Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। झापामा जिल्ला प्रशासन कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय गौरीगन्ज र इलाका प्रशासन कार्यालय दमकबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र कार्ड वितरण गर्ने कार्य भइरहेको छ। जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि आठ लाख ६४ हजार ८१६ जनाको विवरण दर्ता भएकामा पाँच लाख ५३ हजार ५४८ जनाको कार्ड केन्द्रबाट प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जानकारी दिए। केन्द्रबाट प्राप्त भइसकेका एक लाख एक हजार ८४४ राष्ट्रिय परिचयपत्रको कार्ड वितरणका लागि तयारी अवस्थामा छन्। मृत्यु भएका, वैदेशिक रोजगारीमा गएका, काम विशेषले जिल्ला बाहिर रहेकाको राष्ट्रिय परिचयपत्रको कार्ड वितरण हुन नसकेको रायमाझीले बताए। “राष्ट्रिय परिचयपत्रको कार्ड लिनका लागि सम्बन्धित व्यक्ति आफैँ उपस्थित हुनुपर्ने प्रावधान छ”, उनले भने। चालु आवको साउन, भदौ र असोज महिनामा जिल्ला प्रशासन कार्यालयबाट २४ हजार ६४६ जनाको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन, तीन हजार ७७८ जनाको नागरिकता वितरण, चार हजार ४४८ जनाको नागरिकताको प्रतिलिपि वितरण, तीन हजार १३९ जनाको राहदानी वितरण र पाँच हजार ७३६ जनाको राहदानी सिफारिस गरिएको त्रैमासिक प्रगति प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार नागरिकताको वंशजतर्फ तीन हजार ५३५ वटा, वैवाहिक अङ्गीकृततर्फ १८० वटा, अङ्गीकृत ४६ वटा, गैरआवासीय १६ वटा र जन्मसिद्ध आधारमा एउटा नागरिकता वितरण भएको छ। सर्वसाधारणलाई छिटो, छरितो र सरल ढङ्गले सेवा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालयले फेसलेस सेवा र शून्य बाँकी आवेदन अभियान सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। राहदानी र राष्ट्रिय परिचयपत्रका लागि अग्रिम आवेदन दिएर लामो अवधिदेखि प्रतीक्षामा रहेका सेवाग्राहीलाई बिहानैदेखि र बिदाका दिन सेवा दिएर पुराना आवेदनलाई शून्यमा झारिएको छ। हाल आजको आजै आवेदन दिने र वायोमेट्रिक गर्ने सुविधा उपलब्ध रहेको पोखरेलले जानकारी दिए। सेवाग्राहीको सुविधाका लागि प्रशासन कार्यालयमा सेवाग्राही अनुकूलका भौतिक संरचना निर्माण गरिएका छन् भने सहायता कक्षलाई व्यवस्थित तुल्याइएको छ।-रासस The post झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

इन्टरनेटमा रहेका आफ्ना व्यक्तिगत डेटा कसरी मेटाउने ? गुगलमा यी सेटिङ परिवर्तन गर्नुहोस्
प्रविधिJust now

इन्टरनेटमा रहेका आफ्ना व्यक्तिगत डेटा कसरी मेटाउने ? गुगलमा यी सेटिङ परिवर्तन गर्नुहोस्

काठमाडौं । इन्टरनेटको प्रयोग बढ्दै जाँदा प्रयोगकर्ताका व्यक्तिगत जानकारी पनि विभिन्न डिजिटल प्लेटफर्ममा संकलित भइरहेका छन् । हामीले गुगलमा के खोज्छौँ, युट्युबमा कस्ता भिडियो हेर्छौँ वा कुन वेबसाइट प्रयोग गर्छौँ भन्ने विवरण प्रविधि कम्पनीहरूले संकलन गर्ने गर्छन् । कतिपय अवस्थामा लोकेसन तथा अनलाइन गतिविधिसम्बन्धी जानकारी समेत रेकर्ड हुने गर्दछ ।यस्ता विवरणको प्रयोग कम्पनीहरूले प्रयोगकर्ताको रुचि र व्यवहार बुझ्न तथा सोहीअनुसार ...

आइसिटी समाचार
ह्वाट्सएपमा सबैका लागि डिलिट गरिएका मेसेज पनि पढ्न सकिन्छ, यस्तो छ तरिका
प्रविधिJust now

ह्वाट्सएपमा सबैका लागि डिलिट गरिएका मेसेज पनि पढ्न सकिन्छ, यस्तो छ तरिका

काठमाडौं । मेटाको लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा प्रयोगकर्ताको गोपनीयता र सुविधालाई ध्यानमा राख्दै विभिन्न फिचर उपलब्ध छन् । त्यसमध्ये ‘Delete for Everyone’ फिचर पनि एक हो । यसले प्रयोगकर्तालाई आफूले पठाएको मेसेज प्रापकले हेर्नुअघि नै दुवै पक्षको च्याटबाट हटाउने सुविधा दिन्छ ।तर, कसैले पठाएको मेसेज डिलिट गरेपछि त्यसमा के लेखिएको थियो भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । विशेष गरी प्रेषकले ...

आइसिटी समाचार
कलदेखि भिडियो च्याटसम्मको सुविधा, सार्वजनिक भयो कलएक्सा एप
प्रविधिJust now

कलदेखि भिडियो च्याटसम्मको सुविधा, सार्वजनिक भयो कलएक्सा एप

काठमाडौं । अपरिचित नम्बरबाट फोन आउँदा कसले र के प्रयोजनका लागि फोन गरेको हो भन्ने जानकारी पाउन सहज बनाउने उद्देश्यसहित नयाँ सञ्चार एप ‘कलएक्सा’ (Callexa) नेपालमा सार्वजनिक भएको छ ।‘नो ह्वाई, बिफोर यु आन्सर’ अर्थात् ‘फोन उठाउनुअघि नै कसले र किन गरेको हो थाहा पाउनुहोस्’ भन्ने नारासहित विकसित एपले कलिङ, म्यासेजिङ, सामाजिक सञ्जाल र सामुदायिक सेवाहरूलाई एउटै प्लेटफर्ममा उपलब्ध गराउने ...

आइसिटी समाचार
बेलायती डाटा सेन्टर कम्पनी आर्कलाई ५ अर्ब डलरमा किन्न अमेरिकी लगानी कम्पनी टीपीजीको प्रयास
प्रविधिJust now

बेलायती डाटा सेन्टर कम्पनी आर्कलाई ५ अर्ब डलरमा किन्न अमेरिकी लगानी कम्पनी टीपीजीको प्रयास

बेलायती डाटा सेन्टर कम्पनी आर्कलाई करिब ५ अर्ब डलर मूल्यांकनमा खरिद गर्न अमेरिकी लगानी कम्पनी टीपीजीले छलफल गरिरहेको फाइनान्सियल टाइम्सले जनाएको छ। बुधबार प्रकाशित समाचारअनुसार टीपीजीले आर्कको स्वामित्व रहेको इलियट इन्भेस्टमेन्ट म्यानेजमेन्टसँग खरिदबारे छलफल गरिरहेको छ। यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै एफटीले वार्ता जारी रहे पनि सम्झौता हुने निश्चित नभएको जनाएको छ। उक्त समाचारको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको र टिप्पणीका ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play