Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

ट्रम्पको नीतिबाट आफूलाई अलग देखाउने प्रयास गर्दै उपराष्ट्रपति भान्स

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्पको नीतिबाट आफूलाई अलग देखाउने प्रयास गर्दै उपराष्ट्रपति भान्स
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयको मुख्य कारण इरान युद्ध भएको बताएका छन् । उनको टिप्पणीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिबाट आफूलाई अलग देखाउने प्रयासका रूपमा हेरिएको छ । भान्सले सामाजिक सञ्जाल एक्समा करिब ६०० शब्दको धारणा सार्वजनिक गर्दै ट्रम्पलाई मतदान गरेका मतदातासमेत रिपब्लिकनबाट टाढिएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हामीले हार्नुको कारण युद्ध हो । राष्ट्रपतिले पनि हिजो राति यही कुरा स्वीकार गरेका छन् ।’ ट्रम्पले पनि निर्वाचनमा इरान युद्धले प्रभाव पारेको स्वीकार गरेका छन् । तर उनले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न युद्ध आवश्यक रहेको जिकिर गर्दै त्यस्तै अवस्था आए फेरि पनि युद्धको निर्णय लिने बताएका छन् । भान्सले भने युद्ध अन्त्य, महँगी नियन्त्रण, ‘अमेरिका पहिलो’ नीतिमा जोड र इजरायलसँगको सम्बन्धमा पुनर्विचार गर्नुपर्ने चारबुँदे रणनीति अघि सारेका छन् । भान्सको टिप्पणीलाई सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने सम्भावनासँग जोडेर हेरिएको छ । यद्यपि उनले उम्मेदवारीबारे औपचारिक निर्णय गरिसकेका छैनन् । ट्रम्पले पनि आफ्नो उत्तराधिकारीका रूपमा कसलाई समर्थन गर्ने भन्ने स्पष्ट पारेका छैनन् । The post ट्रम्पको नीतिबाट आफूलाई अलग देखाउने प्रयास गर्दै उपराष्ट्रपति भान्स appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डलर र सुन ठगीका आरोपितलाई प्रहरीले हान्यो गोली
Latest NewsJust now

डलर र सुन ठगीका आरोपितलाई प्रहरीले हान्यो गोली

काठमाण्डु– प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोजेपछि डलर तथा सुन ठगी र लुटपाटमा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा बिहीबार साँझ करिब ६ः३० बजे प्रहरीले ३१ वर्षीय सुजन तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा तामाङले सस्तोमा अमेरिकी […] ...

काठमाण्डुपाटी
जाँतो बनाउने पेसा लोप हुने अवस्थामा
Latest NewsJust now

जाँतो बनाउने पेसा लोप हुने अवस्थामा

पाँचथर। आधुनिक कुटानी पिसानी मिल गाउँगाउँमा पुगेसँगै ढुङ्गा खोपेर जाँतो बनाउने पेसा लोप हुने अवस्थामा पुगेको छ। परम्परागत रूपमा जाँतो बनाउँदै आएका पाँचथरको हिलिहाङ गाउँपालिका-१ दोरुम्बाका जोगी समुदायले माग घट्न... ...

रातोपाटी
साउदीमा ड्रोन आक्रमणमा मृत्यु भएका महतोको शव शुक्रबार नेपाल ल्याइँदै
Latest NewsJust now

साउदीमा ड्रोन आक्रमणमा मृत्यु भएका महतोको शव शुक्रबार नेपाल ल्याइँदै

साउदी अरबमा वैदेशिक रोजगारीका क्रममा हुथी विद्रोहीको ड्रोन आक्रमणमा परी ज्यान गुमाएका महोत्तरीका भरत महतोको पार्थिव शरीर शुक्रबार नेपाल ल्याइने भएको छ। साउदीको पूर्वी प्रान्तस्थित सैबाह तेल क्षेत्रमा रहेको साउदी अरामको परियोजनामा कार्यरत रहँदा कात्तिक ४ गते भएको आक्रमणमा उनको मृत्यु भएको थियो। साउदीको अब्दुल अहाब मन्सुर अल मौलेम सोन्स कम्पनीमा सरसफाइ श्रमिकका रूपमा कार्यरत […] ...

समयपोष्ट
‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’
Latest NewsJust now

‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’

सञ्चार क्षेत्रका सरोकारवालाहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै त्यसका विरुद्ध आन्दोलनमा उत्रिनुपर्ने बताएका छन्।  बिहीबार काठमाडौंमा नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले आयोजना गरेको ‘मिडिया काउन्सिल विधेयकः आमसञ्चार कानुन र प्रेस स्वतन्त्रताको रक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन्। प्रेस नियन्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play