Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

झापाको भालुखोप जंगलबाट ठूलो परिमाणमा फर्सीको बियाँ बरामद

Share:WhatsAppFacebookX (Twitter)Telegram
झापाको भालुखोप जंगलबाट ठूलो परिमाणमा फर्सीको बियाँ बरामद
Photo / Coverage: हिमालय टाइम्स

झापा । झापाको मेचीनगर नगरपालिका–१ भालुखोप जंगलबाट सशस्त्र प्रहरीले शनिबार साढे १९ टन फर्सीको बियाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र टोलीले जंगलमा लुकाएर राखिएको १९ हजार ४०० किलोग्राम फर्सीको बियाँ बरामद गरेको हो । झापा र इलामको सीमावर्तीजंगल क्षेत्रमा फर्सीको बियाँ लुकाएर राखिएको सूचना पछि सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यको नेतृत्वमा प्रहरी परिचालित भएको थियोे । सोही टोलीले जंगल क्षेत्रमा लुकाएर राखिएका ४८५ बोरा फर्सीको बियाँ फेला पारेको हो। घटनास्थलबाट प्रहरीले स्थानबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ । घटनाको अनुसन्धान भइरहेको छ । शनिबार र आइतबार सार्वजनिक बिदा भएकोले अनुसन्धान प्रक्रिया निष्कर्षमा पुग्न समय लाग्ने सशस्त्र प्रहरीले जनाएको छ । फर्सीको बियाँ कसले र कुन प्रयोजनका लागि जंगलमा लुकाएको हो स्पष्ट हुन सकेको छैन । बरामद फर्सीको बियाँ र मोबाइल फोन मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ । जंगलमा लुकाएर राखिएको फर्सीको बियाँ फेला परेसँगै सीमा क्षेत्रबाट अवैध ओसारपसार भइरहेको स्पष्ट भएको छ । नेपाली बजारमा फर्सीको बियाँको मूल्य गुणस्तर, प्रकार स्थानअनुसार फरकफरक रहेको छ। बोक्रा निकालेको, ननिकालेको, स्वदेशी, आयातित बियाँको मूल्य फरक हुने गरेको छ ।​ सामान्यत : आयातित बियाँ बोक्रा निकालिएको खानयोग्य फर्सीको बियाँको मूल्य प्रतिकिलो ९५० देखि १ हजार ६५० सम्म पर्दछ। ​प्रिमियम तथा अर्गानिक स्थानीय नेपाली स्थानीय स्तरमा उत्पादित अर्गानिक, उच्च गुणस्तर र प्याकेजिङ गरिएको बियाँको मूल्य प्रतिकिलो एक हजार ८०० देखि २ हजार ५०० रुपैयाँसम्म पर्छ । भन्सार मूल्यांकनका आधारमा ठूलो परिमाणमा खरिद-बिक्री हुँदा बोक्रासहितको बियाँको थोक मूल्य प्रतिकिलो ६०० देखि ८५० रुपैयाँसम्म पर्ने व्यवसायीहरू बताउँछन् । यद्यपि, शनिबार बरामद भएको बियाँको यकिन मूल्य प्रहरीले खुलाएको छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा
Latest NewsJust now

उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा... ...

रातोपाटी
नेपालमा खुल्ने आइआइटीमा पहाडी तथा हिमाली इन्जिनियरिङ पढाउन विज्ञको सुझाव [भिडियो]
Latest NewsJust now

नेपालमा खुल्ने आइआइटीमा पहाडी तथा हिमाली इन्जिनियरिङ पढाउन विज्ञको सुझाव [भिडियो]

नेपालको भौगोलिक अवस्था र विकासका आवश्यकताअनुसारका इन्जिनियरिङ विषयलाई प्राथमिकता दिन विज्ञहरूले सुझाव दिएका छन्। ...

हाम्राकुरा
स्वास्थ्य समस्या देखिएका सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार
Latest NewsJust now

स्वास्थ्य समस्या देखिएका सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौँ। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० निवासी १९ वर्षीया सुत्केरी महिला र उनको नवजात शिशुमा स्वास्थ्य समस्या देखिएपछि हवाई उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ। सुत्केरी महिलामा स्वास्थ्य समस्या देखिनुका साथै नवजात शिशु जन्मँदा कम तौल भएको र स्वास्थ्यमा जटिलता देखिएपछि दुवैलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत ल्याइएको थियो। सुर्खेतमा नवजात शिशुको थप उपचार सम्भव नभएपछि नियमित हवाई उडानमार्फत काठमाडौंस्थित ...

लुम्बिनी सञ्चार
किसानबाट एभोकाडो ६० रुपैयाँमा, उपभोक्तालाई भने २०० रुपैयाँ
Latest NewsJust now

किसानबाट एभोकाडो ६० रुपैयाँमा, उपभोक्तालाई भने २०० रुपैयाँ

धनकुटामा एभोकाडोको बगैंचा विस्तार र उत्पादन बढे पनि बजार व्यवस्थापनमा चुनौती भएपछि धनकुटा नगरपालिकाले आन्तरिक बजारसँगै अन्य जिल्ला र विदेशसम्म एभोकाडो पुर्‍याउने सम्भावनाको खोजी गर्न थालेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement