धादिङ । धादिङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गल्छी गाउँपालिका–७, गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । मंगलवार बिहान करिब ११ बजे काठमाडौँबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका निवासी अन्दाजी २८ वर्षीय बरुण प्रसाद भट्ट गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बैरेनी अस्पताल लगिएकोमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए। दुर्घटनापछि प्रहरीले टिपरसहित चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी अन्दाजी ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






