काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ। जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी र ठमेल पर्यटन विकास परिषद्को संयुक्त टोलीले गएराति गरेको अनुगमनका क्रममा उनीहरूलाई कारबाही गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालका अनुसार कारबाहीमा पर्नेहरूमा ठूलो आवाजमा सङ्गीत बजाउने रेस्टुरेन्ट तथा बार सञ्चालक, विना दर्ता चलेका स्पा, अन्तःशुल्क दर्ताविना मदिरा बिक्री गर्ने व्यवसायी र पर्यटक ठग्ने डान्सबार सञ्चालक छन्। गत शुक्रबार गरिएको अनुगमनपछि प्रशासनले सम्बन्धित व्यवसायीहरूलाई एक साताभित्र नियमअनुसार व्यवसाय सञ्चालन गर्न, ध्वनि प्रदूषण नियन्त्रण गर्न र आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिएको छ। ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलका अनुसार विना दर्ता सञ्चालित स्पा तथा बारलाई एक साताभित्र कानुनी प्रक्रिया पूरा गर्न भनिएको छ। साथै, अन्तःशुल्क दर्ता नगरी मदिरा बिक्री गर्नेहरूको सामान जफत गरिएको छ। परिषद्का महासचिव पशुपति कँडेलले सडकमा मदिरा सेवन गरी होहल्ला गर्ने केही व्यक्तिलाई नियन्त्रणमा लिइएको र डान्सबारका नाममा पर्यटकलाई ठग्ने तथा कुटपिटमा संलग्न व्यक्तिमाथि अनुसन्धान भइरहेको जानकारी दिए। अनुगमनका क्रममा ठगीमा परेका विदेशी पर्यटकको रकम फिर्ता गराइएको छ। ठमेललाई २४ सै घण्टा सञ्चालन गर्ने उद्देश्यले जारी गरिएको सुरक्षा व्यवस्थापन मापदण्ड २०८० को कार्यान्वयनका लागि प्रशासनले अनुगमनलाई तीव्रता दिएको हो। सडकपेटीमा चिया र चुरोट बिक्रीका नाममा अनैतिक गतिविधि गर्नेलाई पनि हटाइएको छ भने रातको समयमा ठूलो आवाज निकाल्ने मोटरसाइकल चालकलाई पनि कारबाही गरिएको छ।
ठमेलमा पर्यटक ठग्ने २२ जना कारबाहीमा

Read Complete Original Article
Published originally on नेपालन्युज



-6d9c7df2-bf49-4f02-b10b-bada719a63b8.jpeg&w=1200&q=75)


