Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

ट्रम्पद्वारा रसिया र युरोपबीचमा गर्न लागेको ठूलो सम्झौताको इयुले गर्यो अस्वीकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्पद्वारा रसिया र युरोपबीचमा गर्न लागेको ठूलो सम्झौताको इयुले गर्यो अस्वीकार
Photo / Coverage: विश्वखबर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग युक्रेनबाहेक सम्पूर्ण युरोपलाई समेट्ने गरी व्यापक सुरक्षा सम्झौता हुनसक्ने संकेत गरेपछि युरोपेली नेताहरूले त्यसको कडा प्रतिवाद गरेका छन् । युरोपेली देशहरूलाई सहभागी नगराई महाद्वीपको सुरक्षा संरचना पुनर्परिभाषित गर्ने अमेरिका र रुसको कुनै पनि प्रयासलाई अस्वीकार गर्ने युरोपेली संघ र उसका सहयोगी राष्ट्रहरूले स्पष्ट पारेका छन् । राष्ट्रपति ट्रम्पले मस्कोसँग युक्रेन मात्र नभई ‘सम्पूर्ण युरोप’ लाई समेट्ने एउटा ‘ठूलो र भव्य सम्झौता’ हुने सम्भावना रहेको र यसबाट सबै उत्साहित हुने दाबी गरेका थिए । ट्रम्पको यस अभिव्यक्तिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पुराना मागहरूलाई युरोपेली हितविपरीत सम्बोधन गर्न खोजिएको त होइन भन्ने चिन्ता युरोपेली सहयोगीहरूमा पैदा गरेको छ । अमेरिकी विशेष दूत तथा ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नरले पनि दीगो शान्तिका लागि व्यापक युरोपेली सुरक्षा संरचना बनाउन काम भइरहेको पुष्टि गरेका छन् । युरोपेली संघकी वैदेशिक नीति प्रमुख काजा कल्लासले वारसभमा पत्रकारहरूसँग कुरा गर्दै युरोपमा पहिले नै सुरक्षा संरचना विद्यमान रहेको र रुसी राष्ट्रपति पुटिनसँग युरोपेली सुरक्षामा भिटो प्रयोग गर्ने अधिकार नरहेको स्पष्ट पारिन् । नाटोले सन् २०२१ मा पनि रुसलाई कुनै खतरा नपुर्‍याएको र हाल पनि कुनै खतरा नरहेको उल्लेख गर्दै उनले रुसले सम्झौताहरूको निरन्तर उल्लंघन गरिरहेको आरोप लगाइन् । साथै, कुनै पनि सम्झौता कार्यान्वयन हुनका लागि युरोपेली संघको प्रत्यक्ष सहभागिता अनिवार्य हुनुपर्नेमा उनले जोड दिइन् । पोल्याण्डका परराष्ट्रमन्त्री राडोस्लाव सिकोलस्कीले युरोप र युक्रेनको भविष्यबारे युरोपेली राष्ट्रहरूलाई बाहिर राखेर सम्झौता गर्नु राजनीतिक रूपमा अस्वीकार्य, अविवेकी र व्यावहारिक रूपमा असम्भव हुने चेतावनी दिएका छन् । यसैगरी युक्रेनका परराष्ट्रमन्त्री आन्द्री सिबिहाले मस्कोलाई युरोपेली सुरक्षाको ग्यारेन्टर मान्न नसकिने भन्दै क्रेमलिनसँग प्रभावको क्षेत्रबारे वार्ता गर्नुको साटो रुसी आक्रमणबाट युरोपको रक्षा गर्नु मुख्य प्राथमिकता हुनुपर्ने बताएका छन् । कल्लाससँगको भेटपछि सिबिहाले युक्रेनको भविष्य वा युरोपको सुरक्षाबारे दुवै पक्षको प्रत्यक्ष सहभागिताविना कुनै निर्णय हुन नसक्ने दोहोर्‍याए । अमेरिकाले युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र पारेको छ र आगामी साता अबुधाबीमा किभ र मस्कोबीच पुनः वार्ता गराउने तयारी गरिरहेको छ । यसअघि अमेरिकी प्रतिनिधिहरूले ब्रसेल्समा नाटो, ईयु र मुख्य युरोपेली शक्तिहरूसँग युक्रेनको सुरक्षा ग्यारेन्टी र युरोपको व्यापक सुरक्षा व्यवस्थाबारे दुई दिन छलफल गरेका थिए । भिडियो लिङ्कमार्फत छलफलमा सहभागी भएका कुश्नरले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले सबै पक्षको सुरक्षा चिन्ता सम्बोधन गर्ने व्यावहारिक व्यवस्थाका लागि काम गरिरहेको दाबी गरेका छन् । कुश्नरले अबुधाबी वार्ताका क्रममा युरोपेली साझेदारहरूसँग घनिष्ट परामर्श गरिने र प्रगति भएमा उनीहरूको प्रत्यक्ष सहभागितामा बहुपक्षीय ढाँचातर्फ अघि बढ्ने आश्वासन दिएका छन् । यद्यपि, युरोपेली आयोगकी मुख्य प्रवक्ता पाउला पिन्होले शान्ति सम्झौतामा पुग्नुअघि धेरै काम बाँकी रहेको र युरोपेली संघले आफ्नो सुरक्षा मामिला आफैं तय गर्ने स्पष्ट पारेकी छन् । सन् २०२२ मा युक्रेनमा पूर्ण आक्रमण गर्नुअघि रुसले सन् १९९७ पछि नाटोमा जोडिएका देशहरूबाट सेना फिर्ता हुनुपर्ने माग राखेको थियो, जसलाई पश्चिमी सैन्य गठबन्धनले अस्वीकार गरेको थियो । वासिङ्टन र मस्कोबीच मुख्य रूपमा हुने वार्तामा युरोपलाई पन्छाउने प्रयास भएमा त्यसको कडा प्रतिरोध हुने सन्देश वारसभ, ब्रसेल्स र किभको प्रतिक्रियाले स्पष्ट पारेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनभिडियाको अन्तरिम सीईओमा कोलेट क्रेस नियुक्त
Latest NewsJust now

एनभिडियाको अन्तरिम सीईओमा कोलेट क्रेस नियुक्त

काठमाडौँ। अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सञ्चालक समितिले बिहीबार प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। यसअघि कम्पनीका अध्यक्ष, सीईओ तथा सञ्चालक समिति सदस्य जेन्सेन... ...

रातोपाटी
यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त
Latest NewsJust now

यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त

• नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना व्यक्त गरेको छ। • महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारसँग घाइतेको उपचार र राहतको व्यवस्था गर्न आग्रह गर्दै विद्युतीय सवारीसाधनको सुरक्षा मापदण्डमा सुधार गर्नुपर्ने बताएका छन्। • दुर्घटनामा १४ जनाको मृत्यु भएको र ६ जना घाइते भएको जानकारी प्रहरीले दिएको छ। ...

नेपालबहस
मधेशमा छठ पर्वको रौनक : घाट सिँगारिए, बजारमा चहलपहल
Latest NewsJust now

मधेशमा छठ पर्वको रौनक : घाट सिँगारिए, बजारमा चहलपहल

काठमाडौं। लोकआस्था, प्रकृति पूजा र सामाजिक सद्भावको प्रतीक मानिने छठ पर्वको रौनकले यतिबेला मधेश प्रदेशका गाउँदेखि सहरसम्म उत्सवमय बनेको छ। चार दिनसम्म श्रद्धा र निष्ठाका साथ मनाइने यो पर्वका लागि नदी, तलाउ तथा जलाशयका किनारमा घाट निर्माण र सरसफाइका काम अन्तिम चरणमा पुगेका छन्। जनकपुरधामका ऐतिहासिक सरोवरहरू गंगासागर, धनुषसागर र महाराजसागरलगायतका पोखरीहरूलाई बेहुलीझैँ सिँगारिएको छ। महोत्तरीको मटिहानीस्थित बिग्ही नदीमा करिब डेढ ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play