Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

पाकिस्तानसँग ९६ रनले पराजित हुँदै नेपाल राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाकिस्तानसँग ९६ रनले पराजित हुँदै नेपाल राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपालको प्रतियोगिता यात्रा टुंगिएको हो । पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै समेटियो । नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ५० बलको सामना गरेका मयन नेपालको अन्तिम विकेटका रूपमा आउट भएका थिए । त्यस्तै, बसिर अहमदले ११ रन बनाए । अन्य कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ६ जना ब्याटर खाता नै नखोली आउट भए । पाकिस्तान शाहीन्सका लागि मोहम्मद हस्नेन र सुफ्यान मोकिमले समान तीन विकेट लिए । इमरान रान्धवाले दुई तथा माज सदाकतले एक विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान शाहीन्स ४२ ओभरमा १६८ रनमा अलआउट भएको थियो । पाकिस्तानका लागि रोहेल नाजिरले अविजित ६४ रन बनाए । उनले ८३ बलको सामना गरेका थिए । त्यस्तै, हसन नवाजले २८, अहमद दानियालले १६, हैदर अलीले १५ तथा माज सदाकत र अब्दुल समदले समान १३ रन जोडे । नेपालका लागि राशिद खानले उत्कृष्ट बलिङ गर्दै आठ ओभरमा ३९ रन खर्चेर पाँच विकेट लिए । यो उनको लिस्ट ‘ए’ करियरकै पहिलो पाँच विकेट प्रदर्शन हो । लिस्ट ‘ए’ मा डेब्यु गरेका अभिशेष गौतमले दुई तथा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए । नेपालले प्रतियोगिताको पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो भने दोस्रो खेलमा यूएईलाई पराजित गरेको थियो । यससँगै समूह ‘बी’ का तीनवटै खेल जितेको पाकिस्तान शाहीन्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारत ‘ए’ उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्नेलाई   कारबाही
Latest NewsJust now

ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्नेलाई   कारबाही

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी, ठमेल पर्यटन विकास परिषद्ले सोमबार राति संयुक्त रूपमा ठमेल क्षेत्रमा गरेको अनुगमनमा पर्यटकलाई ठगी गर्नेलाई कारबाही गरेको छ । अनुगमनका क्रममा ठूला आवाजमा संगित […] ...

काठमाण्डुपाटी
भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा सुरु
Latest NewsJust now

भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा सुरु

विशेषज्ञ सेवा सुरु भएसँगै बिरामीले अब न्यूरो तथा प्लास्टिक सर्जरीका लागि नेपालगन्जबाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement