Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

टोपबहादुर रायमाझी २६ गते छुट्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
टोपबहादुर रायमाझी २६ गते छुट्दै
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भोगिरहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी यही कात्तिक २६ गते रिहा हुने भएका छन्। ६५ वर्ष उमेर पूरा हुन लागेका रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट पाउने भएका हुन्। जिल्ला अदालत काठमाडौंले उनको मागबमोजिम ६ महिना कैद छुट दिने आदेश गरेको छ। रायमाझीका तर्फबाट कात्तिक १२ गते ज्येष्ठ नागरिकको सुविधा उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गरिएको थियो। उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदालतले कैद छुटको सुविधा दिने निर्णय गरेको हो। कानुनी व्यवस्थाअनुसार ६५ वर्ष पूरा भई ७० वर्ष ननाघेका कैदीले २५ प्रतिशतसम्म कैद छुट पाउन सक्छन्। सोही व्यवस्थाअनुसार रायमाझीले बाँकी रहेको ६ महिना कैद छुट पाउने भएका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझीलाई गत असार ३० गते चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो। उनी २०८० वैशाख ३१ गते पक्राउ परेका थिए। हाल डिल्लीबजार कारागारमा रहेका रायमाझीको कैद छुटसम्बन्धी आदेश कार्यान्वयनका लागि अदालतले कारागार प्रशासनलाई पत्र पठाइसकेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सफा आकाशमा कसरी ठोकिए दुई हेलिकोप्टर ?
Latest NewsJust now

सफा आकाशमा कसरी ठोकिए दुई हेलिकोप्टर ?

सोलुखुम्बुको फेरिचेमा अवतरणका क्रममा मंगलबार दुई हेलिकोप्टर आकाशमा ठोकिएर भएको दुर्घटनाले पाइलटबीचको सञ्चार, समन्वय र ‘सिचुएसनल अवेयरनेस’ माथि प्रश्न उठाएको छ । ...

कान्तिपुर
रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा
Latest NewsJust now

रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

गुल्मी, कात्तिक १७ गते । पहिरो गएपछि सोमबारदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड एकतर्फीरुपमा सञ्चालनमा आएको छ । सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी नजिकै बादरेभीरम... ...

गोरखापत्र
बेल्ट एन्ड रोड यू–१९ सिरिजः नेपालको विजयी सुरुआत
Latest NewsJust now

बेल्ट एन्ड रोड यू–१९ सिरिजः नेपालको विजयी सुरुआत

काठमाडौँ । चीनमा जारी ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा नेपाली महिला क्रिकेट टोलीले विजयी सुरुआत गरेको छ । मंगलबार सम्पन्न खेलमा थाइल्यान्डलाई सात विकेटले हराउँदै नेपालले प्रतियोगितामा विजयी सुरुआत... ...

रातोपाटी
जनसांख्यिक लाभ उपयोग गर्न नेपालसँग दुई दशकको अवसर
Latest NewsJust now

जनसांख्यिक लाभ उपयोग गर्न नेपालसँग दुई दशकको अवसर

सन् २०४७ मा नेपालको कार्यशील उमेरको जनसंख्या उच्च बिन्दुमा पुग्ने विश्व बैंकको प्रक्षेपण छ । तर रोजगारी, स्वास्थ्य पूर्वाधार र सामाजिक सुरक्षाका संरचनागत कमजोरीले यो अवसरलाई आर्थिक वृद्धिमा बदल्न चुनौती रहेको प्रतिवेदनले औंल्याएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play