भूमध्यसागरीय तटमा विलासी रिसोर्ट निर्माण गर्ने उनको योजनाविरुद्ध सुरु भएको प्रदर्शन अहिले अल्बानियाको राजनीतिक सम्भ्रान्त वर्गविरुद्धको विद्रोहमा रूपान्तरण भएको छ। केही महिनादेखि अल्बानियालीहरू सरकारविरुद्ध भइरहेको आन्दोलनलाई ‘फ्लेमिङ्गो क्रान्ति’ नामकरण गरिएको छ। आन्दोलनको सुरुवात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरार्ड कुशनरले अघि सारेको रिसोर्ट योजनाको विरोधबाट भएको हो। पर्यावरणीय दृष्टिले संवेदनशील क्षेत्रमा प्रस्तावित उक्त परियोजनामा ८०० अतिथि कक्ष र सुइट, विलासी भिल्ला, गल्फ कोर्स, क्यासिनो, वाटर पार्क तथा टाउनहाउस र अपार्टमेन्ट निर्माण गर्ने योजना छ। भूमध्यसागरीय तटमा प्रस्तावित एउटा विलासी रिसोर्टविरुद्ध सुरु भएको विरोध अल्बानियाको राजनीतिक नेतृत्व, सम्भ्रान्त व्यावसायिक समूह र सार्वजनिक निर्णय प्रक्रियामाथि प्रश्न उठाउने राष्ट्रिय आन्दोलन बन्यो। शूरमा ट्रम्पका ज्वाइँ जेरार्ड कुशनरको परियोजनाबिरुद्ध भएको आन्दोलन एक महिना कटिसक्दापनि हजारौँ अल्बानियाली राजधानी तिरानाका सडकमा उत्रिरहेका छन्। उनीहरूको माग एड्रियाटिक तटमा प्रस्तावित १ अर्ब ६० करोड अमेरिकी डलरको विलासी परियोजना रद्द गर्नुपर्नेमात्र नभएर अहिले यो भ्रष्टाचारविरोधी प्रदर्शनमा परिणत भएको छ भने प्रधानमन्त्री एदी रामाको राजीनामासमेत माग भइरहेको छ। राजधानी तिरानाको सडकमा प्रदर्शनकारीहरू गुलाबी रङका फ्लेमिङ्गो चराका आकृति बोक्दै ‘अल्बानिया बिक्रीका लागि होइन’ भन्दै नारा घन्काइरहेका छन्। पहिले यो एउटा पर्यावरणीय आन्दोलनजस्तो देखिन्थ्यो। तर केही सातामै यसको स्वरूप बदलियो। भूमध्यसागरीय तटमा प्रस्तावित एउटा विलासी रिसोर्टविरुद्ध सुरु भएको विरोध अल्बानियाको राजनीतिक नेतृत्व, सम्भ्रान्त व्यावसायिक समूह र सार्वजनिक निर्णय प्रक्रियामाथि प्रश्न उठाउने राष्ट्रिय आन्दोलन बन्यो। विवादको केन्द्रमा छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरार्ड कुशनर र उनकी पत्नी तथा ट्रम्पकी छोरी इभान्का ट्रम्प। कुशनरको लगानी कम्पनी एफिनिटी पार्टनर्ससँग जोडिएको परियोजनाले अल्बानियाको दक्षिणी तटमा रहेको साजान द्वीप र ज्भेर्नेक क्षेत्रलाई विश्वका अति धनी पर्यटकका लागि विलासी गन्तव्यमा रूपान्तरण गर्ने महत्त्वाकाङ्क्षा राखेका थिए। स्थानीय बासिन्दा, पर्यावरणवादी र नागरिक अभियन्ताका लागि यो केवल पर्यटन पूर्वाधारको प्रस्ताव होइन। उनीहरूका लागि यो सार्वजनिक प्राकृतिक सम्पदामाथि निजी पुँजीको नियन्त्रण, राजनीतिक पहुँचबाट प्राप्त हुन सक्ने विशेष सुविधा र निर्णय प्रक्रियाबाट स्थानीय समुदायलाई बाहिर राखिएको अवस्थाको प्रतीक बनेको छ। युरोपेली आयोगले नोभेम्बरमा सार्वजनिक गरेको प्रतिवेदनले यसलाई अल्बानियाको लोकतान्त्रिक संक्रमणयताकै सबैभन्दा ठूलो नागरिक परिचालनमध्ये एकका रूपमा उल्लेख गरेको छ। जुन आन्दोलनले मे २०२६ मा पर्यावरण संरक्षणको मागबाट आकार लियो, त्यसले अक्टोबरसम्म आइपुग्दा सरकारको राजीनामा, भ्रष्टाचार नियन्त्रण र राजनीतिक जवाफदेहिताको मागलाई समेत आफ्नो एजेन्डा बनाइसकेको थियो। युरोपेली आयोगले नोभेम्बरमा सार्वजनिक गरेको प्रतिवेदनले यसलाई अल्बानियाको लोकतान्त्रिक संक्रमणयताकै सबैभन्दा ठूलो नागरिक परिचालनमध्ये एकका रूपमा उल्लेख गरेको छ। बन्दीगृहबाट विश्वको विलासी गन्तव्य बनेको देश अल्बानियाको इतिहासले साजान द्वीपको वर्तमान विवाद बुझ्न महत्त्वपूर्ण पृष्ठभूमि दिन्छ। बाल्कन क्षेत्रको एड्रियाटिक समुद्रमा अवस्थित अल्बानिया सन् १९४४ देखि १९९१ सम्म कठोर साम्यवादी शासनको अधीनमा रह्यो। एन्भर होक्साको नेतृत्वमा रहेको शासनले देशलाई लामो समय बाहिरी संसारबाट अलग राख्यो। विदेशी प्रभाव र सम्भावित आक्रमणको भयमा हजारौँ बंकर निर्माण गरिए। साजान द्वीप पनि सामरिक सैन्य क्षेत्रका रूपमा प्रयोग भयो। साम्यवादी शासनको अन्त्यपछि अल्बानियाले बजार अर्थतन्त्र, लोकतान्त्रिक राजनीति र पश्चिमी संस्थाहरूसँगको सम्बन्ध विस्तार गर्ने बाटो समात्यो। तर संक्रमण सहज थिएन। यो द्वीप सामान्य पर्यटकीय भूभाग नभएर सैन्य सुरक्षाका कारण लामो समय सर्वसाधारणको पहुँचबाट टाढा रहेको यसको प्राकृतिक अवस्था तुलनात्मक रूपमा सुरक्षित रह्यो। साम्यवादी शासनको अन्त्यपछि अल्बानियाले बजार अर्थतन्त्र, लोकतान्त्रिक राजनीति र पश्चिमी संस्थाहरूसँगको सम्बन्ध विस्तार गर्ने बाटो समात्यो। तर संक्रमण सहज थिएन। आर्थिक अस्थिरता, सम्पत्तिको स्वामित्वसम्बन्धी विवाद, कमजोर संस्थागत संरचना, भ्रष्टाचार र राजनीतिक ध्रुवीकरणले देशलाई लामो समय प्रभावित गरे। सन् २००९ मा युरोपेली संघको सदस्यताका लागि आवेदन दिएको अल्बानियाले सन् २०१४ मा उम्मेदवार राष्ट्रको मान्यता प्राप्त गर्यो। सन् २०२२ मा सदस्यता वार्ता औपचारिक रूपमा सुरु भयो। सन् २०२४ देखि २०२५ सम्म विभिन्न वार्ता समूह क्रमशः खुले र सन् २०२५ को अन्त्यसम्म सबै ३३ वार्ता अध्याय खुला भए।यही क्रममा अल्बानियाले पर्यटनलाई आर्थिक रूपान्तरणको प्रमुख माध्यम बनाउने नीति अघि बढायो। एड्रियाटिक र आयोनियन समुद्रको किनारमा रहेका समुद्री तट, पुराना सहर, पहाडी भूगोल र तुलनात्मक रूपमा कम विकसित पर्यटकीय क्षेत्रले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न थाले। क्रोएसिया, मोन्टेनेग्रो र ग्रिससँग प्रतिस्पर्धा गर्दै अल्बानिया उच्चस्तरीय पर्यटन बजारमा प्रवेश गर्न चाहन्थ्यो। सन् २०२४ मा संरक्षित क्षेत्रभित्र पर्यटन विकासका लागि कानुनी बाटो खोल्ने विवादास्पद संशोधन पारित गरियो। पर्यावरणवादीहरूले त्यसलाई प्राकृतिक सम्पदाको संरक्षण कमजोर पार्ने कदम भने। प्रधानमन्त्री एदी रामाको सरकारले यसलाई आर्थिक अवसरका रूपमा लियो। विदेशी मुद्रा, रोजगारी, होटल, यातायात, पूर्वाधार र अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उसको लक्ष्य थियो। यसै रणनीतिअन्तर्गत सन् २०२४ मा संरक्षित क्षेत्रभित्र पर्यटन विकासका लागि कानुनी बाटो खोल्ने विवादास्पद संशोधन पारित गरियो। पर्यावरणवादीहरूले त्यसलाई प्राकृतिक सम्पदाको संरक्षण कमजोर पार्ने कदम भने। यसको केही सातापछि कुशनरको अल्बानियाली परियोजनासम्बन्धी योजना सार्वजनिक भयो। संयोग मात्र थियो वा राज्यको नीतिगत परिवर्तन र विदेशी लगानीको महत्त्वाकाङ्क्षाबीच गहिरो सम्बन्ध थियो भन्ने प्रश्न त्यसैबेला उठ्न थाल्यो। साजान : एउटा द्वीप, दुई संसार कुशनर र इभान्का ट्रम्पको अल्बानियाप्रतिको आकर्षण सन् २०२१ को एउटा समुद्री यात्राबाट सुरु भएको बताइन्छ। अल्बानियाली प्रधानमन्त्री रामासँगको भेटका क्रममा उनीहरू एड्रियाटिक समुद्रको तटमा पुगेका थिए। त्यहाँबाट साजान द्वीपको भ्रमण गर्दा यसको प्राकृतिक सौन्दर्यले उनीहरूलाई आकर्षित गर्यो। इभान्काले अमेरिकी पोडकास्टमा त्यसलाई आफ्नो परिवारले संयोगवश फेला पारेको सुन्दर भूभागका रूपमा वर्णन गरेकी थिइन्। स्थानीयहरूका लागि साजान कुनै नयाँ खोज थिएन। यो उनीहरूको राष्ट्रिय भूगोल, इतिहास र सामूहिक स्मृतिको हिस्सा थियो।कुशनरको योजनामा साजानमा उच्चस्तरीय होटल, आवासीय संरचना र अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित पूर्वाधार विकास गर्ने परिकल्पना छ। नजिकैको ज्भेर्नेक क्षेत्रमा पनि ठूलो पर्यटन परिसर विकास गर्ने योजना जोडिएको छ। न्यु योर्करको सेप्टेम्बर २०२६ मा प्रकाशित अनुसन्धानात्मक रिपोर्टअनुसार यस योजनामा करिब १० हजार होटल कोठा तथा आवासीय एकाइ, गल्फ कोर्स र याटका लागि बन्दरगाहजस्ता संरचनाको परिकल्पना गरिएको थियो। रिपोर्टले समग्र महत्त्वाकाङ्क्षालाई करिब चार अर्ब अमेरिकी डलरको लगानीसँग जोडेको छ। सरकारका लागि यस्तो परियोजना अल्बानियालाई अन्तर्राष्ट्रिय पर्यटनको नयाँ नक्सामा स्थापित गर्ने अवसर हो। कुशनरका लागि यो युरोपको तुलनात्मक रूपमा कम विकसित तर सम्भावनायुक्त तटीय बजारमा ठूलो व्यावसायिक उपस्थिति निर्माण गर्ने अवसर हुन सक्छ। तर परियोजनाको लागतसम्बन्धी सार्वजनिक विवरणमा एकरूपता छैन। रोयटर्सले जुन ३ मा करिब १.४ अर्ब युरोको अनुमान उल्लेख गरेको थियो भने जुन १० को अर्को रिपोर्टमा पाँच अर्ब युरोको सम्भावित लागत भनिएको थियो। यी रकम फरक परियोजना दायरा वा चरणसँग सम्बन्धित हुन सक्छन्। त्यसैले तिनलाई एउटै निश्चित स्वीकृत लगानी रकमका रूपमा बुझ्नु उचित हुँदैन। सरकारका लागि यस्तो परियोजना अल्बानियालाई अन्तर्राष्ट्रिय पर्यटनको नयाँ नक्सामा स्थापित गर्ने अवसर हो। कुशनरका लागि यो युरोपको तुलनात्मक रूपमा कम विकसित तर सम्भावनायुक्त तटीय बजारमा ठूलो व्यावसायिक उपस्थिति निर्माण गर्ने अवसर हुन सक्छ। तर यही महत्त्वाकाङ्क्षा अर्को भूभागमा पुगेर विवादको केन्द्र बन्यो। जहाँ फ्लेमिङ्गोको बास छ, त्यहाँ विकासको बुल्डोजर! साजान द्वीपभन्दा पनि बढी विवादास्पद छ ज्भेर्नेक र भ्योसा–नार्ता संरक्षित क्षेत्र। यो क्षेत्र अल्बानियाको सबैभन्दा महत्त्वपूर्ण जैविक विविधतायुक्त भूभागमध्ये एक हो। यहाँ फ्लेमिङ्गो, दुई सयभन्दा बढी प्रजातिका प्रवासी चरा, भूमध्यसागरीय मङ्क सिल र समुद्री कछुवाका प्रजनन क्षेत्र छन्। यसको महत्त्व केवल चराहरूको बासस्थानमा सीमित छैन। समुद्री तटीय बालुवाका ढिस्का, दलदल, वनस्पति र लगुनले प्राकृतिक जलसन्तुलन कायम राख्न, तटीय क्षय नियन्त्रण गर्न र जलवायु परिवर्तनका असर कम गर्न भूमिका खेल्छन्। पर्यावरणवादीहरूको चिन्ता यही हो कि विलासी होटल, आवासीय संरचना, सडक, बन्दरगाह र अन्य पूर्वाधार निर्माणले यस क्षेत्रको पारिस्थितिक सन्तुलन बिगार्न सक्छ। च्याथम हाउसकी अनुसन्धानकर्ता बिट्रिस मोसेल्लोले यस विवादलाई जलवायु परिवर्तन, जैविक विविधताको क्षय र प्रदूषणको संयुक्त संकटसँग जोडेर व्याख्या गरेकी छन्। उनका अनुसार प्राकृतिक सम्पदालाई छोटो अवधिको आर्थिक लाभमा रूपान्तरण गर्दा त्यसले दीर्घकालीन आर्थिक र पर्यावरणीय आधार नै कमजोर बनाउन सक्छ। मे महिनामा परियोजनासँग जोडिएको क्षेत्रमा बार लगाइएपछि विवाद थप चर्कियो। स्थानीय बासिन्दा र अभियन्ताहरूले लामो समयदेखि सर्वसाधारणले प्रयोग गर्दै आएको समुद्री तटलाई निजी क्षेत्रजस्तो व्यवहार गरिएको आरोप लगाए। यस क्षेत्रको संरक्षणका लागि काम गरिरहेका ४० भन्दा बढी पर्यावरणीय संस्थाले सन् २०२६ को जनवरीमै सरकारलाई परियोजना रोक्न माग गर्दै पत्र लेखेका थिए। संरक्षणवादी संस्थाहरूले सार्वजनिक गरेको अभियानमा करिब ६० हजार हस्ताक्षर संकलन भएको अल जजिराले उल्लेख गरेको छ। विरोधको प्रतीकका रूपमा फ्लेमिङ्गो रोजिनु संयोग थिएन। पर्यावरणीय संकटलाई एउटा दृश्यात्मक र भावनात्मक पहिचान दिने यो प्रयासले स्थानीय आन्दोलनलाई अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्न सहयोग गर्यो। मे महिनामा परियोजनासँग जोडिएको क्षेत्रमा बार लगाइएपछि विवाद थप चर्कियो। स्थानीय बासिन्दा र अभियन्ताहरूले लामो समयदेखि सर्वसाधारणले प्रयोग गर्दै आएको समुद्री तटलाई निजी क्षेत्रजस्तो व्यवहार गरिएको आरोप लगाए। निर्माण उपकरण र प्रारम्भिक काम देखिएपछि प्रदर्शन सुरु भयो। स्थानीयले बार हटाए। विरोध तिरानासम्म पुग्यो। त्यसपछि यसको स्वरूप परिवर्तन हुन थाल्यो। एउटा लगानी परियोजनाले कसरी राजनीतिक विद्रोह जन्मायो? अल्बानियामा कुशनरको परियोजनाले यति ठूलो विरोध निम्त्याउनुको कारण केवल पर्यावरणीय क्षति हुने आशङ्का थिएन। त्यसको पछाडि वर्षौंदेखि जम्मा हुँदै आएको राजनीतिक असन्तुष्टि थियो। सन् २०१३ देखि सत्तामा रहेका रामा अल्बानियाली राजनीतिका प्रभावशाली नेता हुन्। उनको नेतृत्वमा देशले युरोपेली संघसँगको एकीकरण प्रक्रिया अघि बढायो। न्यायिक सुधार र भ्रष्टाचार नियन्त्रणका लागि विशेष अभियोजन संरचना स्थापना भयो। पर्यटन तथा पूर्वाधार विकासले आर्थिक गतिविधि विस्तार गर्यो। तर यस अवधिमा राजनीतिक शक्ति केन्द्रीकरण, सार्वजनिक खरिद प्रक्रियाको पारदर्शिता, सम्भ्रान्त व्यवसायी र राजनीतिक नेतृत्वबीचको सम्बन्ध तथा आधारभूत सार्वजनिक सेवाको गुणस्तरबारे प्रश्नहरू पनि बढे। विशेषगरी स्वास्थ्य र शिक्षामा पर्याप्त सार्वजनिक लगानी नभएको, महँगीले सामान्य परिवारलाई दबाब दिएको र युवा पुस्ताले देशभित्र भविष्य नदेखेर विदेश पलायन हुनुपरेको असन्तुष्टि थियो। यही वातावरणमा कुशनरको परियोजना राजनीतिक प्रतीक बन्यो। विदेशी लगानीकर्ताले प्राकृतिक सम्पदामा ठूलो परियोजना अघि बढाउन सक्ने तर स्थानीय बासिन्दाले आफ्नै समुद्री तटको भविष्यबारे निर्णय प्रक्रियामा पर्याप्त भूमिका नपाउने अवस्था नागरिक आक्रोशको कारण बन्यो। जुन १० मा तिरानामा भएको प्रदर्शनमा हजारौँ मानिस सहभागी भए। रोयटर्सका अनुसार प्रधानमन्त्री कार्यालयबाहिर प्रदर्शनकारीहरूले ‘नयाँ अल्बानिया’ को माग गरेका थिए। आन्दोलनकारीमध्येका लियान्ड लाक्रोरीले यो परियोजनालाई पारदर्शिताको अभाव र विगत ३५ वर्षदेखिको राजनीतिक अभ्यासको चरम अभिव्यक्तिका रूपमा व्याख्या गरेका थिए। त्यसपछि विरोधले राजनीतिक स्वरूप ग्रहण गर्यो। सन् २०२६ को जुनमा पूर्वउपप्रधानमन्त्री बेलिन्दा बालुकुसम्बन्धी भ्रष्टाचार आरोप र सरकारी निर्णय प्रक्रियामाथिका प्रश्नले सरकारप्रतिको अविश्वास थप बढाएको थियो। रामा सरकारले बालुकुलाई पदबाट हटाए पनि राजनीतिक असन्तुष्टि समाप्त भएन। प्रदर्शनकारी र पत्रकारमाथि प्रहरीको अत्यधिक बल प्रयोग भएको आरोप पनि उठ्यो। यसले एउटा महत्त्वपूर्ण परिवर्तन देखायो। अक्टोबरमा विद्यार्थीहरू आन्दोलनमा जोडिए। उनीहरूले शिक्षा सुधार, भ्रष्टाचार नियन्त्रण र प्रधानमन्त्रीको राजीनामा मागे। सुरुमा शान्तिपूर्ण रहेको आन्दोलनका केही प्रदर्शन हिंसात्मक बने। सरकारी भवन, बैंक र व्यावसायिक प्रतिष्ठानमा तोडफोड भयो। प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्यो। ‘एसोसिएटेड प्रेस’का अनुसार अक्टोबरको प्रदर्शनका क्रममा प्रहरी प्रमुखले ७१ सुरक्षाकर्मी घाइते भएको बताएका थिए। प्रदर्शनकारी र पत्रकारमाथि प्रहरीको अत्यधिक बल प्रयोग भएको आरोप पनि उठ्यो। यसले एउटा महत्त्वपूर्ण परिवर्तन देखायो। अब आन्दोलन केवल कुशनरको परियोजनाविरुद्ध थिएन। यो सरकार सञ्चालनको शैली, राजनीतिक जवाफदेहिता र युवाको भविष्यसँग जोडिएको प्रश्न बनिसकेको थियो। कुशनरको व्यावसायिक प्रभाव र वासिङ्टनको शक्ति कुशनरको संलग्नताले यो विवादलाई सामान्य विदेशी लगानीको विषयभन्दा धेरै ठूलो बनाएको छ। उनी केवल अमेरिकी व्यवसायी होइनन्। डोनाल्ड ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालमा उनले वरिष्ठ सल्लाहकारको भूमिका निर्वाह गरेका थिए। मध्यपूर्व नीति र अब्राहम सम्झौता लगायतका कूटनीतिक प्रक्रियामा उनको भूमिका थियो। ट्रम्पको दोस्रो कार्यकालमा पनि कुशनर अन्तर्राष्ट्रिय कूटनीतिक गतिविधि र व्यावसायिक लगानीका कारण चर्चामा छन्। उनको निजी लगानी कम्पनी एफिनिटी पार्टनर्सले खाडी क्षेत्रका ठूला लगानीकर्ताबाट पुँजी जुटाएको छ। यसले अल्बानियाको परियोजनामा एउटा असहज प्रश्न जन्माएको छ : अमेरिकी राष्ट्रपति परिवारसँग निकट सम्बन्ध भएको व्यक्तिले विदेशमा ठूलो लगानी प्रस्ताव गर्दा त्यसले सम्बन्धित देशको सरकार र निर्णय प्रक्रियामा कस्तो प्रभाव पार्छ? सन् १९९९ मा कोसोभो युद्धका क्रममा अमेरिकी भूमिकाले अल्बानियाली समाजमा अमेरिकाप्रति विशेष सद्भाव विकास गरेको थियो। अल्बानिया सन् २००९ देखि उत्तर एट्लान्टिक सन्धि संगठनको सदस्य पनि हो। अमेरिका र अल्बानियाबीच ऐतिहासिक रूपमा बलियो सम्बन्ध छ। सन् १९९९ मा कोसोभो युद्धका क्रममा अमेरिकी भूमिकाले अल्बानियाली समाजमा अमेरिकाप्रति विशेष सद्भाव विकास गरेको थियो। अल्बानिया सन् २००९ देखि उत्तर एट्लान्टिक सन्धि संगठनको सदस्य पनि हो। त्यसैले ट्रम्प परिवारसँग जोडिएको परियोजनालाई अस्वीकार गर्नु केवल व्यावसायिक निर्णयका रूपमा सीमित रहँदैन। यसमा अमेरिकी प्रभाव, कूटनीतिक सम्बन्ध र राजनीतिक प्रतिष्ठाको प्रश्नसमेत जोडिन्छ। यसबाट अमेरिकी सरकारले परियोजनालाई औपचारिक समर्थन गरेको वा कुशनरले सरकारी शक्तिको दुरुपयोग गरेको निष्कर्ष निकाल्न मिल्दैन। त्यस्तो दाबीका लागि छुट्टै प्रमाण आवश्यक हुन्छ। यद्यपि व्यावसायिक र राजनीतिक सम्बन्धबीचको सम्भावित स्वार्थको द्वन्द्वलाई बेवास्ता गर्न पनि सकिँदैन। न्यु योर्करका पत्रकार डेक्स्टर फिल्किन्सले सेप्टेम्बर २०२६ को आफ्नो विस्तृत रिपोर्टमा कुशनरको अन्तर्राष्ट्रिय व्यावसायिक गतिविधि र राजनीतिक पहुँचबीचको सम्बन्धमाथि प्रश्न उठाएका छन्। रिपोर्टले अल्बानियासँगै सर्बियामा प्रस्तावित अर्को परियोजनाको राजनीतिक विवादलाई पनि प्रस्तुत गरेको छ। सर्बियाको अनुभव : एउटै रणनीतिको अर्को परीक्षा कुशनरको बाल्कन क्षेत्रमा लगानीको महत्त्वाकाङ्क्षा अल्बानियामा मात्र सीमित थिएन। छिमेकी सर्बियाको राजधानी बेलग्रेडमा उनले पूर्व युगोस्लाभ सेनाको जनरल स्टाफ भवन रहेको क्षेत्रमा होटल र आवासीय परियोजना विकास गर्ने योजना अघि बढाएका थिए। सर्बियामा पनि परियोजनाले विरोध निम्त्यायो। अनुमति प्रक्रियामा कागजात किर्ते गरेको आरोपमा त्यहाँका संस्कृति मन्त्रीविरुद्ध अभियोजन अघि बढ्यो। यो भवनको ऐतिहासिक संवेदनशीलता निकै ठूलो छ। सन् १९९९ मा कोसोभो युद्धका क्रममा नेटोले गरेको हवाई आक्रमणबाट क्षतिग्रस्त भएको भवनलाई सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने माग उठेको थियो। सर्बियामा पनि परियोजनाले विरोध निम्त्यायो। अनुमति प्रक्रियामा कागजात किर्ते गरेको आरोपमा त्यहाँका संस्कृति मन्त्रीविरुद्ध अभियोजन अघि बढ्यो। मन्त्रीले आरोप अस्वीकार गरे। कुशनरको टोलीले गैरकानुनी काम गरेको प्रमाण सार्वजनिक नभएको न्यु योर्करले उल्लेख गरेको छ। अन्ततः एफिनिटी पार्टनर्सले अप्रिल २०२६ मा उक्त परियोजनाबाट पछि हट्ने निर्णय गर्यो। कम्पनीले अर्थपूर्ण परियोजनाले समाजलाई विभाजित गर्नुको सट्टा एकताबद्ध गर्नुपर्ने आशयको वक्तव्य दिएको थियो। यो अनुभव अल्बानियाका लागि पनि महत्त्वपूर्ण छ। विदेशी लगानीले राजनीतिक नेतृत्वलाई अन्तर्राष्ट्रिय प्रतिष्ठा दिन सक्छ। तर स्थानीय ऐतिहासिक स्मृति, सांस्कृतिक सम्पदा, कानुनी प्रक्रिया र जनमतलाई बेवास्ता गर्दा त्यही लगानी राजनीतिक जोखिम बन्न सक्छ। सर्बियामा परियोजना छाडिएको घटनाले अल्बानियामा पनि त्यस्तै हुनेछ भन्ने निश्चित गर्दैन। तर यसले बाल्कन क्षेत्रमा उच्चस्तरीय र राजनीतिक रूपमा संवेदनशील रियल इस्टेट परियोजना अघि बढाउन केवल सरकारी समर्थन पर्याप्त नहुने देखाउँछ। जग्गाको स्वामित्व : विवादको सबैभन्दा संवेदनशील पाटो कुशनरको परियोजनासँग जोडिएको अर्को गम्भीर प्रश्न जग्गाको स्वामित्व हो। अल्बानियामा साम्यवादी शासनको अन्त्यपछि निजी सम्पत्ति पुनःस्थापना गर्ने क्रममा व्यापक विवाद उत्पन्न भएको थियो। साम्यवादी सरकारले राष्ट्रियकरण गरेका जग्गा र सम्पत्ति फिर्ता गर्ने प्रक्रियामा कानुनी अस्पष्टता, नक्कली कागजात र प्रतिस्पर्धी दाबीहरू देखिएका थिए। रोयटर्सले कुशनरको प्रत्यक्ष संलग्नतामा गैरकानुनी काम भएको प्रमाण फेला नपरेको र वास्तविक जग्गाधनी को हुन् भन्ने कुरा स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको स्पष्ट गरेको थियो। ज्भेर्नेक क्षेत्र पनि त्यही ऐतिहासिक समस्याबाट मुक्त छैन। ‘रोयटर्स’मा प्रकाशित अनुसन्धानात्मक रिपोर्टमा कोस्ताक कोनोमीसहित स्थानीय बासिन्दाले आफ्नो पारिवारिक जग्गा अनुचित रूपमा विकास परियोजनामा समावेश गरिएको दाबी गरेको उल्लेख गरेको छ। केही बासिन्दाले आफ्नो दाबी पुष्टि गर्न जग्गाधनी प्रमाणपत्र र कर तिरेको अभिलेखसमेत देखाएका थिए। कोनोमीका अनुसार उनको परिवारले पुस्तौँदेखि प्रयोग गर्दै आएको जग्गामा प्रवेश गर्नसमेत अवरोध गरिएको थियो। यो विवादमा एउटा महत्त्वपूर्ण तथ्य छुटाउन मिल्दैन। रोयटर्सले कुशनरको प्रत्यक्ष संलग्नतामा गैरकानुनी काम भएको प्रमाण फेला नपरेको र वास्तविक जग्गाधनी को हुन् भन्ने कुरा स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको स्पष्ट गरेको थियो। त्यसैले जग्गा हिनामिना वा ठगीलाई कुशनरले गरेको अपराधका रूपमा प्रस्तुत गर्नु तथ्यगत रूपमा गलत हुनेछ। यो मुख्यतः जग्गाको पुरानो स्वामित्व, स्थानीय दाबी र विकासकर्ताले खरिद गरेको सम्पत्तिको कानुनी वैधतासँग सम्बन्धित विवाद हो। अल्बानियाली खोजमूलक सञ्चारमाध्यम ‘सिटिजन्स डट अल’ले प्रधानमन्त्री रामा तथा अन्य सार्वजनिक अधिकारीसँग सम्बन्धित पर्यटन परियोजनाबारे दायर उजुरीका आधारमा सेप्टेम्बर १० मा आपराधिक अनुसन्धान दर्ता भएको सूचना सार्वजनिक गरेको थियो। अल्बानियाको विशेष भ्रष्टाचार तथा संगठित अपराध अभियोजन कार्यालयले परियोजनासँग सम्बन्धित जग्गाको स्वामित्व, संरक्षित क्षेत्रको कानुनी हैसियत र निर्णय प्रक्रियाबारे अनुसन्धान अघि बढाएको छ। नोभेम्बर ७ मा अल्बानियाली खोजमूलक सञ्चारमाध्यम ‘सिटिजन्स डट अल’ले प्रधानमन्त्री रामा तथा अन्य सार्वजनिक अधिकारीसँग सम्बन्धित पर्यटन परियोजनाबारे दायर उजुरीका आधारमा सेप्टेम्बर १० मा आपराधिक अनुसन्धान दर्ता भएको सूचना सार्वजनिक गरेको थियो। यो अनुसन्धानको दर्ता हुनु दोष प्रमाणित हुनु होइन। यसले अल्बानियाको न्यायिक प्रणालीमाथि पनि परीक्षा सिर्जना गरेको छ। राजनीतिक शक्तिशाली व्यक्तिहरू र ठूला लगानीकर्तासँग सम्बन्धित विवादमा कानुन समान रूपमा लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न अहिले निर्णायक बनेको छ। सरकारको तर्क : विकास रोक्ने कि अवसर उपयोग गर्ने? विरोध प्रदर्शनको अर्को पक्ष पनि छ, जसलाई बेवास्ता गर्न मिल्दैन। अल्बानिया युरोपको तुलनात्मक रूपमा कम आय भएको देश हो। पर्यटन यसको आर्थिक विकासको महत्त्वपूर्ण आधार बनेको छ। सरकारले उच्चस्तरीय पर्यटनलाई प्राथमिकता दिनुको कारण पनि यही हो। अल्बानियाली अधिकारीहरूका अनुसार विदेशी लगानीले हजारौँ रोजगारी सिर्जना गर्न, पूर्वाधार विकास गर्न, अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न र देशको राजस्व बढाउन सक्छ। सन् २०१३ मा करिब ३२ लाख ६० हजार विदेशी आगमन भएको अल्बानियामा सन् २०२५ सम्म आइपुग्दा यो संख्या करिब एक करोड २५ लाख पुगेको अल्बानियाली सरकारी पर्यटन तथ्याङ्कलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीले जनाएको छ। सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म करिब एक करोड सात लाख आगमन भएको र अघिल्लो वर्षको सोही अवधिभन्दा ४.९ प्रतिशत वृद्धि भएको विवरण पनि सार्वजनिक गरिएको छ। प्रधानमन्त्री रामाको तर्क छ, उच्चस्तरीय पर्यटकले सामान्य पर्यटकभन्दा बढी खर्च गर्छन्। त्यसैले महँगो होटल, निजी याट सेवा, गल्फ कोर्स र विलासी आवासले देशलाई बढी आम्दानी दिन सक्छन्। आर्थिक लाभको प्रश्नसँगै वितरणको प्रश्न पनि जोडिन्छ। यस्तो विस्तारले देशको अर्थतन्त्रमा पर्यटनको महत्त्व देखाउँछ। प्रधानमन्त्री रामाको तर्क छ, उच्चस्तरीय पर्यटकले सामान्य पर्यटकभन्दा बढी खर्च गर्छन्। त्यसैले महँगो होटल, निजी याट सेवा, गल्फ कोर्स र विलासी आवासले देशलाई बढी आम्दानी दिन सक्छन्। आर्थिक लाभको प्रश्नसँगै वितरणको प्रश्न पनि जोडिन्छ। कति रोजगारी स्थानीयले पाउँछन्? होटल सञ्चालनबाट हुने आम्दानी देशभित्र कति रहन्छ? जग्गाको मूल्य बढ्दा स्थानीय बासिन्दाले लाभ पाउँछन् कि उनीहरू आफ्नै भूभागबाट विस्थापित हुन्छन्? सार्वजनिक समुद्री तट निजी सुविधामा सीमित हुन्छ कि सर्वसाधारणको पहुँच कायम रहन्छ? यी प्रश्नको जवाफबिना ठूलो लगानीलाई स्वतः राष्ट्रिय उपलब्धि मान्न सकिँदैन। अर्कोतर्फ, सबै विलासी पर्यटन परियोजना पर्यावरणविरोधी हुन्छन् भन्ने निष्कर्ष पनि उचित होइन। उचित वातावरणीय मूल्याङ्कन, पारदर्शी स्वामित्व, सार्वजनिक परामर्श र कडा नियमनको आधारमा पर्यटन विकास सम्भव छ। विवादको वास्तविक केन्द्र विकास चाहिन्छ कि चाहिँदैन भन्ने होइन। विकास कसको हितमा, कुन कानुनी प्रक्रियाबाट र कति पर्यावरणीय मूल्य चुकाएर गरिन्छ भन्ने हो। युरोपेली संघको परीक्षा : आर्थिक प्रगति कि लोकतान्त्रिक जवाफदेहिता? अल्बानियाको संकटलाई युरोपेली संघसँगको सदस्यता प्रक्रियाबाट अलग गरेर बुझ्न सकिँदैन। अल्बानियाले युरोपेली संघको सदस्य बन्ने लक्ष्यलाई राष्ट्रिय रणनीतिक प्राथमिकता बनाएको छ। सरकारको महत्त्वाकाङ्क्षा सन् २०२७ को अन्त्यसम्म सदस्यता वार्ताका सबै अध्याय बन्द गर्ने हो। संरक्षित क्षेत्रमा पर्यटन विकासको विरोधबाट सुरु भएको आन्दोलन पछि सरकार र प्रमुख प्रतिपक्ष दुवैप्रतिको असन्तुष्टि, भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता र सुशासनको मागमा विस्तार भएको आयोगको निष्कर्ष छ। युरोपेली संघमा प्रवेशका लागि आर्थिक वृद्धि मात्र पर्याप्त हुँदैन। कानुनी शासन, स्वतन्त्र न्यायपालिका, भ्रष्टाचार नियन्त्रण, पारदर्शी सार्वजनिक प्रशासन, वातावरणीय संरक्षण र लोकतान्त्रिक संस्थाको प्रभावकारिता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। यहीँ कुशनर परियोजनाले अल्बानियाको राजनीतिक नेतृत्वलाई असहज अवस्थामा पुर्याएको छ। युरोपेली आयोगको ४ नोभेम्बर २०२६ मा प्रकाशित अल्बानिया प्रतिवेदनले महिनौंदेखि तिरानामा दैनिक प्रदर्शन भइरहेको उल्लेख गरेको छ। संरक्षित क्षेत्रमा पर्यटन विकासको विरोधबाट सुरु भएको आन्दोलन पछि सरकार र प्रमुख प्रतिपक्ष दुवैप्रतिको असन्तुष्टि, भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता र सुशासनको मागमा विस्तार भएको आयोगको निष्कर्ष छ। प्रतिवेदनअनुसार आन्दोलनको चरम अवस्थामा दशौँ हजार नागरिक सहभागी भएका थिए। अक्टोबरमा विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो। प्रदर्शनकारी र प्रहरीबीच झडप, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति र प्रहरीको अत्यधिक बल प्रयोगसम्बन्धी आरोपसमेत उठेका थिए। आयोगले आन्दोलनकारी र सरकारबीच अहिलेसम्म अर्थपूर्ण संवाद नभएको उल्लेख गरेको छ। अर्कोतर्फ, युरोपेली संघले अल्बानियाको सदस्यता वार्ता अघि बढाइरहेको छ। अक्टोबर २०२६ सम्म ३३ वार्ता अध्याय खुलिसकेका थिए भने चार अध्याय अस्थायी रूपमा बन्द भएका थिए। अल्बानियाले आर्थिक अवसर खोज्दा आफ्नो पर्यावरणीय र लोकतान्त्रिक दायित्व कमजोर बनायो भने युरोपेली एकीकरणको विश्वसनीयतामाथि नै प्रश्न उठ्न सक्छ। एकातिर अल्बानिया युरोपेली संस्थामा प्रवेशका लागि आवश्यक सुधारको बाटोमा अघि बढिरहेको छ। अर्कोतर्फ, त्यही युरोपेली आयोगले सार्वजनिक परामर्श, संसदीय निगरानी र लोकतान्त्रिक संस्थाको प्रभावकारितामा कमजोरी औँल्याइरहेको छ। युरोपेली संघका लागि यो एउटा राजनीतिक सन्देश पनि हो। सदस्यता वार्ता केवल सरकारी उपलब्धि र कानुनी दस्तावेजमा सीमित हुन सक्दैन। नागरिकले सार्वजनिक निर्णय प्रक्रियामा आफ्नो आवाज सुन्न पाएको अनुभूति पनि लोकतान्त्रिक एकीकरणको हिस्सा हो। अल्बानियाले आर्थिक अवसर खोज्दा आफ्नो पर्यावरणीय र लोकतान्त्रिक दायित्व कमजोर बनायो भने युरोपेली एकीकरणको विश्वसनीयतामाथि नै प्रश्न उठ्न सक्छ। भूमध्यसागरको ठूलो संकट : प्रकृति, पुँजी र सार्वभौमिकता अल्बानियाको विवाद स्थानीय राजनीतिक घटनाभन्दा व्यापक अन्तर्राष्ट्रिय प्रवृत्तिसँग जोडिएको छ। भूमध्यसागरीय क्षेत्र अहिले पर्यटन, रियल इस्टेट, पूर्वाधार र विदेशी पुँजीको तीव्र प्रतिस्पर्धाको केन्द्र बनेको छ। क्रोएसिया, मोन्टेनेग्रो, ग्रिस, टर्की र इजिप्टले समुद्री तटीय पर्यटनलाई आर्थिक वृद्धिको महत्त्वपूर्ण माध्यम बनाएका छन्। तटीय क्षेत्रमा अनियन्त्रित विकासको मूल्य पनि बढ्दै गएको छ। समुद्री सतहको वृद्धि, तापक्रममा परिवर्तन, पानीको अभाव, प्रदूषण, जैविक विविधताको क्षय र तटीय क्षरणले भूमध्यसागरीय पारिस्थितिक प्रणालीलाई दबाबमा पारेका छन्। यस्तो अवस्थामा अल्बानियाको अपेक्षाकृत अविकसित समुद्री तट आफैँमा ठूलो आर्थिक र पर्यावरणीय सम्पत्ति हो। समुद्री लगुनले बाढीको जोखिम कम गर्न, चराहरूको बसाइँसराइ कायम राख्न र स्थानीय माछा व्यवसायलाई सहयोग गर्न सक्छ। यी सेवाको आर्थिक मूल्य तत्काल देखिँदैन, तर दीर्घकालीन रूपमा अत्यन्त महत्त्वपूर्ण हुन्छ। अहिलेको प्रश्न त्यसलाई कसरी उपयोग गर्ने भन्ने हो। प्राकृतिक सम्पदाको मूल्य होटलको कोठा, जग्गाको बिक्री मूल्य वा पर्यटकको खर्चबाट मात्र मापन गर्न सकिँदैन। समुद्री लगुनले बाढीको जोखिम कम गर्न, चराहरूको बसाइँसराइ कायम राख्न र स्थानीय माछा व्यवसायलाई सहयोग गर्न सक्छ। यी सेवाको आर्थिक मूल्य तत्काल देखिँदैन, तर दीर्घकालीन रूपमा अत्यन्त महत्त्वपूर्ण हुन्छ। च्याथम हाउसले अल्बानियाको विवादलाई विकासशील तथा आर्थिक रूपान्तरणको चरणमा रहेका देशका लागि महत्त्वपूर्ण उदाहरण मानेको छ। अन्तर्राष्ट्रिय पुँजीले आर्थिक अवसर सिर्जना गर्छ। तर त्यसको प्रभावले स्थानीय समुदायको अधिकार, राष्ट्रिय प्राकृतिक सम्पदा र सरकारी निर्णय प्रक्रियालाई कमजोर पार्न थाल्यो भने लगानीको वैधता नै प्रश्नमा पर्छ। अल्बानियाको आन्दोलन एउटा देशको पर्यटन नीतिको विरोध मात्र होइन। यो विश्वव्यापी रूपमा बढिरहेको एउटा कठिन बहसको स्थानीय अभिव्यक्ति हो : प्राकृतिक सम्पदामाथिको अन्तिम निर्णय कसको हुनुपर्छ – सरकारको, लगानीकर्ताको कि त्यसमा निर्भर समुदायको? अक्टोबरको हिंसा र नयाँ पुस्ताको असन्तुष्टि अल्बानियाको आन्दोलनको सबैभन्दा महत्त्वपूर्ण नयाँ पक्ष यसको विद्यार्थी सहभागिता हो। अक्टोबरमा विद्यार्थीहरू सडकमा उत्रिएपछि आन्दोलनले नयाँ राजनीतिक ऊर्जा प्राप्त गर्यो। उनीहरूको माग केवल रिसोर्ट परियोजना रोक्ने थिएन। उनीहरूले शिक्षा प्रणालीमा सुधार, भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता र प्रधानमन्त्री रामाको राजीनामा मागे। सरकारले राजनीतिक प्रतिपक्षले आन्दोलनलाई हिंसात्मक बनाएको आरोप लगायो। विपक्षी डेमोक्रेटिक पार्टीले भने यसलाई सरकारको राजनीतिक र प्रशासनिक शैलीविरुद्धको विद्रोहका रूपमा समर्थन गर्यो। अक्टोबर १४ र त्यसपछिका दिनमा राजधानीमा प्रदर्शन हिंसात्मक बन्यो। केही प्रदर्शनकारीले सरकारी भवन, बैंक र व्यावसायिक प्रतिष्ठानमा आक्रमण गरे। प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्यो। दर्जनौँ व्यक्ति घाइते भए। सरकारले राजनीतिक प्रतिपक्षले आन्दोलनलाई हिंसात्मक बनाएको आरोप लगायो। विपक्षी डेमोक्रेटिक पार्टीले भने यसलाई सरकारको राजनीतिक र प्रशासनिक शैलीविरुद्धको विद्रोहका रूपमा समर्थन गर्यो। पार्टीले अन्तरिम सरकार गठन गरेर शीघ्र निर्वाचनको तयारी गर्नुपर्ने मागसमेत अघि सारेको थियो। यो आन्दोलनलाई केवल विपक्षी दलको राजनीतिक अभियान भनेर बुझ्नु पनि गलत हुन्छ। युरोपेली आयोगले नै यसलाई सन् १९९० को दशकको लोकतान्त्रिक संक्रमणयताकै ठूलो नागरिक परिचालनमध्ये एक मानेको छ। विद्यार्थीको सहभागिताले एउटा पुस्तागत असन्तुष्टिलाई पनि उजागर गरेको छ। आर्थिक अवसर, शिक्षा, रोजगारी र सार्वजनिक सेवाको गुणस्तरबारे युवामा रहेको निराशा एउटा विदेशी लगानी परियोजनाको विरोधसँग जोडिन पुग्यो। प्रधानमन्त्री रामाले भने आन्दोलनलाई राजनीतिक रूपमा प्रेरित र हिंसात्मक समूहबाट प्रभावित भएको आरोप लगाएका छन्। उनले अल्बानियाको युरोपेली संघ प्रवेशको लक्ष्यबाट सरकार पछि नहट्ने बताएका छन्। अल्बानियाको युवा पुस्ताका लागि प्रश्न एउटा रिसोर्ट बन्ने वा नबन्ने मात्र होइन। आफ्नो देशमा भविष्य निर्माण गर्न सकिन्छ कि सकिँदैन भन्ने पनि हो। प्रधानमन्त्री रामाले भने आन्दोलनलाई राजनीतिक रूपमा प्रेरित र हिंसात्मक समूहबाट प्रभावित भएको आरोप लगाएका छन्। उनले अल्बानियाको युरोपेली संघ प्रवेशको लक्ष्यबाट सरकार पछि नहट्ने बताएका छन्। यसरी आन्दोलनको भविष्य अब केवल पर्यावरणीय अनुमति र लगानी सम्झौताले निर्धारण गर्ने छैन। सरकारको राजनीतिक प्रतिक्रिया, विपक्षी दलको भूमिका र नयाँ पुस्ताको सहभागिताले पनि यसको दिशा तय गर्नेछ। अल्बानियासामु तीन सम्भावित बाटा अहिलेको अवस्थालाई हेर्दा अल्बानियासामु तीन प्रमुख सम्भावना देखिन्छन्। पहिलो, सरकार र लगानीकर्ताले परियोजनालाई पुनर्संरचना गर्न सक्छन्। स्वतन्त्र वातावरणीय मूल्याङ्कन, स्थानीय समुदायसँग परामर्श, जग्गाको स्वामित्व विवाद समाधान र सार्वजनिक पहुँचको प्रत्याभूतिपछि मात्र परियोजना अघि बढाउने विकल्प उपलब्ध छ। यसले विदेशी लगानी पनि जोगाउन सक्छ र नागरिक विश्वास पुनःस्थापित गर्ने अवसर पनि दिन सक्छ। दोस्रो, सरकार आफ्नो अडानमा कायम रहन सक्छ। यस अवस्थामा कानुनी विवाद र विरोध प्रदर्शन लामो समयसम्म जारी रहने सम्भावना छ। परियोजनाको अनुमति, वातावरणीय मूल्याङ्कन र जग्गाको स्वामित्वबारे न्यायिक निर्णयले यसको भविष्य निर्धारण गर्नेछ। लगानीकर्ताका लागि पनि लामो समयसम्म अनिश्चितता रहन सक्छ। तेस्रो, आन्दोलनले व्यापक राजनीतिक परिवर्तनको दबाब सिर्जना गर्न सक्छ। भ्रष्टाचार नियन्त्रण, सार्वजनिक खरिद सुधार, सम्पत्तिको स्वामित्व र राजनीतिक दलको जवाफदेहितालाई केन्द्रमा राखेर नयाँ राजनीतिक समझदारीको माग बलियो हुन सक्छ। नियमित संसदीय निर्वाचन सन् २०२९ मा हुनुपर्ने हो। त्यसैले सडकको दबाबलाई संस्थागत राजनीतिक परिवर्तनमा रूपान्तरण गर्न आन्दोलनकारीका लागि पनि चुनौती छ। तर तत्काल सरकार ढल्ने वा निर्वाचन हुने निष्कर्ष निकाल्न पर्याप्त आधार छैन। रामाको नेतृत्वमा रहेको समाजवादी पार्टीले सन् २०२५ को संसदीय निर्वाचनमा लगातार चौथो जित हासिल गरेको थियो। अर्को नियमित संसदीय निर्वाचन सन् २०२९ मा हुनुपर्ने हो। त्यसैले सडकको दबाबलाई संस्थागत राजनीतिक परिवर्तनमा रूपान्तरण गर्न आन्दोलनकारीका लागि पनि चुनौती छ। कुशनरको परियोजनाको वास्तविक कानुनी र व्यावसायिक अवस्था स्पष्ट हुनु आवश्यक छ। सार्वजनिक रूपमा चर्चामा आएको लगानी प्रस्ताव, रणनीतिक लगानीकर्ताको मान्यता, जग्गा खरिद, निर्माण अनुमति र अन्तिम लगानी सम्झौता एउटै कुरा होइनन्। यी सबै चरण पूरा भएको प्रमाण नहुँदासम्म परियोजनालाई पूर्ण रूपमा स्वीकृत र कार्यान्वयनमा गएको विकासका रूपमा प्रस्तुत गर्नु उचित हुँदैन। एउटा रिसोर्टभन्दा ठूलो प्रश्न साजान द्वीपको किनारमा आज पनि साम्यवादी शासनका पुराना बंकरहरू छन्। कुनै समय बाहिरी संसारबाट देशलाई जोगाउन बनाइएका ती संरचनाले अल्बानियाको बन्द राजनीतिक इतिहास सम्झाउँछन्। अहिले त्यही द्वीपलाई विश्वका धनी पर्यटकका लागि खुला गर्ने सपना देखिएको छ। इतिहासको यो विडम्बना अर्थपूर्ण छ। अल्बानिया लामो समय बाहिरी संसारबाट अलग रह्यो। अहिले ऊ विदेशी पुँजी, पर्यटन र युरोपेली एकीकरणमार्फत आफ्नो भविष्य निर्माण गर्न चाहन्छ। तर खुलापनको अर्थ आफ्ना प्राकृतिक सम्पदा र सार्वजनिक निर्णयमाथिको नियन्त्रण गुमाउनु होइन। पर्यावरणवादीका लागि यो दुर्लभ पारिस्थितिक प्रणाली जोगाउने संघर्ष हो। स्थानीय बासिन्दाका लागि भने यो आफ्नो पुर्ख्यौली जमिन, समुद्री तट र भविष्यसँग जोडिएको प्रश्न हो। कुशनरका लागि साजान एउटा असाधारण व्यावसायिक अवसर हुन सक्छ। रामाका लागि यो अल्बानियालाई अन्तर्राष्ट्रिय लगानीको नक्सामा स्थापित गर्ने परियोजना हुन सक्छ। पर्यावरणवादीका लागि यो दुर्लभ पारिस्थितिक प्रणाली जोगाउने संघर्ष हो। स्थानीय बासिन्दाका लागि भने यो आफ्नो पुर्ख्यौली जमिन, समुद्री तट र भविष्यसँग जोडिएको प्रश्न हो। कुनै पनि लगानीको सफलता केवल त्यसले कति पुँजी भित्र्याउँछ भन्ने आधारमा मापन हुन सक्दैन। त्यसले कस्तो समाज निर्माण गर्छ, कसलाई अवसर दिन्छ र कसको अधिकार सुरक्षित गर्छ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। अल्बानियाको सडकमा उठेको ‘हाम्रो देश बिक्रीका लागि होइन’ भन्ने आवाज विदेशी लगानीविरुद्धको घोषणाभन्दा धेरै ठूलो छ। त्यो आवाज राज्यको सम्पत्ति र नागरिकको सम्पत्तिबीचको सीमा स्पष्ट हुनुपर्ने माग हो। साजानको समुद्रमा फ्लेमिङ्गो उडिरहनेछन् कि त्यहाँ भविष्यमा विलासी होटलका संरचना उठ्नेछन् भन्ने प्रश्नको जवाफ अझै आएको छैन। तर एउटा कुरा स्पष्ट भइसकेको छ : अल्बानियाली नागरिक अब आफ्नो देशको भविष्यबारे निर्णय केही राजनीतिक नेता र धनी लगानीकर्ताको बन्द कोठाभित्र मात्र होस् भन्ने चाहँदैनन्। त्यसैले कुशनरको रिसोर्टको भविष्यभन्दा पनि सिंगो राजनीतिक नेतृत्वमाथि नै परेको छ। (अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा)
ट्रम्पका ज्वाइँको रिसोर्टले अल्बानियामा विद्रोह

Read Complete Original Article
Published originally on नेपालन्युज






