Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

टिमुरे फर्किए बाढीपीडित

Share:WhatsAppFacebookX (Twitter)Telegram
टिमुरे फर्किए बाढीपीडित
Photo / Coverage: नेपालन्युज

रसुवा। गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित रसुवाको टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन्। विस्थापित ६८ घरधुरीमध्ये ४८ जना मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन्। बाढीपछि केही पीडित कोठा भाडामा लिएर बसेका छन् भने केही काठमाडौंमा बस्न नसकेपछि गाउँ फर्किएका छन्। स्थानीय कामीनुर्पु तामाङका अनुसार ६८ घरधुरीमध्ये ४८ जना गाउँ फर्किएका छन्। जन्मभूमि, परम्परा र रीतिरिवाज जोगाउने उद्देश्यले आफूहरू गाउँ फर्किएको उनले बताए। सरकारले अस्थायी बसोबासको व्यवस्था कहिलेसम्म गर्ने भन्ने टुङ्गो नलगाउँदा पीडित अन्योलमा रहेको उनको भनाइ छ। विभिन्न सङ्घसंस्थाले थप टेन्ट र राहत सामग्री उपलब्ध गराउने आश्वासन दिएको उनले जानकारी दिए। बाढीपीडितमध्ये करिब ९० प्रतिशत काठमाडौंमा बस्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले खेतीकिसानी र पशुपालन गरेर जीवनयापन गर्ने सोचका साथ गाउँ फर्किएको बताए। टिमुरेका अर्का स्थानीय पेमा दोर्जे घलेका अनुसार यसअघि मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिला गरी ४११ जना बाढीपीडित आश्रित थिए। तीमध्ये १५१ बालबालिका र ८० जना वृद्धवृद्धा थिए। सरकारले पीडितको अस्थायी बसोबास कहाँ र कसरी व्यवस्थापन गर्ने भन्नेबारे अहिलेसम्म ठोस निर्णय नगर्दा उनीहरू अन्योलमा परेको उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईजीपी प्रकरणः कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तिरिक आदेश, मुद्दा संयुक्त इजलासमा जाने
Latest NewsJust now

आईजीपी प्रकरणः कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तिरिक आदेश, मुद्दा संयुक्त इजलासमा जाने

• सर्वोच्च अदालतले दानबहादुर कार्कीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ। • कार्कीले आफूलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित रिट दायर गरेका थिए। • अदालतको आदेशले सरकारको निर्णय कार्यान्वयनमा तत्कालका लागि बाधा नपर्ने देखिएको छ। ...

नेपालबहस
फास्ट ट्रयाकमा ढिलाइ गर्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्ने सरकारको चेतावनी
Latest NewsJust now

फास्ट ट्रयाकमा ढिलाइ गर्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्ने सरकारको चेतावनी

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । बुधबार मकवानपुरको महादेवटार सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रममा बोल्दै मन्त्री लम्सालले संशोधित कार्यतालिकाअनुसार काम नगर्ने निर्माण कम्पनीलाई अब थप समय नदिइने बताएका हुन् । उनले केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण फास्ट ट्रयाक […] ...

लोकपथ
प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब
Latest NewsJust now

प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब

भोटेकोसी बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ। सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग संकलन हुँदै आएको छ। हालसम्म कोषका विभिन्न खातामा १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ रुपैयाँ जम्मान भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ... ...

नेपालखबर
रास्वपा प्रतिनिधीमण्डलको सिचुवान प्रान्तका सचिव वाङसँग भेट, दीगो विकासका क्षेत्रहरूमा सहकार्यको प्रस्ताव !
Latest NewsJust now

रास्वपा प्रतिनिधीमण्डलको सिचुवान प्रान्तका सचिव वाङसँग भेट, दीगो विकासका क्षेत्रहरूमा सहकार्यको प्रस्ताव !

चेङ्दु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले चीनको सिचुवान प्रान्तसँग विकासका पाँच क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकांग्रेस स्थायी समिति अध्यक्ष वाङ स्याओहुईसँग मंगलबार चेङ्दुमा भएको भेटवार्तामा रास्वपा प्रतिनिधिमण्डलले सहकार्यका प्रस्ताव अघि सारेको हो । भेटमा नेपाल र चीनबीचको ऐतिहासिक […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play