Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

झापामा फोटो व्यवसायी यशु खतिवडा मृत फेला, सामाजिक सञ्जालका पोस्टमा इनम सापकोटाको नाम उल्लेख

Share:WhatsAppFacebookX (Twitter)Telegram
झापामा फोटो व्यवसायी यशु खतिवडा मृत फेला, सामाजिक सञ्जालका पोस्टमा इनम सापकोटाको नाम उल्लेख
Photo / Coverage: हिमालय टाइम्स

झापा । झापाको कनकाई नगरपालिकामा फोटो स्टुडियो सञ्चालन गर्दै आउनुभएका यशु खतिवडा आफ्नै कोठामा मृत फेला पर्नुभएको छ । फोटोग्राफी तथा भिडियोग्राफी व्यवसायमा आबद्ध खतिवडाको मृत्यु हुनुअघि सामाजिक सञ्जालमा लेखिएका स्टाटस सार्वजनिक भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खतिवडा आफ्नै कोठामा मृत फेला पर्नुभएको हो । उहाँले कोठाको चुकुल लगाएको अवस्थामा घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनुअघि खतिवडाले सामाजिक सञ्जालमा लेख्नुभएका स्टाटसमा प्रहरी हिरासतमा रहेका इनम सापकोटाको नामसमेत उल्लेख छ । उहाँले तीन दिनअघि र मृत्यु भएको दिन गरी दुईवटा स्टाटस लेख्नुभएको देखिन्छ । एउटा स्टाटसमा उहाँले आफ्नो गल्तीको सजाय परिवारलाई नदिन आग्रह गर्दै त्यसको जिम्मेवारी आफूले नै लिने आशय व्यक्त गर्नुभएको छ । आफूले भोगिरहेको जीवन नै आफ्ना लागि सजाय भएको उल्लेख गर्दै उहाँले सबैको शान्तिको कामना गर्नुभएको छ । त्यस्तै, अर्को स्टाटसमा उहाँले थर नखुलाई ‘इनम’ नाम उल्लेख गर्नुभएको छ । उक्त पोस्टमा आफूले गरेको गल्तीका लागि परिवारलाई जोड्न नहुने आशय व्यक्त गर्दै इनमको ह्वाट्सएपबाट सन्देश आएको र पछि मेटिएको दाबी गर्नुभएको छ । उक्त घटनालाई आफ्नो परिवार र निर्दोष बुबालाई फसाउन खोज्ने व्यक्तिहरूको योजनाका रूपमा उहाँले व्याख्या गर्नुभएको छ । आमा, बुबा, दाजु, भाउजू र दिदी कसैलाई पनि आफूले गरेको भनिएको साधनाबारे जानकारी नभएको उल्लेख गर्दै उहाँले त्यसमा गलत केही नरहेको दाबीसमेत गर्नुभएको छ । तर, सामाजिक सञ्जालका पोस्टमा उल्लेख गरिएको ‘इनम’ को पहिचान, ‘साधना’ को विषय तथा बुबालाई फसाउन खोजिएको भनिएको घटनाबारे विस्तृत विवरण खुलाइएको छैन । ती पोस्टमा गरिएका दाबीको स्वतन्त्र पुष्टि पनि भएको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भन्सार छलेर सुन ल्याएको आरोपमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
Latest NewsJust now

भन्सार छलेर सुन ल्याएको आरोपमा विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

भन्सार छलेर सुन ल्याएको आरोपमा एक जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।  हङकङबाट क्याथे प्यासिफिक एयरको जहाजमा आएका चिनियाँ नागरिक झान जुओक्विङ विमानस्थबाट पक्राउ परेका हुन्। विमानस्थलमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले सोधपुछ गरेको थियो।  त्यसपछि जाँच गर्दा अन्डरवेयरमा प्लास्टिकले बेरेको अवस्थामा सुन जस्तो देखिने पह... ...

नेपालखबर
दुई अवस्थामा कांग्रेसका नेता–कार्यकर्ता स्वतः निलम्बनमा पर्ने
Latest NewsJust now

दुई अवस्थामा कांग्रेसका नेता–कार्यकर्ता स्वतः निलम्बनमा पर्ने

काठमाडौँ । नेपाली कांग्रेसले विधान संशोधन गरेर दुई अवस्थामा पार्टीका नेता कार्यकर्ता स्वतः निलम्बनमा पर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगमा बुझाएको १५औँ महाधिवेशनबाट संशोधन गरिएको विधानमा पार्टीका विभिन्न तहका... ...

रातोपाटी
न्यायपालिकाको पुनर्संरचनालाई सरकारको सुशासनसँग जोडेर हेरिनुपर्छ
Latest NewsJust now

न्यायपालिकाको पुनर्संरचनालाई सरकारको सुशासनसँग जोडेर हेरिनुपर्छ

लोकतन्त्र केवल आवधिक निर्वाचन, सरकार गठन र राजनीतिक दलहरूको प्रतिस्पर्धाबाट मात्र संस्थागत हुँदैन । लोकतन्त्रको वास्तविक आधार स्वतन्त्र न्यायपालिका, विधिको शासन, मानव अधिकारको संरक्षण र राज्यका सबै निकायको संवैधानिक जबाफदेहिता... ...

रातोपाटी
यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधारको आवश्यकता
Latest NewsJust now

यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधारको आवश्यकता

काठमाडौं, कात्तिक ३० गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यौन हिंसासम्बन्धी तयार पारेको विधेयकमा सरोकारवालाहरुले थप सुधारको आवश्यकता औंल्याएका छन् । महिला, कानुन र विका... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play