काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक साझेदार जगदम्बा मोटर्स प्रालिले नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले शनिबार आयोजित ‘अपाचे ट्र्याक एक्सपेरियन्स’ (एटीई) कार्यक्रममार्फत नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो। टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दीपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गरेका हुन्। नयाँ मोटरसाइकलमा रिफाइन्ड इन्जिन, एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्ट प्रविधिसहितको टीएफटी डिस्प्ले, ड्युअल च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टमजस्ता आधुनिक सुविधा समावेश गरिएका छन्। मोटरसाइकल सार्वजनिक कार्यक्रममा टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडीको मुख्य विशेषता परिष्कृत इन्जिन र सहज प्रदर्शन रहेको बताए। उनका अनुसार मोटरसाइकलमा समावेश आधुनिक प्रविधि तथा सुरक्षा सुविधाले चालकलाई थप सुरक्षित, आरामदायी र प्रविधिमैत्री राइडिङ अनुभव प्रदान गर्नेछ। कम्पनीका अनुसार नयाँ मोटरसाइकलमा सडकको अवस्था र चालकको आवश्यकताअनुसार प्रयोग गर्न सकिने तीनवटा राइडिङ मोड उपलब्ध छन्। दैनिक यात्राका लागि ‘अर्बन मोड’, उच्च प्रदर्शनको अनुभवका लागि ‘स्पोर्ट मोड’ र वर्षायाम तथा चिप्लो सडकमा ट्र्याक्सन कन्ट्रोल सिस्टमको सहायताले सवारी चलाउन ‘रेन मोड’ उपलब्ध गराइएको छ। नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई रङमा उपलब्ध हुनेछ। कम्पनीले यो मोटरसाइकलको नेपाली बजार मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ।नयाँ मोटरसाइकल नेपालभर रहेका टीभीएसका आधिकारिक शोरुमहरूमा उपलब्ध रहेको जगदम्बा मोटर्सले जनाएको छ। The post टीभीएसको नयाँ अपाचे आरटीआर २००४भी यूएसडी नेपाली बजारमा सार्वजनिक appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
टीभीएसको नयाँ अपाचे आरटीआर २००४भी यूएसडी नेपाली बजारमा सार्वजनिक

Read Complete Original Article
Published originally on कर्पोरट खबर






