काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ठूला आवाज निकाल्ने ५६ वटा दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतबाट खटिएको प्रहरी टोलीले आज ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल र चार वटा स्कुटर गरी ५६ वटा दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको हो । चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले सवारी जाँच तीव्र बनाएको छ । नियन्त्रणमा लिइएका सवारी साधनको आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । काठमाडौं प्रहरीले मङ्गलबार ५२ र सोमबार २५ वटा त्यस्ता मोटरसाइकल नियन्त्रणमा लिएको थियो । The post ठूला आवाज निकाल्ने ५६ वटा दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
ठूला आवाज निकाल्ने ५६ वटा दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा

Read Complete Original Article
Published originally on कर्पोरट खबर






