टेस्लाले सुरु गर्यो ह्युमनोइड रोबोट अप्टिमसको उत्पादन

टेस्लाले ह्युमनोइड रोबोट अप्टिमसको उत्पादन सुरु गरेको छ। कम्पनीले अमेरिकाको क्यालिफोर्नियास्थित फ्रिमन्ट कारखानामा विद्युतीय कार उत्पादनका लागि पहिले प्रयोग गरिएका स्थानमा यी रोबोट बनाउन थालेको हो। टेलिग्राफका अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले सुरुमा रोबोटको उत्पादन क्रमिक रूपमा बढाइने बताएका छन्। तर, सन् २०२७ को अन्त्यसम्ममा प्रतिहप्ता २० हजार रोबोट उत्पादन गर्ने कम्पनीको लक्ष्य छ। यद्यपि, यी रोबोटको सुरक्षा, टिकाउपन र कृत्रिम बुद्धिमतामा अझै सुधार गर्न आवश्यक छ। यसैबीच टेस्लाले चालु वर्षको तेस्रो त्रैमासिकमा ७८ करोड ७० लाख अमेरिकी डलर खुद नाफा कमाएको जनाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशत कम हो। कृत्रिम बुद्धिमता, रोबोटिक्स र स्वचालित ड्राइभिङ प्रविधिमा उच्च लगानीका बीच कम्पनीको आम्दानी भने लगभग स्थिर रहेको छ। तेस्रो त्रैमासिकमा कम्पनीले २८ अर्ब ४ करोड अमेरिकी डलर आम्दानी गरेको छ। कम्पनीले मानवीय निगरानीबिना नै गाडी चलाउन सक्ने फुल सेल्फ ड्राइभिङ प्रणालीको संस्करणमा पनि काम गरिरहेको छ। तर, यसको सार्वजनिक गर्ने समय फेरि पछाडि सारिएको छ। The post टेस्लाले सुरु गर्यो ह्युमनोइड रोबोट अप्टिमसको उत्पादन appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

स्टारलिंकको अवरोधका बीच फिनल्याण्डका टेक कम्पनीहरूले युक्रेनलाई आफ्नै स्याटेलाइट प्रणाली निर्माण गर्न सघाउने
फिनल्याण्डका प्राविधिक कम्पनीहरू आईसीआई र नोकियाले अक्टोबर २२ मा युक्रेनको रक्षा मन्त्रालयसँग एक आशय पत्रमा हस्ताक्षर गरेका छन्। यस सम्झौताले युक्रेनको आफ्नै स्याटेलाइट सञ्चार प्रणाली विकास गर्ने उद्देश्यसहितको साझेदारीलाई औपचारिक रूप दिएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोही दिन फिनल्याण्डका प्रधानमन्त्री पेटेरी ओर्पोको किएभ भ्रमणका क्रममा यस सम्झौताको घोषणा गरेका थिए। उनले यस स्याटेलाइट सम्झौतालाई “हाम्रो रक्षा र युक्रेनको लचिलोपनका लागि महत्त्वपूर्ण” ...

लन्डनमा फाइभजीको मागअनुसार सेवा विस्तार गर्न दूरसञ्चार कम्पनीहरूलाई कठिनाइ
बेलायतको राजधानी लन्डनमा फाइभजी क्षमताको विस्तार गर्न कठिनाइ हुँदा मोबाइल इन्टरनेटको औसत डाउनलोड गति यूरोपका अन्य राजधानीको तुलनामा सबैभन्दा कम रहेको छ। बेलायतको आर्थिक गतिविधिको प्रमुख केन्द्रका रूपमा रहेको लन्डनले लामो समयदेखि मोबाइल डाटाको उच्च माग धान्न संघर्ष गर्दै आएको छ। फोरजी प्रविधिको अन्तिम चरणमा मोबाइल डाउनलोड र अपलोडको औसत गतिका आधारमा लन्डन लगातार १८ यूरोपेली राजधानीमध्ये सबैभन्दा पछाडि थियो। त्यसपछि फाइभजी ...

अमेरिकी राष्ट्रपति ट्रम्पले विदेशबाट सञ्चालित क्रिप्टो ठगी नियन्त्रणका प्रयासबारे जानकारी दिने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकलाई नक्कली क्रिप्टो लगानीमा फसाउने विदेशी आपराधिक सञ्जालविरुद्ध आफ्नो प्रशासनले गरिरहेका प्रयासबारे बुधबार जानकारी दिने भएका छन्। ह्वाइट हाउसका एक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार साइबर अपराध नियन्त्रणसम्बन्धी कार्यक्रममा ट्रम्पले यसबारे चर्चा गर्नेछन्। ह्वाइट हाउसमा हुने कार्यक्रममा ट्रम्प र उनको मन्त्रिपरिषद्का सदस्यले नक्कली क्रिप्टो लगानी वेबसाइट नियन्त्रणमा लिने तथा अनलाइनमा अरूको पहिचान दुरुपयोग गरेर गरिने ठगी रोक्ने सरकारी ...


