Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

झापामा २३ लाख ५९ हजार रुपैयाँका अवैध पटाका नष्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
झापामा २३ लाख ५९ हजार रुपैयाँका अवैध पटाका नष्ट
Photo / Coverage: पर्दाफास

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै झापामा २३ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेका करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका अवैध पटाका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको हो । चाडपर्वका समयमा हुन सक्ने आगलागी, मानवीय दुर्घटना तथा वातावरणीय प्रदूषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले अवैध विस्फोटकजन्य सामग्री नियन्त्रण अभियानलाई तीव्रता दिएको जनाएको छ । अनधिकृत रूपमा भित्र्याइएका ती सामग्री सुरक्षाकर्मी, जनप्रतिनिधि, प्रशासनका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको हो । सशस्त्र प्रहरी बल नं. २ गण झापाले पटाका तथा आतिसबाजीको प्रयोगले विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा असर पर्नुका साथै आगलागी तथा अन्य दुर्घटनाको जोखिम बढ्ने भन्दै यसको प्रयोग नगर्न जिल्लावासीलाई आग्रह गरेको छ । सुरक्षित र सभ्य रूपमा चाडपर्व मनाउन तथा सम्भावित दुर्घटनाबाट जोगिन प्रहरीले सबैलाई सचेत रहन अनुरोध गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले चाडपर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन अवैध पटका नियन्त्रणको अभियानलाई प्राथमिकतामा राखिएको बताए । उनले पटका तथा आतिसबाजीको अनियन्त्रित प्रयोगले हुन सक्ने दुर्घटना र क्षति रोक्न यस्ता सामग्रीको प्रयोग नगर्न जिल्लावासीलाई आग्रह गरे । पटका नष्ट गर्ने कार्यक्रममा भद्रपुर नगरपालिका–८ का वडाध्यक्ष मनोज सुब्बा, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी थिए । चाडपर्वमा मनोरञ्जनका नाममा गरिने आतिसबाजीले आगलागी र दुर्घटनाको जोखिम बढाउने भएकाले यसको ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रणमा सुरक्षा निकायले निगरानी बढाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मीपूजामा विद्युतको माग १ हजार ७०० मेगावाट पुग्ने
OthersJust now

लक्ष्मीपूजामा विद्युतको माग १ हजार ७०० मेगावाट पुग्ने

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ । मागभन्दा उत्पादन करीब ८०० मेगावाट बढी हुने भएकाले तिहारमा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताएका ...

पर्दाफास
दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग
OthersJust now

दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग

काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ काग सम्मेलन गरेका छन् । शनिबार बिहान कागको आवाज निकाल्दै दुलालले आकाशमा उडिरहेका कागलाई एकै ठाउँमा जम्मा पारेका हुन् । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको आयोजना तथा इलामको सन्दकपुर गाउँपालिकाको सह–आयोजनामा सम्मेलन गरिएको हो । कार्यक्रमको मुख्य प्रायोजकमा एनआरएनए वरिष्ठ ...

पर्दाफास
तिहार र छठमा विद्युत आपूर्ति बन्द हुन नदिन यस्तो छ प्राधिकरणको तयारी
OthersJust now

तिहार र छठमा विद्युत आपूर्ति बन्द हुन नदिन यस्तो छ प्राधिकरणको तयारी

२१ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ । उज्यालोको पर्व तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ । तिहार तथा छठ… ...

अनलाइन खबर
सम्झौता भएको ६ वर्ष  बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन
OthersJust now

सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

२१ कात्तिक, स्याङ्जा । स्थानीयलाई सहज रूपमा आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्याङ्जाका तीन स्थानीय तहमा निर्माण थालिएका आयुर्वेद औषधालयका भवन ६ वर्षसम्म पनि पूरा भएका छैनन् । आँधीखोला गाउँपालिका–५ सेतिदोभान, अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर र वालिङ नगरपालिका–१ धनुबाँसेमा निर्माणाधीन भवन अलपत्रजस्तै बनेका छन् । ६ वर्षअघि सम्झौता भएर चारअघि निर्माण सुरु भएको भवन पूर्ण… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play