Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

टेस्लाले छनोट गरिएका ग्राहकलाई साइबरक्याब बिक्री गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
टेस्लाले छनोट गरिएका ग्राहकलाई साइबरक्याब बिक्री गर्ने
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले केही छनोट गरिएका ग्राहकलाई व्यक्तिगत प्रयोगका लागि आफ्नो चालकविहीन विद्युतीय कार ‘साइबरक्याब’ खरिद गर्न दिने भएको छ। टेस्लाले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत केही ग्राहकलाई व्यक्तिगत प्रयोजनका लागि साइबरक्याब खरिद गर्न आमन्त्रण गरिएको जनाएको हो। सन् २०२४ को अक्टोबरमा सार्वजनिक गरिएको दुई सिट क्षमताको साइबरक्याबमा स्टेयरिङ ह्विल र पेडल छैनन् । यो सवारीसाधन टेस्लाको ‘रोबोट्याक्सी’ सेवाअन्तर्गत अमेरिकाका केही सहरमा सञ्चालनमा आइसकेको छ। टेस्लाले सार्वजनिक गरेको तस्बिरअनुसार साइबरक्याबको अनुमानित मूल्य करबाहेक २९ हजार ९९० अमेरिकी डलर तोकिएको छ । कम्पनीले यसको डेलिभरी डिसेम्बरदेखि सुरु हुने अनुमान गरेको छ। साइबरक्याब खरिद गर्न ग्राहकले एक हजार अमेरिकी डलर फिर्ता नहुने अग्रिम रकम बुझाउनुपर्नेछ। साथै, स्वायत्त ड्राइभिङ सुविधाका लागि मासिक २९९ अमेरिकी डलर सदस्यता शुल्क पनि तिर्नुपर्ने व्यवस्था गरिएको छ। टेस्लाले गत वर्ष अस्टिनमा मोडेल वाई एसयूभी प्रयोग गरी आफ्नो स्वचालित ट्याक्सी सेवा सुरु गरेको थियो । त्यसपछि उक्त सेवा टेक्सास, फ्लोरिडा र क्यालिफोर्नियाका अन्य सहरमा विस्तार गरिएको छ। यद्यपि, अमेरिकाका विभिन्न राज्यमा लागू कानुनअनुसार आवश्यक पर्दा सवारीसाधन नियन्त्रणमा लिन सक्ने गरी मानव चालक वा निरीक्षकको उपस्थिति अनिवार्य छ। यसैबीच, गुगलको मूल कम्पनी अल्फाबेटको स्वचालित सवारीसाधनसम्बन्धी सहायक कम्पनी वेमोले अमेरिकाका ११ सहरमा आफ्नो रोबोट्याक्सी सेवा सञ्चालन गरिरहेको छ। गत सेप्टेम्बरमा अमेरिकी सवारीसाधन सुरक्षा नियामक निकायले साइबरक्याबमाथि अनुसन्धान सुरु गरेको थियो । स्टेयरिङ ह्विल, पेडल र साइड मिररसमेत नभएको उक्त सवारीसाधनले सङ्घीय सुरक्षा मापदण्ड कसरी पूरा गर्छ भन्ने विषयमा नियामकले प्रश्न उठाएको थियो। टेस्लाले भने साइबरक्याब अपाङ्गता भएका व्यक्तिका लागि समेत सुरक्षित र सहज हुने दाबी गर्दै आएको छ। कम्पनीका अनुसार यसले सबैका लागि स्वच्छ यातायातको पहुँच विस्तार गर्नेछ। रासस/एएफपी The post टेस्लाले छनोट गरिएका ग्राहकलाई साइबरक्याब बिक्री गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अनलाइन दर्तादेखि क्यूआर कोडयुक्त प्रमाणपत्रसम्म, स्वास्थ्य व्यवसायी परिषद्ले ल्याउँदै नयाँ व्यवस्था
TechnologyJust now

अनलाइन दर्तादेखि क्यूआर कोडयुक्त प्रमाणपत्रसम्म, स्वास्थ्य व्यवसायी परिषद्ले ल्याउँदै नयाँ व्यवस्था

काठमाडौं । स्वास्थ्य व्यवसायीको दर्ता, प्रमाणपत्र प्रमाणीकरण र नियमन प्रक्रियालाई थप व्यवस्थित बनाउन नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले प्रविधिमा आधारित सेवा विस्तार गर्ने भएको छ । परिषद्ले दर्ता तथा नवीकरण अनलाइनबाट गर्ने, प्रमाणपत्रमा क्यूआर कोड राख्ने र स्वास्थ्य व्यवसायीको कार्यक्षेत्र स्पष्ट पार्ने योजनासहित संस्थागत सुधारका कार्यक्रम सार्वजनिक गरेको छ ।परिषद्का अध्यक्ष सगुन पौडेलले सेवा प्रवाहमा देखिएका प्रक्रियागत जटिलता हटाउँदै संस्थालाई पारदर्शी ...

आइसिटी समाचार
स्पेन र ब्राजिलले दूरसञ्चार कम्पनी टेलिफोनिकालाई पुनः नाफामा फर्काए
TechnologyJust now

स्पेन र ब्राजिलले दूरसञ्चार कम्पनी टेलिफोनिकालाई पुनः नाफामा फर्काए

स्पेनको दूरसञ्चार क्षेत्रको दिग्गज कम्पनी ‘टेलिफोनिका’ ले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार, सेप्टेम्बरसम्मको अवधिमा कम्पनी पुनः नाफामा फर्किएको छ र आफ्नो ऋणभार पनि घटाएको छ। यसको मुख्य श्रेय स्पेन र ब्राजिलजस्ता कम्पनीका प्रमुख बजारहरूलाई जान्छ। कम्पनीले यस वर्षको पहिलो नौ महिनामा ४६ करोड ४० लाख युरो (५१ करोड ५० लाख अमेरिकी डलर) नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा कम्पनीले एक ...

टेक्नोलोजी खबर
एक मिनेटको भिडियो बनाएर ५० हजार जित्ने अवसर, काठमाडौं महानगरले माग्यो आवेदन
TechnologyJust now

एक मिनेटको भिडियो बनाएर ५० हजार जित्ने अवसर, काठमाडौं महानगरले माग्यो आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय तहका विद्यार्थीलाई लक्षित गर्दै ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।महानगरपालिकाले मंसिर ७ देखि १३ गतेसम्म आयोजना गर्न लागेको ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत प्रतियोगिता सञ्चालन गर्न लागेको हो । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न व्यक्ति तथा समुदायले ...

आइसिटी समाचार
सुदूरपश्चिममा डिजिटल सीपसहित १६ प्रकारका नि:शुल्क तालिम सञ्चालन हुने, प्रस्ताव आह्वान
TechnologyJust now

सुदूरपश्चिममा डिजिटल सीपसहित १६ प्रकारका नि:शुल्क तालिम सञ्चालन हुने, प्रस्ताव आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ मा प्रदेशका विभिन्न स्थानीय तहमा १६ प्रकारका सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । तालिम सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयअन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढीले इच्छुक स्थानीय तहसँग प्रस्ताव माग गरेको छ ।केन्द्रले कात्तिक २७ गते जारी गरेको सूचनाअनुसार युवा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यका आठ र अल्पकालीन तथा परम्परागत सीपमा ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play