Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

ट्रम्प, पुटिन र सी जिनपिङबीच अर्को साता पहिलो त्रिपक्षीय भेटवार्ता हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्प, पुटिन र सी जिनपिङबीच अर्को साता पहिलो त्रिपक्षीय भेटवार्ता हुने
Photo / Coverage: केन्द्रबिन्दु

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच अर्को साता चीनको सेन्जेनमा पहिलो त्रिपक्षीय भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसले शुक्रबार यसबारे जानकारी गराएको हो । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा बिहीबार तीनै नेताबीच भेटवार्ता हुने ह्वाइट हाउसको प्रवक्ता ओलिभिया वेल्सले बताएका छन् । उक्त भेटवार्तामा राष्ट्रपति ट्रम्पले विश्वभर आणविक हतियारको संख्या घटाउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन् । यसका साथै इरानसँग जारी युद्धबारे पनि छलफल हुन सक्ने अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । यद्यपि, रुस र युक्रेनबीच जारी युद्धको विषय भने उक्त बैठकमा समावेश हुने सम्भावना नरहेको बताइएको छ । अमेरिकी अधिकारीका अनुसार युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका, रुस र युक्रेनबीच छुट्टै कूटनीतिक वार्ता भइरहेको छ । त्यसैले उक्त विषयमा चीनसँग त्रिपक्षीय छलफल गर्नु उपयुक्त नहुने अमेरिकी पक्षको भनाइ छ । यस भेटवार्तालाई सन् १९४५ मा भएको याल्टा सम्मेलनसँग पनि तुलना गरिएको छ । उक्त सम्मेलनमा अमेरिका, बेलायत र सोभियत संघका नेताहरूले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाबारे छलफल गरेका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि सेन्जेनमा हुने बैठकले विश्वका शक्तिशाली राष्ट्रबीच प्रभाव क्षेत्र बाँडफाँट गर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यसैबीच, राष्ट्रपति ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सीसँग छुट्टै द्विपक्षीय भेटवार्ता र कार्यकारी दिवाभोज गर्ने कार्यक्रमसमेत रहेको छ । तर, रुसी राष्ट्रपति पुटिनसँग छुट्टै भेटवार्ताको कार्यक्रम भने तय भएको छैन । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी
Latest NewsJust now

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

कास्की । माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेका विद्यार्थीले स्थानीय स्रोतसाधनको उपयोग गरी गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्न थालेका छन् । तारेबराह आधारभूत विद्यालयमा आज आयोजित उद्यमशीलतासम्बन्धी अन्तरक्रियामा विद्यार्थीले बाँस... ...

रातोपाटी
आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउँछौं -अध्यक्ष ओली
Latest NewsJust now

आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउँछौं -अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने बताएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको तेश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारका गलत कामलाई रोक्दै जनतामाझ जान आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने बताएका हुन् । एमाले सिद्दियो भन्ने कुरालाई गलत प्रमाणित गर्न आन्दोलन र निर्वाचनबाट देखाउनुपर्ने उनको भनाइ ...

केन्द्रबिन्दु
आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएका छन्ः केपी ओली
Latest NewsJust now

आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएका छन्ः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएको बताएका छन् । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचन एमालेलाई अनुकुल बन्दै गएको बताएका हुन् । उनले एमालेले स्थानीय तहको निर्वाचन र प्रदेश तहको निर्वाचनको तयारीलाई गम्भिर भएर लाग्ने बताए । उनले […] ...

मकालु खबर
अमेरिकामा रोकिएका हवाई उडान सञ्चालनमा
Latest NewsJust now

अमेरिकामा रोकिएका हवाई उडान सञ्चालनमा

वासिङ्टन। प्राविधिक समस्याका कारण शुक्रबार घण्टौँसम्म अवरुद्ध भएको अमेरिकाको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । पुराना हवाई ट्राफिक नियन्त्रण उपकरणमा समस्या आएपछि देशभरका विमानस्थलमा उडान रोकिएको थियो । अमेरिकी यातायातमन्त्री सीन डफीले शुक्रबार राति स्थानीय समयअनुसार ८ः१५ बजे अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा आएको जानकारी दिएका छन् । यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन केही समय लाग्ने उनले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play