Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

‘ट्राफिक लाइट’ प्रयोगबारे सचेतना जगाउँदै महानगरपालिका

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘ट्राफिक लाइट’ प्रयोगबारे सचेतना जगाउँदै महानगरपालिका
Photo / Coverage: टेक्नोलोजी खबर

भरतपुर महानगरपालिकामा हालै जडान गरिएको ‘ट्राफिक लाइट’पछि सडक आवागमनका विषयमा अपनाउनुपर्ने सावधानीसम्बन्धी यात्रु तथा सवारी चालकलाई सचेतना जगाउन सुरु गरिएको छ। भरतपुरको चौबिसकोठीमा जडान गरिएको ट्राफिक लाइट परीक्षण सञ्चालन गरी आज सचेतना कार्यक्रम गरिएको हो। भरतपुर महानगरपालिकाले ट्राफिक लाइटको सर्वसाधारणले कसरी प्रयोग गर्ने भन्नेबारे सचेतना जगाउन सुरु गरिएको जनाएको छ। ‘महानगरका प्रमुख चोकहरूमा जडान गरिएका ट्राफिक लाइट सञ्चालन गरिसकिएको छैन। प्रभावकारी रूपमा सञ्चालन हुँदै गर्दा कसरी प्रयोग गर्ने भन्ने विषयमा सचेतना जगाउन सुरु गरिएको हो। महानगरले दर्शन मिडियासँगको समन्वयमा यो कार्यक्रमलाई अघि बढाएको हो,’ महानगरका वातावरण शाखाका इन्जिनियर विराट घिमिरेले भने। उनका अनुसार ट्राफिक एवं पार्किङ व्यवस्थापनका लागि ट्राफिक शिक्षा लिएका विद्यार्थीहरूको सक्रियतामा कार्यक्रमलाई अघि बढाइएको हो। वातावरण शाखाका इन्जिनियर घिमिरेले अहिले हुने गरेका सवारी दुर्घटना कम गर्न ट्राफिकलाइट जडान सकेर सचेतना जगाउन सुरु गरिएको बताए। ट्राफिक व्यवस्थापन र पार्किङका क्षेत्रमा देखिएको समस्या समाधानका लागि एकल प्रयासले सम्भव नहुने भन्दै स्थानीयस्तरमा टोल विकास संस्थाहरूको सक्रियता पनि रहेको उनले जानकारी दिए। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक लाइट प्रयोगले मात्रै दुर्घटनामा कमी नआउने बताए। सवारी चालकको लापरबाहीले दुर्घटना बढ्ने भन्दै उनले समुदायस्तरबाटै यसलाई सहजीकरण गर्न आवश्यक रहेको बताए। सवारी चालकको लापरबाही, हेलचेक्र्याइँलगायत कारणले दुर्घटना बढ्ने गरेकाले सबै सचेत हुनुपर्नेमा जोड दिए। भरतपुर महानगर–१० का वडाध्यक्ष परमेश्वर खनालले ट्राफिक लाइटले सवारी दुर्घटनासँगै सवारीको गतिलाई पनि नियन्त्रण गर्न सहयोग पुग्ने बताए। महानगरका छवटा चोकमा ट्राफिक लाइट जडान गरेर अहिले सडक सुरक्षाका कामहरू गरिएको उनले जानकारी दिए। महानगरका पुलचोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी, हाकिमचोक र मालपोतचोकमा ट्राफिक लाइट जडान गरिएको छ। सडक विभागको ट्राफिक महाशाखाले ती ठाउँमा लाइट जडान गरेको हो। दर्शन मिडियाका अध्यक्ष प्रकाशमणि ज्ञवालीले ट्राफिक लाइट सञ्चालनमा आएसँगै यात्रु र सवारी चालकलाई सहजीकरण गर्न कार्यक्रम थालिएको बताए।–रासस The post ‘ट्राफिक लाइट’ प्रयोगबारे सचेतना जगाउँदै महानगरपालिका appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई आवश्यक सामग्री हस्तान्तरण
TechnologyJust now

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई आवश्यक सामग्री हस्तान्तरण

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको टोलिले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटवार्ता गरि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेका छन्। नाडाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको हो। नाडाका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन परिस्थितिहरूमा सम्बन्धित संघ संस्था तथा कार्यालयहरूलाई आवश्यकताअनुसार विभिन्न सामग्री तथा सहयोग उपलब्ध ...

टेक्नोलोजी खबर
स्न्यापच्याटका सशुल्क ग्राहक ३ करोड नाघे
TechnologyJust now

स्न्यापच्याटका सशुल्क ग्राहक ३ करोड नाघे

सामाजिक सञ्जाल प्लेटफर्म स्न्यापच्याटको सशुल्क सेवा प्रयोग गर्ने ग्राहकको संख्या ३ करोड नाघेको छ। कम्पनीले बुधबार सार्वजनिक गरेको सन् २०२६ को तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदनमार्फत यस्तो जानकारी दिएको हो। कम्पनीका अनुसार यस वर्षको फेब्रुअरीमा सशुल्क ग्राहक संख्या २ करोड ५० लाख पुगेको थियो। त्यसयता थप ५० लाख ग्राहक जोडिएका छन्। सन् २०२२ मा सुरु भएको स्न्यापच्याट प्लस सेवामार्फत ग्राहकले विशेष तथा सार्वजनिक ...

टेक्नोलोजी खबर
शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा
TechnologyJust now

शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

शाओमी नेपालले चाडपर्वलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘शाओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरू घोषणा गरिरहेको छ। यस योजनाअन्तर्गत सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्म विभिन्न मितिका लागि रेडमी बड्स ६ प्लेका दैनिक विजेताहरू घोषणा गरिएको कम्पनीले जनाएको छ। त्यस्तै, रेडमी वाच ६ एक्टिभका साप्ताहिक विजेताहरू पनि सार्वजनिक गरिएको छ। योजनाअनुसार दैनिक रूपमा आठ जना ...

टेक्नोलोजी खबर
नागढुंगा सुरुङमार्ग प्रयोगवापत चार दिनमै ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत
TechnologyJust now

नागढुंगा सुरुङमार्ग प्रयोगवापत चार दिनमै ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत

१९ कात्तिक, काठमाडौं। नागढुंगा सुरुङमार्ग सञ्चालमा आएदेखि हालसम्म ५१ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ । सुरुङमार्ग कात्तिक १५ गते आइतबारदेखि सञ्चालनमा आएको थियो । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनमा आएयता दैनिक ८ हजारको हाराहारीमा सवारी साधन यो सुरुङमार्गबाट आवजावत गरेका छन् । आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार […] The post नागढुंगा सुरुङमार्ग प्रयोगवापत ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play