Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

Share:WhatsAppFacebookX (Twitter)Telegram
झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
Photo / Coverage: नेपालन्युज

काठमाडौं। झापा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहँदा व्यवस्थापनमा समस्या देखिएको छ। छ दशक पुरानो भवन र साँघुरो स्थानका कारण कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य छन्। कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल कारागारमा एक हजार ७१० जना कैदी र थुनुवा रहेका छन्। जसमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा छन्। लैङ्गिक आधारमा एक हजार ६२६ पुरुष र ८४ महिला छन्। कारागार प्रशासनका अनुसार यहाँ ६५ वर्षमाथिका २४ ज्येष्ठ नागरिक, एक गर्भवती र एक आश्रित नाबालक छन्। साथै १९ जोडी विवाहित कैदीबन्दीसमेत यहाँ छन्। राष्ट्रियताका आधारमा १२२ भारतीय र २९ जना भुटानी नागरिकले यहाँ कैद जीवन बिताइरहेका छन्। कैदीबन्दीमध्ये सबैभन्दा बढी लागुऔषधसम्बन्धी मुद्दाका छन्। प्रमुख खत्रीका अनुसार लागुऔषध कसुरमा मात्र ८५० जना रहेका छन्। त्यसैगरी, जबर्जस्ती करणीमा ३५९ जना, कर्तव्य ज्यानमा ११४ जना, चोरीमा १३५ जना, ठगीमा १६ जना र अभद्र व्यवहारसम्बन्धी मुद्दामा १३ जना कैदीबन्दी छन्। विसं २०२० मा निर्माण भएको यो भवन सुरुमा ३५० जनाको क्षमतामा बनेको थियो। पछि संरचना थपेर क्षमता ७५० पुर्याइए पनि हालको सङ्ख्याले कारागारमा अत्यधिक चाप बढाएको छ। यस समस्यालाई मध्यनजर गर्दै भद्रपुर नगरपालिका-१० स्थित कलबलगुढीमा नयाँ कारागार निर्माणको तयारी थालिएको छ। कोशी प्रदेश प्रशिक्षण केन्द्रसँग जोडिएको १० बिघा जग्गा नयाँ भवनका लागि व्यवस्था गरिएको छ। नयाँ संरचना निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार गर्ने प्रक्रिया अघि बढेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हजार दिनमै भूमि समस्या सुल्झाउन के गर्दैछ समिति ?
Latest NewsJust now

हजार दिनमै भूमि समस्या सुल्झाउन के गर्दैछ समिति ?

काठमाडौँ । २० औँ पटक गठन भएको भूमि समस्या समाधान समिति यतिबेला क्रियाशील छ । वालेन्द्र शाह नेतृत्वमा सरकारले ल्याएको शासकीय सुधारका १०० कार्ययोजनामा रहेको एक हजार दिनभित्र भूमिहीन दलित, भूमिहीन... ...

रातोपाटी
अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने
Latest NewsJust now

अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने

धार्मिक पर्यटनको क्षेत्रमा नयाँ अवधारणासहित स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा आएको छ । ...

नेपालबहस
सुकुमवासीमाथि संकट नथप
Latest NewsJust now

सुकुमवासीमाथि संकट नथप

सुकुमवासीमाथि थपिएको हैरानीमा यो निकाय वा ऊ निकायको कमजोरी भनेर अल्झिन र दोषको वितरण गरिरहन जरुरी छैन । सुकुमवासीलाई विस्थापित गर्ने कदम प्रधानमन्त्री वालेन्द्र शाहको अग्रसरतामा चालिएको हो । त्यसैले सम्पूर्ण कमजोरीको जवाफदेही उनी नै हुनुपर्छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement