Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

परम्परागत पारपाचुकेको संस्कृति र दर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
परम्परागत पारपाचुकेको संस्कृति र दर्शन
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं उपत्यका नेपालमण्डल जीवन्त संस्कृतिको धनी शहर हो, जहाँ थुप्रै सामाजिक परम्परा र संस्कृति छन । नेवारहरूका विभिन्न किसिमका संस्कार र परम्परागत रीतिथितिले गर्दा नै नेवारहरू संस्कृतिमा धनी भएका हुन् । यही नेवारी संस्कृति नै नेपालको राष्ट्रिय संस्कृति बनेको छ भने विश्वमा नै नेपालको परिचयमा यसले भूमिका खेलेको छ । कतिपय नेवारी संस्कृति, कलाकृति र धार्मिक सम्पदाहरू विश्व सम्पदाको सूचीमा पर्नुले पनि यसको पुष्टि गर्दछ । हालसम्म चल्दै आएका नेवारी संस्कृति अनुरूप विभिन्न किसिमका आश्चर्यलाग्दा संस्कार पनि छन् । तीमध्ये ‘माय् अवसं’ भनिने व्रत पनि हो । यो व्रत सामाजिक रूपमा पारपाचुके लिनका लागि गरिन्छ ।

कात्तिक धार्मिक महिना हो । कात्तिक महिनामा विभिन्न किसिमका धार्मिक क्रियाकलाप बढी गरिन्छ । धर्मकर्म गर्ने महिनाको रूपमा मान्दै आइरहेको कार्तिक महिनामा हिन्दु र बौद्धहरूले उत्तिकै श्रद्धा भक्तिपूर्वक विभिन्न किसिमले देवीदेवताहरूको आराधना, पूजापाठ भजन–कीर्तन गर्ने गर्दछन । कात्तिक महिनामा दशैँ, तिहारजस्ता चाडपर्व पर्छन् भने चण्डीको पाठ, देवीभागवतको कथा, विष्णु पुराणजस्ता विभिन्न कथा वाचन गर्ने सुन्ने सुनाउने गरिन्छ । कोजाग्रत पूर्णिमादेखि सकिमिला पूर्णिमा एक महिनासम्म नेवारहरूका घरघरमा ‘आलः मत’ अर्थात आकाश दीप बाल्ने गर्दछन् । त्यस्तै यस महिनाभरि चार नारायण भगवानाको दर्शन गर्न जाने मेला पनि लाग्दछ । यी मेला लाग्ने चार नारयणहरू हुन्- इचंगु नारयण, चाँगु नारायण, विशंखु नारायण र शेष नारायण ।

चोभारको सुवर्णगिरि कछपाल पर्वतस्थित आनन्दादि लोकेश्वरमा पनि यो कात्तिक महिनाभरि मेला लाग्दछ । चोभारमा हुने यही मेलाको अवसरमा लोकेश्वरको विहारमा हरिबोधिनी एकादशीदेखि पूर्णिमा पाँच दिनसम्म भक्तजनहरूले परम्परागत पारपाचुकेको लागि ‘माय् अवसं’ भनी व्रत बस्छन् । महिलाहरूले माइत गई बसिरहँदा लोग्नेले लामो समयसम्म अर्थात धेरै दिनसम्म बोलाउन आएन भने ती नेवार महिलाहरूले माय् अवसं भनी चोभारको विहारमा यो व्रत बस्ने चलन रहिआएको छ । व्रतालु महिलाहरूले फलफूलसम्म खान नहुने यो व्रत सितिमिती कोही पनि बस्दैनन् । पानीमात्र खाएर पाँच दिनसम्म बस्नुपर्ने यो व्रत बस्दा दिनहुँ एउटा तीर्थमा गएर स्नान गर्नुपर्ने नियम छ ।

यसरी तीर्थमा स्नान गर्न जाँदा आदिनाथ लोकेश्वर विहारकी गुरुमां अर्थात भिक्षुणीले एक जना अघि र एकजना पछाडि बसेर व्रतालुहरूलाई बीचमा राखेर तीर्थमा स्नान गराउन लैजान्छन् । यसरी स्नान गर्न जाँदा सबैभन्दा पहिलो दिन हरिबोधिनी एकादशीमा क्वय्ना चक्र तीर्थमा, द्वादशीका दिन नख्खु तीर्थमा, त्रयोदशीका दिन जलक्व ज्ञानतीर्थमा, चतुर्दशीका दिन क्वय्गाः तीर्थमा र सकिमिला पूर्णिमाका दिन च्वय्गाः सुलक्षण तीर्थमा गई स्नान गरी देवताको दर्शन गर्नुपर्छ । प्रत्येक दिन यसरी स्नान गरेर आएका व्रतालु महिलाहरूको व्यवस्थापन गर्ने पाञ्जुले क्रमैसँग व्रतालुलाई तीन अञ्जुली पानी खुवाउँछन् । यसरी जलपान गरिसकेपछि दिनभर केही खानु हुँदैन तर भोक लागेमा व्रतालुहरूले पुनः पानीमात्र खान पाउँछन् ।

दिनदिनै यसरी स्नान गरेर चोखोनितो गरी शुद्ध वस्त्र लगाई बस्नुपर्छ । कुनै पनि व्रतालु महिला आफू बसेको बहालबाट बाहिर जान पाउँदैनन् । ती सबै व्रतालु महिलाहरूले दिनभर बुद्धको धर्म देशना, कथा सुन्ने, भजन गाउने र बेलुका देवताको आरती गरेर विश्राम लिनुपर्ने विधान छ । यो व्रत जसले लिए पनि हुन्छ । यसमा जातपातको भेदभाव छैन । हुन त यो व्रत नेवार संस्कार र संस्कृतिनुरूप चल्दै आएको परम्परागत सामाजिक एवं धार्मिक कार्य भए तापनि गैरनेवारहरूले पनि यसमा भाग लिँदै आइरहेका छन् । बौद्ध नेवारहरूले मान्दै आइरहेको आदिनाथ लोकेश्वर विहारमा बस्ने यो व्रतमा हिन्दुहरू पनि सरिक हुँदै आइरहेका छन् । जातपात र धार्मि{क भेदभाव नभएकाले यस व्रतलाई धार्मिक सहिष्णुताको रूपमा लिइन्छ ।

नेवारहरूको यो परम्परागत माय् अवसं व्रत बस्ने क्रममा नेवारहरू भन्दा गैरनेवारहरूको संख्या बढ्दै गएको देखिन्छ । नेवारहरूको आफ्नै मौलिकपनको संस्कारले गर्दा यो व्रत बस्दा घरपरिवारका सदस्यहरूले पनि जुठोचोखो बार्नुपर्ने, घरमा जथाभावी कार्य गर्न नहुने, तलमाथि पार्न{ नहुने चोखोनितो गर्नुपर्ने धार्मिक मान्यता छ । केही गरी घरपरिवारकाले जुठोचोखो बारेन वा चोखोनितो गरेन र खाएको जुठो खाना त्यत्तिकै राखिछोडेमा व्रत बस्नेको स्वास्थ्यमा बाधा पर्ने, ज्वर आउने, पेट दुख्नेजस्ता रोग लाग्न सक्छन् । यस्तो भएमा पाञ्जुले भनेबमोजिम क्षमापूजा गरेमात्र स्वास्थ्य राम्रो हुने, मनको इच्छा पूरा हुने, विभिन्न किसिमका रोग पनि निको हुने, घरपरिवारमा राम्रो हुने र सुख, शान्ति, ऐश्वर्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

यसरी नेवारहरूले यो व्रत बस्दा घरपरिवारले पनि धार्मिक विधिअनुसार नियममा बस्नुपर्ने र व्रत बसिसकेपछि विशेष पूजा गर्नुपर्ने, भोज पनि खुवाउनुपर्ने विधान छ तर गैरनेवारहरूले यस्ता धार्मिक कार्य विशेष पूजा गर्नु नपर्ने र भोज पनि खुवाउनु नपर्ने भएकाले यो व्रत बस्ने नेवार महिलाभन्दा गैरनेवार महिलाहरूको संख्या बढी भएको हो । नेवारी महिलाहरूले व्रत बस्न सकेपछि समापन गर्दा गुरुजु र पुरोहित राखेर विशेष पूजा गर्नुपर्ने र पूजा सकेपछि लोग्ने हुनेले लोग्ने आई उठाएर लानुपर्ने नियम छ । यसरी लोग्ने आई उठाइसकेपछि आफन्त र छरछिमेकीहरूलाई पनि भोज खुवाएर घरमा फर्किन्छन् ।

कसै कसैलाई घरबाट लोग्नेले लिन नआएमा उक्त समयमा अन्य कोही पुरुषले उठाई दियो भने उही पुरुषसँग विवाह गर्न हुने चलन छ । यसमा व्रतालु महिलाको पनि मञ्जुरी हुनुपर्छ । आफूलाई मन नपर्ने खालको पुरुषले उठाउन आएका महिलाले नमान्न पनि सक्छन् । यदि त्यसरी उठाउन आउने पुरुष आफूलाई उचित लागेमा उही पुरुषसँग व्रतालु महिलाले विवाह गर्न सक्छन् । नेवारहरूको माय् अवसं व्रतको यो एउटा आश्चर्यलाग्दो चलन हो । यदि लोग्नेले लिन नआएमा उनीहरूको बीचमा पारपाचुके भएको ठहर्ने अर्थात प्रमाणित हुने यो पुरानो चलन हो । यसलाई एउटा परम्परागत पारपाचुकेको चलनका रूपमा लिइएको छ ।

यहाँ व्रत बस्ने क्रममा गैरनेवार महिलाहरूले हाल आएर आफूखुशी व्रत बस्ने र सौखका रूपमा व्रत बसेर आफूलाई मनपर्ने केटासाथीलाई व्रतसक्ने दिन उठाउन आउनु भन्दै व्रत बस्ने कटीहरूको संख्या पनि बढ्दैगएको देखिन्छ । परम्परागत पुरानो चलनमा नेवारी संस्कार अनुसार माइतमा गई बसेका महिलाहरूलाई लोग्नेले लिन आएन भने पारपाचुके गर्ने किसिमले यो व्रत बस्ने गरिन्छ । यसरी व्रत बस्दा लोग्नेले लिन नआएमा दम्पतीको पारपाचुके भएको ठहरिन्छ । यो सामाजिक परम्परा हालसम्म यथावत रूपमा चल्दै आइरहेको छ तर यस्तो पवित्र धार्मिक, सामाजिक एवं परम्परागत संस्कारमा विकृति र विसंगति नआओस् भन्नेतर्फ सचेत हुनुपर्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुने
Latest NewsJust now

आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। आज राति कोशी ...

केन्द्रबिन्दु
डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनशन
Latest NewsJust now

डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनशन

चिकित्सा शिक्षा सुधारका लागि २५औँ अनशनमा बसेका  डा गोविन्द केसी र सरकारबिच सहमति भएको छ।  सरकारसँग ६ बुँदे सहमति भएपछि डा केसीले आज बिहान अनशन अन्त्य  गरेका छन्। ...

नेपालखबर
इजरायलमा आज नयाँ प्रधानमन्त्री घोषणा हुँदै, नेतन्याहुले सत्ता गुमाउने सम्भावना
Latest NewsJust now

इजरायलमा आज नयाँ प्रधानमन्त्री घोषणा हुँदै, नेतन्याहुले सत्ता गुमाउने सम्भावना

इजरायलका राष्ट्रपति इसाक हर्जोगले आज देशको नयाँ प्रधानमन्त्री घोषणा गर्दै छन्।  इजरायलमा सरकार बनाउन ६१ सांसदको समर्थन चाहिन्छ।  विपक्षी गादी आइजेनकोटको गठबन्धनलाई ६ दलका ६७ सांसदको समर्थन छ। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई केवल ४६ सांसदको समर्थन छ। त्यसैले राष्ट्रपतिले उनलाई सरकार गठन गर्ने पहिलो मौका नदिने विश्वास... ...

नेपालखबर
पदपूर्ति हुन बाँकी कूटनीतिक नियोगहरूमा तिहारपछि पदपूर्तिको तयारी, चर्चामा राणा र राई
Latest NewsJust now

पदपूर्ति हुन बाँकी कूटनीतिक नियोगहरूमा तिहारपछि पदपूर्तिको तयारी, चर्चामा राणा र राई

काठमाडौं । नेपाल सरकारले पदपूर्ति हुन बाँकी कूटनीतिक नियोगहरूमा तिहारपछि पदपूर्ति तयारी गरेको छ । केही पदहरूमा पदपूर्तिका लागि नियुक्ति प्रक्रिया सम्पन्न भए पनि रिक्त पदमा भने तिहारपछि परराष्ट्र मन्त्रालयलले नियुक्ति प्रक्रिया सुरु गर्ने भएको हो । जापान, अस्ट्रेलिया, साउथ अफ्रिका लगायतका मुलुकमा राजदूतको पद रिक्त रहेकाले उक्त मुलुकका लागि राजदूत सिफारिसको तयारी सरकारले गरेको हो । सरकारले अशोक शमशेर राणालाई ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play