Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

टाटाका प्राविधिकलाई बीएस–६ तालिम, देशका कति स्थानमा सञ्चालन ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
टाटाका प्राविधिकलाई बीएस–६ तालिम, देशका कति स्थानमा सञ्चालन ?
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सिप्रदी अटोपाट्र्स र सिप्रदियन सहायता संस्थाले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिकका लागि बीएस–६ तालिम सुरु गरेका छन्। कात्तिक १५ देखि सुरु भएको कार्यक्रम कात्तिक २० गतेसम्म देशका विभिन्न १४ स्थानमा सञ्चालन हुने आयोजकले जनाएका छन्। नेपालमा टाटाका जेन्युइन पाट्र्सको आधिकारिक वितरक सिप्रदी अटोपाट्र्स र सिप्रदियन सहायता संस्थाले प्राविधिक जनशक्तिको सीप तथा दक्षता बढाउने उद्देश्यले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका हुन्। प्रशिक्षणमा टाटा गुरुका रूपमा परिचित प्राविधिक तथा इलेक्ट्रिसियनलाई लक्षित गरिएको छ। तालिम हेटौँडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा/टाँडी, इटहरी, नारायणगढ, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ/घोराही र वीरगन्जमा सञ्चालन गरिनेछ। प्रशिक्षणमा आधुनिक सवारी प्रविधिसँगै बीएस–६ अर्थात् भारत स्टेज–६ प्रविधिसम्बन्धी ज्ञान र व्यावहारिक सीप प्रदान गरिनेछ। विद्युतीय प्रणालीको आधारभूत ज्ञान, ब्याट्रीको संरचना तथा कार्यप्रणाली, भोल्टेज, करेन्ट, रेसिस्टेन्स र विद्युतीय सर्किटसम्बन्धी विषय पाठ्यक्रममा समेटिएका छन्। मल्टिमिटरको प्रयोग तथा सवारीसाधनको स्टार्टिङ र चार्जिङ प्रणालीबारे पनि प्रशिक्षण दिइनेछ। इन्जिन व्यवस्थापन प्रणालीअन्तर्गत सेन्सर, इलेक्ट्रोनिक कन्ट्रोल युनिट अर्थात् ईसीयू र एक्टुएटरको कार्यप्रणालीबारे जानकारी प्रदान गरिने आयोजकले जनाएका छन्। यस्तै, उत्सर्जन नियन्त्रणका लागि प्रयोग हुने एससीआर तथा एलएनटी प्रणालीको परिचय, तिनका उपकरणको पहिचान र कार्यप्रणालीबारे तालिम दिइनेछ। प्रणालीको सर्किट विश्लेषण र रिजेनेरेसन प्रक्रियासम्बन्धी विषय पनि प्रशिक्षणमा समावेश छन्। डायग्नोस्टिक उपकरण प्रयोग गरेर प्राविधिक समस्या पहिचान तथा समाधान गर्ने सीप विकासमा समेत कार्यक्रम केन्द्रित हुनेछ। तालिमले प्राविधिकलाई नवीनतम सवारी प्रविधिसँग परिचित गराउँदै मर्मत तथा सर्भिसिङको गुणस्तर सुधार्न सहयोग पुर्‍याउने आयोजकको अपेक्षा छ। साथै, समस्या समाधान गर्ने क्षमता र व्यावसायिक सीप बढाएर ग्राहकलाई उपलब्ध हुने सेवालाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको जनाइएको छ। The post टाटाका प्राविधिकलाई बीएस–६ तालिम, देशका कति स्थानमा सञ्चालन ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चीन र रुसले अमेरिकाको जासुसी गरिरहेका छन् :  ट्रम्प
Latest NewsJust now

चीन र रुसले अमेरिकाको जासुसी गरिरहेका छन् : ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको भए पनि अमेरिकाले उनीहरूको निगरानी गरिरहेको र यसमा आफूहरू अझ सक्षम रहेको दाबी गरेका छन् । आइतबार आयोवामा रिपब्लिकन... ...

रातोपाटी
बालेन सरकारसँग रिसायो कांग्रेस, किन जनाइरहेको छ आपत्ति ?
Latest NewsJust now

बालेन सरकारसँग रिसायो कांग्रेस, किन जनाइरहेको छ आपत्ति ?

  नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि सरकारले गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार धरपकडलगायतका घटनाप्रति ...

फरकधार
हङकङमा ‘रोड टु एभरेस्ट’को विशेष प्रदर्शन
Latest NewsJust now

हङकङमा ‘रोड टु एभरेस्ट’को विशेष प्रदर्शन

‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ भन्ने नारासहित नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को विशेष प्रदर्शन आइतबार हङकङमा सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा प्रदर्शन गरिएको वृत्तचित्रमा उत्साहजनक दर्शक सहभागिता थियो। प्रदर्शनको मुख्य उद्देश्य सगरमाथा र नेपालको हिमाली... ...

नेपालखबर
डेब्यु खेलमै सोमपालको बलमा बोल्ड भए डेभिड वार्नर
Latest NewsJust now

डेब्यु खेलमै सोमपालको बलमा बोल्ड भए डेभिड वार्नर

नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजका लागि पहिलो खेल खेलिरहेका अस्ट्रेलियाका चर्चित ब्याटर डेभिड वार्नर बोल्ड आउट भएका छन् । कर्णाली याक्सविरुद्धको खेलमा वार्नरलाई कर्णालीका कप्तान सोमपाल कामीले बोल्ड गरेका हुन् । लगातार दुई चौका प्रहार गरेका वार्नरले १० बलमा तीन चौकासहित १६ रन बनाए । कर्णालीले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले वार्नरको विकेट गुमाएको हो । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play