टीका लगाउन ससुराली हिँडेका बाबुछोराको मोटरसाइकल दु*र्घटनामा मृ*त्यु

सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बाबु-छोराको मृत्यु भएको छ । प्रहरीका अनुसार दशैँको टीका लगाउन जादै गर्दा भूमिकास्थान नगरपालिका–८ का ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको दुर्घटनामा परी मृत्यु भएको हो । लम्चीबाट भूमिकास्थानको ढाकाबाङ टीका लगाउन जानेक्रममा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल भूमिकास्थान नगरपालिका–२ स्थित सडकबाट तल जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । रातिसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी कार्य थालेका थिए । खोजी गर्ने क्रममा बिहीबार बिहान सडकभन्दा तल जंगलमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । The post टीका लगाउन ससुराली हिँडेका बाबुछोराको मोटरसाइकल दु*र्घटनामा मृ*त्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

मल्लकालीन परम्परा जोगाउँदै खाँ जात्रा
भक्तपुर।विजयादशमीको भोलीपल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ। तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी पमा श्रेष्ठले जानकारी दिए। दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी ...

चिनियाँ लाल सेनाको ‘लङ मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन
• चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सव मनाउन बेइजिङमा समारोह आयोजना गरेको छ। • राष्ट्रपति सी चिनफिङले कार्यक्रममा महत्त्वपूर्ण सम्बोधन गरेका छन् र विभिन्न नेताहरू उपस्थित थिए। • चाइना मिडिया ग्रुपले विशेष सांस्कृतिक कार्यक्रम प्रसारण गर्नेछ, जसमा लङ मार्चको कठिन यात्रा स्मरण गरिनेछ। ...

कसरी जन्मियो कांग्रेसको चियापान संस्कृति ?
काठमाडाैँ । नेपाली कांग्रेसले २०३५ सालमा विश्वेश्वरप्रसाद (बीपी) कोइराला भारत निर्वाचनबाट फर्केपछि कोजाग्रत पूर्णिमाका दिन ‘चियापान समारोह’ गर्दै आएको छ । यसलाई कांग्रेस आफूले नेपाली राजनीतिको एउटा विशिष्ट र सांस्कृतिक... ...

सामाजिक सञ्जालबाट सात करोडको कमाइ
अर्घाखाँची।सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन्।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ। तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ ...


