन थालेका छन्। कम लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि जिल्लाका आधा दर्जनभन्दा बढी युवा पुष्प व्यवसायमा संलग्न भएका हुन्। पुष्पखेतीले स्वरोजगार सिर्जना गर्नुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत योगदान पुर्‍याएको छ। जिल्लाको अजयमेरु गाउँपालिका–५ झिगनीका ३४ वर्षीय टेकराज पाठकले चार वर्षअघि पुष्प व्यवसाय सुरु गरेका हुन्। कृषि प्राविधिक शिक्षा अध्ययन गरेका उनले परम्परागत खेतीभन्दा फरक व्यवसाय गर्ने सोचका साथ सयपत्री फूलखेती थालेका थिए। सुरुका दिनमा गाउँबाट सदरमुकामसम्म डोकोमा फूल बोकेर बिक्री गर्नुपर्ने अवस्था रहे पनि अहिले घरमै फूल खरिद गर्न ग्राहक आउने गरेको पाठक बताउँछन्। उनले स्थानीय जातका सयपत्रीसहित ‘कर्मा ५५५’ र ‘टेनिस बल’ जातका फूल उत्पादन गर्दै आएका छन्। कृषि ज्ञान केन्द्रबाट टनेल तथा गाउँपालिकाबाट थोपा सिँचाइका लागि पाइप सहयोग पाएका उनले दसैँ र तिहारको समयमा डडेल्धुरासहित कैलाली र कञ्चनपुरसम्म फूल बिक्री गर्दै आएका छन्। उत्पादित फूलको माला प्रतिगोटा १०० देखि २०० रुपैयाँ र फूल प्रतिकेजी ४०० देखि ५०० रुपैयाँसम्म बिक्री हुने गरेको उनको भनाइ छ। उनले एक सिजनमा एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए। यस्तै, अमरगढी नगरपालिका–१ डोलाका सुरत ऐर पनि पाँच वर्षदेखि पुष्प व्यवसायमा संलग्न छन्। कृषि विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका उनले करिब डेढ रोपनी जमिनमा सयपत्री फूलखेती गरेका छन्। विदेश जानुभन्दा आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचले व्यवसाय सुरु गरेको बताउने ऐरका लागि अहिले पुष्पखेती परिवारको आम्दानीको मुख्य स्रोत बनेको छ। उनी स्थानीय उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिन्छन्। पर्शुराम नगरपालिका–४ कटालका चक्रसिंह मालले पनि चार वर्षअघि तीन रोपनी जमिनमा सयपत्री फूलखेती सुरु गरेका हुन्। उनले ‘कर्मा ५५५’ जातको फूल उत्पादन गरी अहिले दसैँ, तिहार र छठ पर्वका समयमा डडेल्धुरादेखि धनगढीसम्म बिक्री गर्दै आएका छन्। यद्यपि, पुष्प व्यवसायमा लागेका किसानले बीउ, सिँचाइ र बजार व्यवस्थापनमा समस्या भोग्नुपरेको बताएका छन्। विशेषगरी बजारमा भित्रिने प्लास्टिकका कृत्रिम मालाका कारण स्थानीय फूलको बिक्री प्रभावित हुने गरेको उनीहरूको गुनासो छ। पुष्पखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न स्थानीय सरकारले पर्याप्त प्राथमिकता र प्रोत्साहन दिन नसकेको उनीहरूको भनाइ छ। कृषि ज्ञान केन्द्र डडेल्धुराले भने पुष्पखेतीलाई प्रोत्साहन गर्न बीउ वितरण तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। किसानलाई स्थानीय उत्पादनको प्रवर्द्धन, बजार व्यवस्थापन र आवश्यक प्राविधिक सहयोग गर्न सके पुष्प व्यवसायबाट युवालाई गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सकिने कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा : मुख्यमन्त्री थापा मगर
Latest NewsJust now

नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा : मुख्यमन्त्री थापा मगर

उनले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे। ...

हाम्राकुरा
कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन
Latest NewsJust now

कृष्णपुरमा महिनावारी गोठ भत्किए, मनको डर भत्किएन

कमला आउजीको छाउगोठमा सर्पदंशबाट मृत्यु भएपछि कञ्चनपुरको कृष्णपुर–१ मा अभियान चलाएर ११८ गोठ भत्काइए, तर केही पुनः बनेका छन्। ...

कान्तिपुर
ऋण वर्गीकरणको व्यवस्था अव्यवहारिक र कडा भयोः अध्यक्ष उपाध्याय
Latest NewsJust now

ऋण वर्गीकरणको व्यवस्था अव्यवहारिक र कडा भयोः अध्यक्ष उपाध्याय

काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऋण वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थापन ९प्रोभिजनिङ० को विद्यमान व्यवस्था अव्यावहारिक र अत्यधिक कडा भएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पुनरावलोकन गर्न माग गरेको छ । परिसंघका अध्यक्ष राजेश उपाध्यायले आर्थिक मन्दी तथा प्रतिकूल आर्थिक परिस्थितिका कारण ऋण भुक्तानी गर्न नसकेका व्यवसायी र नियतवश ऋण नतिर्ने व्यवसायीलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताए । ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play