Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

टिकटकद्वारा फ्यामिली पेयरिङको नयाँ स्वरूप सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
टिकटकद्वारा फ्यामिली पेयरिङको नयाँ स्वरूप सार्वजनिक
Photo / Coverage: टेक्नोलोजी खबर

टिकटकले आफ्नो फ्यामिली पेयरिङ सुविधालाई नयाँ स्वरूपमा सार्वजनिक गरेको छ। यसमा थपिएका नयाँ फिचरले टिन्स (किशोरकिशोरी)ले यो प्लेटफर्म कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे अभिभावकलाई थप जानकारी उपलब्ध गराउनेछ। यो नयाँ फिचर किशोरकिशोरीका लागि टिकटकले यसअघि नै लागू गरेका सुरक्षा उपायहरूको निरन्तरता हो। टिकटकका अनुसार, नयाँ स्वरूपको फ्यामिली पेयरिङ ड्यासबोर्डमा चार प्रमुख विषयसँग सम्बन्धित जानकारी एकै ठाउँमा उपलब्ध हुनेछ। यसमा स्क्रिन टाइम, अनलाइन अन्तरक्रिया, कन्टेन्टसम्बन्धी रुचि र पब्लिक पोस्ट समेटिएका छन्। यसले अभिभावकलाई आफ्ना किशोरकिशोरीको डिजिटल गतिविधि बुझ्न, उनीहरूको अनलाइन व्यवहारमा आएका परिवर्तन पहिचान गर्न र आवश्यक सेटिङबारे सुसूचित निर्णय लिन सहज बनाउने लक्ष्य राखेको छ। किशोरकिशोरीका एकाउन्टमा पूर्वनिर्धारित प्राइभेसी एण्ड सेक्युरिटी सेटिङ, प्राइभेट एकाउन्ट र एज–अप्रोप्रिएट कन्टेन्ट पोलिसीहरू लागू गरिएका छन्। यसका साथै, किशोरकिशोरीका एकाउन्टमा स्क्रिन टाइम पनि पूर्वनिर्धारित रूपमा दैनिक ६० मिनेट तोकिएको छ, जसले उनीहरूको डिजिटल बानी व्यवस्थापन गर्न आधार प्रदान गर्छ। नयाँ अपडेटसँगै अभिभावकका लागि तयार गरिएको ड्यासबोर्डमा स्क्रिन टाइमसम्बन्धी जानकारीलाई थप प्राथमिकता दिएको छ। अभिभावकले आफ्ना किशोरकिशोरीले औसतमा कति समय टिकटक चलाउँछन्, रातिको समयमा कति समय प्रयोग गर्छन् र स्क्रिन टाइम व्यवस्थापनका लागि कस्ता सेटिङ प्रयोग गरिरहेका छन् भन्ने हेर्न सक्नेछन्। त्यसैगरी, अन्तरक्रियासम्बन्धी सुविधाले फलोअर र उनीहरूले फलो गरेका एकाउन्टको संख्यामा आएको परिवर्तन, उनीहरू सम्पर्कमा रहेका एकाउन्ट तथा ब्लक गरेका एकाउन्टबारे जानकारी उपलब्ध गराउनेछ। आगामी महिनाहरूमा अभिभावकले टिकटकमा कसलाई मेसेज गरिरहेका छन् भन्ने जानकारी पनि हेर्न सक्ने फिचर ल्याउने टिकटकको योजना छ। अभिभावकले किशोरकिशोरीको कन्टेन्टसम्बन्धी रुचिबारे पनि थप जानकारी पाउनेछन्। यसका लागि उनीहरूले फलो गरेका भेरिफाइड क्रिएटरका केही भिडियोहरू देखाइनेछ। यसबाट टिकटकमा कस्ता कम्युनिटी र विषयवस्तुबाट प्रभावित भइरहेका छन् भन्ने बुझ्न सहयोग पुग्नेछ। टिकटकले परामर्श गरेका ८० प्रतिशत भन्दा बढी अभिभावकले यस्तो फिचर उपलब्ध हुनुपर्ने बताएका थिए। नयाँ ड्यासबोर्डमा पब्लिक पोस्टसम्बन्धी जानकारी पनि समावेश गरिएको छ। यसमार्फत अभिभावकले प्रत्येक साता सार्वजनिक रूपमा पोस्ट गरेका कन्टेन्ट र ती पोस्टमा प्राप्त भ्युजको संख्या हेर्न सक्नेछन्। नयाँ फ्यामिली पेयरिङ फिचरलाई तीन प्रमुख सिद्धान्तका आधारमा विकास गरिएको छ। पहिलो, स्पष्ट र उपयोगी जानकारी उपलब्ध गराउनेः दोस्रो, अभिभावकलाई सुसूचित निर्णय लिन सहयोग पुग्ने सन्दर्भ र विवरण प्रदान गर्ने र तेस्रो, किशोरकिशोरीको गोपनीयताको सम्मान गर्ने। हरेक परिवारका आवश्यकता फरक हुने भएकाले अभिभावकीय सुविधाहरूले अनलाइन गतिविधि नियन्त्रणमा मात्र जोड नदिई अभिभावक र किशोरकिशोरीबीच अर्थपूर्ण संवादलाई प्रोत्साहन गर्नुपर्ने भन्ने मान्यतामा यो फिचर आधारित छ। टिकटकले परामर्श गरेका ७०प्रतिशत भन्दा बढी अभिभावकले आफ्ना टिन्स किशोरकिशोरीसँग संवाद सुरु गर्न सहयोग गर्ने टुलहरू आवश्यक रहेको बताएका थिए। यी जानकारी हरेक दिन अपडेट हुनेछन्। यसले अभिभावकलाई समयसँगै डिजिटल गतिविधिमा आएको परिवर्तन बुझ्न र आवश्यकताअनुसार ड्यासबोर्डबाटै सेटिङ चेन्ज गर्न सहज बनाउनेछ। साथै, यी जानकारीलाई आफ्ना किशोरकिशोरीसँग संवाद सुरु गर्ने आधारका रूपमा पनि प्रयोग गर्न सकिनेछ। नयाँ स्वरूपको यो फिचर वेब ब्राउजरबाट समेत प्रयोग गर्न सकिनेछ। यसले कम्प्युटरबाट टिकटकप्रयोग गर्न रुचाउने वा टिकटकएपमा पहुँच नभएका अभिभावकलाई थप विकल्प उपलब्ध गराउनेछ। दैनिक डिजिटल गतिविधिबाहेक सम्भावित हानिकारक कन्टेन्टसँगको सम्पर्कबारे चिन्तित अभिभावकलाई सहयोग गर्न टिकटकले युवा सुरक्षा तथा मानसिक स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग मिलेर थप अलर्ट दिने सुविधा विकास गरिरहेको छ। बोस्टन चिल्ड्रेन्स हस्पिटलको डिजिटल वेलनेस ल्याब तथा सेफ अनलाइन स्ट्यान्डर्ड्सका संस्थापक एवं निर्देशक र जोन्स हप्किन्स सेन्टर फर सुसाइड प्रिभेन्सनका सम्बद्ध फ्याकल्टी डा. ड्यान रिडेनबर्गसँगको सहकार्यमा टिकटकले अभिभावकका लागि नयाँ अलर्ट प्रणाली विकास गरिरहेको छ। यो अलर्टमार्फत किशोरकिशोरीले सम्भावित हानिकारक कन्टेन्ट खोज्ने प्रयास गरेको हुन सक्ने जानकारी अभिभावकलाई दिइनेछ। साथै, यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्ने अवस्थाबारे कसरी बुझ्ने र उनीहरूसँग सहयोगी तथा सकारात्मक संवाद कसरी सुरु गर्ने भन्ने विषयमा विज्ञहरूको सुझाव पनि उपलब्ध गराइनेछ। यो सुविधा हाल विकासकै चरणमा रहेको छ। डिजिटल वातावरणमा युवाहरूलाई सुरक्षित राख्ने जिम्मेवारी घरपरिवारमा मात्र सीमित नहुने कुरालाई ध्यानमा राख्दै टिकटकले एजुकेटर्स गाइड पनि सार्वजनिक गरेको छ। शिक्षक तथा युवा सुरक्षा क्षेत्रका विज्ञहरूसँगको परामर्शमा तयार गरिएको यो विशेष स्रोतशैक्षिक क्षेत्रका लागि उपयोगी हुनेछ।टिकटकले कसरी काम गर्छ भन्नेबारे व्यावहारिक जानकारी, कक्षाकोठामा प्रयोग गर्न सकिने स्रोत तथा विद्यार्थी र परिवारसँग अनलाइन सुरक्षा, डिजिटल स्वास्थ्य र मिडिया लिटेरेसीका विषयमा छलफल गर्न आवश्यक मार्गदर्शन उपलब्ध गराउन शिक्षकहरूले गरेको आग्रहलाई सम्बोधन गर्दै यो गाइड तयार गरिएको हो। यस स्रोतमा विद्यालय कम्युनिटीका लागि आवश्यक जानकारी, टुल्स र मार्गदर्शन समेटिएका छन्। आगामी केही साताभित्र कक्षाकोठामा प्रयोग गर्न मिल्ने थप सामग्रीहरूपनि उपलब्ध गराइनेछ। एजुकेटर्स गाइड तथा युवाहरूको सुरक्षासम्बन्धी थप स्रोत टिकटकको सेफ्टी सेन्टरमार्फत प्राप्त गर्न सकिनेछ। टिकटकले आफ्नो समुदायको सुरक्षा गर्नु आफ्नो प्रमुख जिम्मेवारी रहेको जनाएको छ। किशोरकिशोरी, परिवार र शिक्षकका लागि सुरक्षित डिजिटल अनुभव सुनिश्चित गर्न आवश्यक टुल्स, फिचर र स्रोतको विकासलाई निरन्तरता दिने पनि कम्पनीले जनाएको छ। The post टिकटकद्वारा फ्यामिली पेयरिङको नयाँ स्वरूप सार्वजनिक appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बुटवल बहुमुखी क्याम्पसलाई राष्ट्रिय ह्याकाथनको उपाधि
TechnologyJust now

बुटवल बहुमुखी क्याम्पसलाई राष्ट्रिय ह्याकाथनको उपाधि

काठमाडौं । राष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि बुटवल बहुमुखी क्याम्पसको सीएसआईटी एबीएमसी टिमले जितेको छ । सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उक्त टोलीले उपाधिसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो ।प्रतियोगितामा काठमाडौं विश्वविद्यालय, स्कुल अफ साइन्सको ‘द मर्ज कन्फ्लिक्ट’ टिम दोस्रो भएको छ । दोस्रो स्थान हासिल गरेको उक्त टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाएको छ । ...

आइसिटी समाचार
न उमेर बाधक बन्यो, न भूगोल : १७ वर्षीय हिमालले जर्मनीमा बेचे सफ्टवेयर
TechnologyJust now

न उमेर बाधक बन्यो, न भूगोल : १७ वर्षीय हिमालले जर्मनीमा बेचे सफ्टवेयर

काठमाडौं । दार्चुलाका १७ वर्षीय युवा हिमाल बडुले आफूले विकास गरेको सफ्टवेयर जर्मनीको एक कम्पनीलाई एक लाख अमेरिकी डलरमा बिक्री गरेका छन् । कलिलो उमेरमै अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्राविधिक सीप र क्षमता प्रमाणित गरेका बडु अब कृत्रिम बौद्धिकता (एआई) को क्षेत्रमा नयाँ यात्रा सुरु गर्ने तयारीमा छन् ।विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत बडुको यो उपलब्धिबारे जानकारी ...

आइसिटी समाचार
आईफोन डुओको लक स्क्रिनमा थप विजेट राख्ने सुविधा आउन सक्ने
TechnologyJust now

आईफोन डुओको लक स्क्रिनमा थप विजेट राख्ने सुविधा आउन सक्ने

एप्पलको फोल्ड गर्न मिल्ने फोन आईफोन डुओमा अहिले लक स्क्रिनको तल दायाँ कुनामा आफूअनुकूल बनाउन मिल्ने दुईवटा सर्टकट राख्न सकिन्छ। तर एक जना टिपस्टरका अनुसार एप्पलले यस फोनका लागि लक स्क्रिनमा थप विजेट राख्न सकिने सुविधाको परीक्षण गरिरहेको छ। यो सुविधा आगामी सफ्टवेयर अपडेटमार्फत उपलब्ध हुन सक्नेछ। टिपस्टर पीडीएफयूले सामाजिक सञ्जाल एक्समा नयाँ विजेटले काम गरेको भिडियोसहित यसबारे जानकारी सार्वजनिक गरेका ...

टेक्नोलोजी खबर
राष्ट्रिय ह्याकाथनको उपाधि बुटवल बहुमुखी क्याम्पसलाई
TechnologyJust now

राष्ट्रिय ह्याकाथनको उपाधि बुटवल बहुमुखी क्याम्पसलाई

राष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि बुटवल बहुमुखी क्याम्पसको सीएसआइटी एबिएमसी टिमले हात पारेको छ। सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उक्त टिमले नगद रु ५० हजार पुरस्कार प्राप्त गरेको हो। प्रतियोगितामा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ साइन्सको द मर्ज कन्फ्लिक्ट टिम दोस्रो भएको छ। उक्त टिमले नगद रु २५ हजार पुरस्कार प्राप्त गरेको छ। त्यस्तै लुम्बिनी प्राविधिक विश्वविद्यालयको पिक्सेल स्क्वाड टिम तेस्रो हुँदै ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement