टिकटकद्वारा सन् २०२६ को दोस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

काठमाडौं । टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा टिकटकका कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्टपहिचान गरी हटाउन प्लेटफर्मले चालेका कदमहरूको उल्लेख छ। यसले सुरक्षित र विश्वसनीय डिजिटल वातावरण निर्माण गर्ने टिकटकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। नेपालमा उक्त तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका २०,३६,१९१ वटा भिडियो हटाएको छ। यो नेपालमा प्रकाशित कुल भिडियोको ०.४% हो। प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरी हटाइएका भिडियोको दर ९९.५ % रहेको छ। त्यस्तै, गाइडलाइन्स उल्लङ्घन गरेका ९२.३% भिडियो २४ घण्टाभित्र हटाइएका छन्। थप समीक्षा गरेपछि ३३,५०३ वटा भिडियो पुनःस्थापना गरिएका छन्। टिकटकले विश्वव्यापी रूपमा १८८,२९८,१४१ वटा भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५ % हो। तीमध्ये१८३,३४४,७०७वटा भिडियो अटोमेटेड डिटेक्सन टेक्नोलोजीको प्रयोगबाट हटाइएका हुन्। विश्वव्यापी रूपमा प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै कन्टेन्पहिचान गरी हटाउने दर ९९.५% रहेको छ भने ९२.७% भिडियो २४ घण्टाभित्र हटाइएका छन्। समीक्षा गरेपछि कुल ६,२६२ ,३८३वटा भिडियो पुनःस्थापना गरिएका छन्। टिकटकले प्रयोगकर्ताएकाउन्टको स्तरमा पनि प्लेटफर्मको विश्वसनीयता कायम राख्न निरन्तर काम गरेको छ। यस अवधिमा१४६,८०७,४०० वटा फेक एकाउन्ट हटाइएको छ। यसका अतिरिक्त, १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको हुन सक्ने आशङ्का गरिएका २६,८४०,७६७वटा एकाउन्टपनि हटाइएका छन्। कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै २७८,३८४,४६३ वटा कमेन्टसमेत हटाइएको छ। टिकटकले लाइभ फिचरमा हुने गतिविधिको निगरानी र नियम कार्यान्वयनलाई पनि प्राथमिकतामा राखेको छ। प्रकाशित सामग्रीमध्ये २.४ % लाइभ कन्टेन्ट निलम्बन गरिएको छ। नियम उल्लङ्घनको कारबाहीस्वरूप टिकटकले ७६,७२१,०९३वटा लाइभ सेसन र२६,७८१,१३५ जना लाइभ क्रिएटरलाई चेतावनी दिएको वा उनीहरूबाट आम्दानी गर्ने सुविधा हटाएको छ। समीक्षा गरेपछि २,३९८,८४६ वटा लाइभ सेसन पुनःस्थापना गरिएका छन्। यी नतिजाले ठूलो परिमाणमा नियम उल्लङ्घन गर्ने सामग्री पहिचान गर्न अटोमेटेड मोडरेसन सिस्टमको भूमिका बढ्दै गएको देखाउँछन्। क्रिएटर र कम्युनिटीका लागि सुरक्षित तथा सकारात्मक वातावरण कायम राख्न टिकटकले यस्ता प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। टिकटकले नियमित रूपमाकम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्टसार्वजनिक गर्दै आएको छ। यसले कम्पनीको पारदर्शिताप्रतिको प्रतिबद्धता झल्काउँछ। सन् २०२६ को दोस्रो त्रैमासिकको रिपोर्ट, टिकटकका कन्टेन्ट गाइडलाइन्स, टुल्स तथा पोलिसीबारे थप जानकारीका लागि अंग्रेजी भाषामा उपलब्ध टिकटकको Transparency Centre मा जान सकिन्छ। The post टिकटकद्वारा सन् २०२६ को दोस्रो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दाङमा तिहारका लागि फूल तयार
• दाङमा तिहार नजिकिएसँगै सयपत्रि फूल फुल्न थालेका छन् र किसानहरूले फूल तथा माला बिक्रीको तयारी गरिरहेका छन्। • व्यावसायिक फूलखेती गर्दै आएका किसानहरूले विदेशमा काम गर्नुभन्दा स्वदेशमै फूलखेतीबाट राम्रो आम्दानी भइरहेको बताएका छन्। • दाङका विभिन्न स्थानमा किसानहरूले तिहारका लागि फूल तयार पारेर कोल्डस्टोरमा राख्ने तयारी गर्दैछन्। ...

नेपाल–भारत लगानी सहकार्य विस्तार गर्न निक्की र लगानी बोर्डबीच छलफल
नेपालमा भारतीय लगानी आकर्षित गर्ने तथा नेपाल–भारतबीचको आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र लगानी बोर्ड नेपालबीच छलफल भएको छ। लगानी बोर्ड नेपालको कार्यालयमा बिहीबार भएको बैठकमा भारतीय लगानी प्रवर्धन, सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्य र प्रधानमन्त्रीको आगामी भारत भ्रमणका सन्दर्भमा प्रस्तावित नेपाल–भारत प्र... ...

नेसनल मेडिकल कलेजमा रेजिडेन्ट डाक्टरको पढाइ डेढ महिनादेखि ठप्प, आयोग र आईओएम दुवै पन्छिए
वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको स्नातकोत्तर तह (पीजी) पहिलो वर्षको पढाइ डेढ महिनादेखि ठप्प छ। कलेज सार्नुपर्ने विद्यार्थीहरूको माग छ। तर, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) र चिकित्सा शिक्षा आयोग दुवै सो माग सम्बोधन गर्न नसक्ने भन्दै पन्छिएका छन्। आवासीय चिकित्सक र मेडिकल कलेज सञ्चालकबीच सहमति हुन नसक्दा गत भदौ ३१ गतेदेखि अध्ययनअध्यापन रोकिएको हो। ... ...

उच्च शिक्षालाई उत्पादनमुखी बनाउन मुख्यमन्त्री थापाको जोड
अनिल पराजुलीहेटौँडा, कात्तिक १२ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले उच्च शिक्षालाई गुणस्तरीय, उत्पादनमुखी र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले विश्वविद... ...


