काठमाडौं । नेपाल सरकारले पदपूर्ति हुन बाँकी कूटनीतिक नियोगहरूमा तिहारपछि पदपूर्ति तयारी गरेको छ । केही पदहरूमा पदपूर्तिका लागि नियुक्ति प्रक्रिया सम्पन्न भए पनि रिक्त पदमा भने तिहारपछि परराष्ट्र मन्त्रालयलले नियुक्ति प्रक्रिया सुरु गर्ने भएको हो । जापान, अस्ट्रेलिया, साउथ अफ्रिका लगायतका मुलुकमा राजदूतको पद रिक्त रहेकाले उक्त मुलुकका लागि राजदूत सिफारिसको तयारी सरकारले गरेको हो । सरकारले अशोक शमशेर राणालाई जापानका लागि राजदूतमा प्रस्तावित हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकटस्थ स्रोतले जनाएको छ । त्यस्तै, अमृतबहादुर राईलाई अस्ट्रेलिया र कृष्णहरि पुष्करलाई सार्क मुलुकको कुनै एक राष्ट्रको राजदूतमा सिफारिस गरिने स्रोतले जनाएको छ । चर्चामा रहेका अशोक शमशेर राणा संस्थापक अर्थसचिव एवं संस्थापक गभर्नर हिमालय शमशेर जबराका छोरा हुनुहुन्छ । उहाँका बुवा हिमालय शमशेर जबरा नेपालको पहिलो गभर्नरका रूपमा रहनुभएको थियो भने लामो समय सेवामा विभिन्न नेपालका तर्फबाट प्रतिनिधित्व गरी काम गर्नुभएको थियो । हिमालय शमशेर राणाका छोरा बैंकर अशोक शम्शेर राणा जापानका लागि राजदूतमा प्रस्तावित हुने चर्चा छ । त्यसो त अशोक शमशेर राणा हिमालय शमशेरका छोरा मात्र नभएर आफैँमा एक कुशल कूटनीतिक स्वभाव र चिन्तनका व्यक्ति हुनुहुन्छ । उहाँको शैक्षिक योग्यता जुनियर तहको शिक्षा सेन्ट जेभियर स्कुल गोदावरी ललितपुर, हाई स्कुल तहको शिक्षा बेलायत र विश्वविद्यालय तहको शिक्षा अमेरिकाबाट पूरा गर्नुभएको छ । उहाँको अंग्रेजी भाषाको क्षमता, स्वभाव र व्यक्तित्वले उच्च कोटिका कुशल कूटनीतिक रूपमा चिनिनुहुन्छ । त्यस्तै, अर्का कुशल कूटनीतिज्ञ हालका परराष्ट्र सचिव अमृतबहादुर राईलाई अस्ट्रेलियाका लागि राजदूत नियुक्ति गर्ने चर्चा छ भने काठमाडौँ विश्वविद्यालयका प्राध्यापक लक्ष्मण लामलाई साउथ अफ्रिका र नेपाल सरकारका पूर्व सचिव कृष्णहरि पुष्करलाई सार्क कन्ट्रीको कुनै मुलुकमा नियुक्त गर्न लागिएको कुरा चर्चामा छ । भारतसहित तीन देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेसराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन राजदूतले पदीय ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहका बीचमा भारतसहित तीन देशका राजदूतले राष्ट्रपति पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र पेस गर्नेमा नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत विथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगुएल हुनुहुन्छ । उहाँहरूमध्ये भारतीय राजदूत दलेला आवासीय राजदूत हुनुहुन्छ भने लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत जायाभोङ र पानामाका राजदूत मिगुएल गैरआवासीय राजदूत हुनुहुन्छ । राष्ट्रपति कार्यालयमा सम्पन्न समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो । नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो । प्रधानमन्त्रीको भ्रमणअघि भारतका लागि नयाँ राजदूतले सम्हाल्न पाउलान् जिम्मेवारी ?प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेको छ । प्रधानमन्त्रीको भ्रमणबारे तयारी भइरहँदा भारतमा नेपाली राजदूत पद रिक्त छ । संसदीय सुनुवाइ समितिले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलराज पाण्डेको नाम अनुमोदन गरिसकेको छ । परराष्ट्र मन्त्रालयले पाण्डेको नाम अनुमोदनका लागि भारत पठाइसकेको छ । मन्त्रालय स्रोतका अनुसार दशैँअघि नै पाण्डेको नाम एग्रिमो स्वीकृतिका लागि भारत पठाइएको हो । उहाँको एग्रिमो अहिलेसम्म स्वीकृत भएर आएको छैन । सम्बन्धित मुलुकबाट एग्रिमो स्वीकृत भएर आएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । एग्रिमो स्वीकृत भएर आउनेबित्तिकै अन्य प्रक्रिया पूरा गरी राजदूतहरूलाई सम्बन्धित देश पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतका लागि प्रस्तावित राजदूत पाण्डेसँगै अन्य नौ मुलुकका लागि प्रस्तावित नेपाली राजदूतको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरिसकेको छ । अनुमोदन भएका १० जनामध्ये कोही पनि आफ्नो कार्यक्षेत्रमा गएका छैनन् । एग्रिमो स्वीकृत हुने प्रक्रिया जारी रहेकाले उनीहरूको निुयक्ति र कार्यक्षेत्रमा जाने काम रोकिएको हो । अन्य मुलुकको तुलनामा भारतका लागि नेपाली राजदूत नियुक्तिको सन्दर्भमा बढी खाँचो र चासो बढेको छ । प्रधानमन्त्री बालेन मंसिरको पहिलो सातातिर भारत जानेगरी तयारी भइरहे पनि भ्रमणको औपचारिक मिति भने तय भइसकेको छैन । प्रधानमन्त्रीको भ्रमणअघि नयाँ नेपाली राजदूतले जिम्मेवारी सम्हाल्न पाउने हुन् कि होइनन् भन्ने विषय अन्योलमा छ । परराष्ट्र मन्त्रालयका अनुसार भारतबाट एग्रिमो स्वीकृत भएर आएको खण्डमा केही दिनमै पाण्डे आफ्नो जिम्मेवारी सम्हाल्न दिल्ली जानुहुनेछ ।
पदपूर्ति हुन बाँकी कूटनीतिक नियोगहरूमा तिहारपछि पदपूर्तिको तयारी, चर्चामा राणा र राई

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






