Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

टिकटकको सहयोगमा ‘भिजिट नेपाल’ अभियान

Share:WhatsAppFacebookX (Twitter)Telegram
टिकटकको सहयोगमा ‘भिजिट नेपाल’ अभियान
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित भिजिट नेपाल अभियान औपचारिकरूपमा सुरु गरेको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममार्फत् सार्वजनिक गरिएको उक्त अभियानले नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य तथा विविध पर्यटकीय गन्तव्यलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने लक्ष्य राखेको छ । उक्त पहलले नेपाललाई विश्व पर्यटन बजारमा आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । टिकटक र बोर्डबीचको सहकार्यले नेपालको पर्यटन क्षेत्रको डिजिटल प्रवर्द्धन थप प्रभावकारी बनाउनुका साथै स्थानीय सिर्जनाकर्मी, पर्यटन उद्यमी, साना व्यवसाय तथा समुदायका लागि नयाँ अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ । अभियानअन्तर्गत टिकटकले युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रियटरलाई नेपाल ल्याएको छ । अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालमा रहने उनीहरूले विभिन्न पर्यटकीय गन्तव्य भ्रमण गरी आफ्ना अनुभव डिजिटल सामग्रीमार्फत् विश्वभरका दर्शकमाझ प्रस्तुत गरिरहेका छन् । जसबाट नेपालका स्थापित पर्यटकीय गन्तव्यसँगै ओझेलमा परेका सम्भावनायुक्त स्थानहरूको अन्तर्राष्ट्रिय पहिचान विस्तार हुने अपेक्षा गरिएको छ । त्यसैगरी, पर्यटनसम्बन्धी सामग्रीको पहुँच र दर्शक सहभागिता बढाउन टिकटकले छुट्टै भिजिट नेपाल ह्यासट्याग पेज सञ्चालनमा ल्याएको छ । टिकटकको ‘कोल्याब’ फिचरमार्फत् पर्यटन बोर्डले नेपाली सेलिब्रेटी तथा स्थानीय क्रियटरसँग सहकार्य गर्दै नेपालको पर्यटन, संस्कृति र स्थानीय जीवनशैलीलाई प्रामाणिक ढंगले प्रस्तुत गरिरहेको छ । अभियानको अर्को महत्त्वपूर्ण पक्षका रूपमा लोकप्रिय पर्यटकीय गन्तव्यबाट लाइभस्ट्रिमसमेत सञ्चालन गरिएको छ । जसले विश्वभरका दर्शकलाई भर्चुअल रूपमा नेपालका विभिन्न स्थानको अनुभव लिन र भविष्यमा भ्रमणका लागि गन्तव्य छनोट गर्न सहयोग पुर्‍याउनेछ । अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुने बताइएको छ । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल प्लेटफर्मले विश्वभर पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गर्ने शैलीमा परिवर्तन ल्याएको बताउनुभएको थियो । टिकटकका मध्यपूर्व, युरेसिया तथा अफ्रिका (एमइए) क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनले नेपाल सरकार र नेपाल पर्यटन बोर्डसँगको सहकार्यले नेपालको पर्यटन सम्भावनालाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउन सहयोग गर्ने बताउनुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चार्डबाड, उपभोग र अर्थतन्त्र
Latest NewsJust now

चार्डबाड, उपभोग र अर्थतन्त्र

यतिवेला नेपालीहरू चार्डबाडको रौनकमा छन् । महान चार्ड दशैँ सकिएको छ र तिहार आँगनमै आइसकेको छ । मनोरञ्जन र उल्लासको पर्व तिहारलाई देउसीभैलो र नाँचगानले सुगन्ध छर्छ । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म आफ्नै भाका र लयका देउसी गीतहरूले तिहारलाई कम्ता रमाइलो बनाउँदैन । पाँच दिनसम्म मनाइने तिहारको पूर्वसन्ध्यामा दशैँमा जस्तै बजारमा व्यापक किनमेल, चहलपहल र मेलामहोत्सव बढेका देखिन्छन् । नेपालीहरूका लागि ...

हिमालय टाइम्स
बाठो र मानवमैत्री चरा काग
Latest NewsJust now

बाठो र मानवमैत्री चरा काग

काठमाडौँ, कात्तिक २१ गते । पूर्वीय सभ्यता अनुसार कागलाई सत्ययुग र कलियुग जोड्ने बाठो पन्छीका रूपमा चिनिन्छ । सत्ययुगमा देवताहरूले अमृतको सुरक्षा गर्ने जिम्मेवारी कागलाई दिएका थिए ।... ...

गोरखापत्र
पोर्चुगलका फुटबल प्रशिक्षकले भने : टोली बनाउँदै थिएँ, रोनाल्डोले एक्कासि सन्न्यास घोषणा गरे
Latest NewsJust now

पोर्चुगलका फुटबल प्रशिक्षकले भने : टोली बनाउँदै थिएँ, रोनाल्डोले एक्कासि सन्न्यास घोषणा गरे

पोर्चुगलका फुटबल प्रशिक्षक जर्ज जेससले क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने कुरा पहिले जानकारी नभएको बताएका छन्।  ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास सन्न्यास घोषणा गरेपछि मात्रै थाहा भएको प्रशिक्षक जर्ज जेससको भनाइ छ।  प्रशिक्षक जर्ज जेससका अनुसार उन... ...

नेपालखबर
गीत : मखमली मेरी मखमली
Latest NewsJust now

गीत : मखमली मेरी मखमली

बिहानको मिर्मिरेमा घामको लाली छायोमन्दमन्द मुस्कान छरी फूल मुस्कुरायोमखमली मेरी मखमली कता भेटौ कता खोजौ मेरी मखमलीमेरो मनको बगैँचामा फुल्ने फूल तिमी,मेरो जिन्दगीमै शुभाष छर्ने तिमी,प्रकृतिकी अमूल्य उपहार तिमीअपुरो छु अधुरो छु सुन मखमलीतिमी मञ्जरी…..तिमी…टोलाउछु तिमी खोज्दै गोधुली त्यो साँझमाकहिले माया पहलाउला हामी दुईको माझमामनमनै वयान तिम्रो गरौ कसोगरीजुनको जस्तो सितलता छ घामको तातो मायाविहानीको मिर्मिरेमा….मखमली मेरी मखमली सुन मञ्जरी… ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play