काठमाडौँ । झापा इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक (असोज मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.९८ प्रतिशतले वृद्धि भई रु. ५५ लाख ६९ हजार ५०१ पुगेको छ । गत वर्षको पहिलो त्रैमासिकमा कम्पनीले रु. ४५ लाख ६५ हजार ७५४ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी भने ८.८३ प्रतिशतले घटेर रु. २ करोड ६४ लाख ५० हजार ७५१ कायम भएको छ । यद्यपि, वित्तीय खर्च ३८.९४ प्रतिशतले घटेर रु. ६७ लाख ६३ हजार ९३४ मा सीमित भएकाले खुद नाफामा सुधार देखिएको हो । रु. ३८ करोड १९ हजार चुक्ता पुँजी रहेको कम्पनीको गत वर्ष रु. २४ लाख ५८ हजार ३२७ ले ऋणात्मक रहेको जगेडा कोष यस त्रैमासिकसम्म रु. १ करोड २९ लाख ५८ हजार ५२२ धनात्मक बनेको छ । कम्पनीको दीर्घकालीन कर्जा ६.७२ प्रतिशतले घटेर रु. ३९ करोड ३६ लाख ९३ हजार २८४ मा झरेको छ । समीक्षा अवधिमा कम्पनीको वार्षिककृत प्रति शेयर आम्दानी (भ्एक्) २२.०८ प्रतिशतले बढेर रु. ५.८६ र प्रति सेयर नेटवर्थ ४.०९ प्रतिशतले बढेर रु. १०३.४१ पुगेको छ ।
झापा इनर्जीको खुद नाफा २१.९८ प्रतिशतले बढ्यो, इपिएस ५.८६ रुपैयाँ

Read Complete Original Article
Published originally on टक्सार






