Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

झण्डै १० करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा नासुविरुद्ध मुद्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
झण्डै १० करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा नासुविरुद्ध मुद्दा
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । भूमिसुधार विभागअन्तर्गतका भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत रहँदा पदको दुरुपयोग गरी आचार्यले ९ करोड ७२ लाख ७१ हजार ९९८ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ । आयोगले आचार्य, उहाँकी श्रीमती ललिता राजभण्डारी र अन्य व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो । आचार्य २०५४ साल माघदेखि सरकारी सेवामा प्रवेश गरी विभिन्न सार्वजनिक पदमा रहनुभएको थियो । आयोगले २०८० साल मंसिर २१ गतेसम्मको अवधिको सम्पत्ति तथा आयव्यय छानबिन गरेको जनाएको छ । आचार्य खोटाङको जिल्ला विकास समितिको कार्यालयमा गाविस सचिवका रूपमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । आयोगका अनुसार उक्त अवधिमा आचार्य र उहाँको एकाघर परिवारका सदस्यको वैधानिक आम्दानी ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ पैसा रहेको देखिएको छ । पारिश्रमिक, तलबभत्ता, श्रीमतीको आम्दानी, बचत, घरजग्गा बिक्री, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त कर्जा, कृषि आय र ब्याज आम्दानीलाई वैधानिक आयका स्रोतका रूपमा गणना गरिएको आयोगले जनाएको छ । तर, सोही अवधिमा जग्गा तथा घरजग्गा खरिद, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, विभिन्न कम्पनीमा लगानी, सवारीसाधन खरिद, अध्ययन खर्च, सेयर खरिद तथा बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानीलगायतका शीर्षकमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको आयोगको भनाइ छ । वैधानिक आम्दानी र खर्च तथा लगानीबीचको अन्तरका आधारमा ९ करोड ७२ लाख ७१ हजार ९९८ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको आयोगको दाबी छ । आयोगका अनुसार उक्त सम्पत्ति आचार्यले श्रीमती तथा परिवारका अन्य सदस्यको नाममा राख्नुका साथै विभिन्न व्यक्ति र कम्पनीमार्फत सम्पत्ति खरिदबिक्री तथा लगानी गरेका थिए । त्यस्तै, आपराधिक गतिविधिबाट आर्जित सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले सम्पत्ति स्थापना, तहकीकरण र एकीकरणसमेत गरेको आयोगको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हेलिकोप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि मेडिसिटी अस्पताल ल्याइँदै
Economy & BusinessJust now

हेलिकोप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि मेडिसिटी अस्पताल ल्याइँदै

काठमाडौं– सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकोप्टर दुर्घटनामा घाइते भएका व्यक्तिलाई प्रभु हेलिकोप्टरमार्फत उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइँदैछ। फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर अवतरणका क्रममा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने ...

आजको अर्थ
न्यायाधीशहरुमाथिको छानबिनले मात्र सुध्रेला राज्यसंयन्त्र ?
Economy & BusinessJust now

न्यायाधीशहरुमाथिको छानबिनले मात्र सुध्रेला राज्यसंयन्त्र ?

काठमाडौं - कहिल्यै नाम नसुनिएका एक जना कलिलो उमेरका बिचौलिया इनम सापकोटाको कनेक्सनको कारण मात्र राज्यको बेथितीको अवस्था होइन । यस्ता अनेक बिचौलियाहरु अहिले मात्र देखिएका होइनन् । इनम प्रकरणमा प्रधानन्यायधीशदेखि न्यायधीशसम्मका हाइप्रोफाइलहरु जोडिएका समाचारहरु आएका ...

आजको अर्थ
भारतीय नौसेनाद्वारा सोमालियाको तटनजिक समुद्री डाकुको कब्जाबाट जहाज मुक्त, २० जनाको सकुशल उद्धार
Economy & BusinessJust now

भारतीय नौसेनाद्वारा सोमालियाको तटनजिक समुद्री डाकुको कब्जाबाट जहाज मुक्त, २० जनाको सकुशल उद्धार

काठमाडौं । भारतीय नौसेनाले सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको कब्जामा रहेको माछा मार्ने जहाज ‘अजिनी’लाई मुक्त गराएको छ । ४८ घण्टाभन्दा बढी समय सञ्चालन गरिएको समन्वित कारबाहीमार्फत जहाजमा रहेका सबै २० जना चालक दलका सदस्यलाई सकुशल उद्धार गरिएको भारतीय नौसेनाले जनाएको छ । नौसेनाका अनुसार घटनामा कसैको मृत्यु वा चोटपटक लागेको छैन । … ...

आर्थिक न्यूज
भैरहवा भन्सारले तीन महिनामै उठायो ३३ अर्ब राजस्व, लक्ष्यभन्दा ४ अर्ब बढी
Economy & BusinessJust now

भैरहवा भन्सारले तीन महिनामै उठायो ३३ अर्ब राजस्व, लक्ष्यभन्दा ४ अर्ब बढी

भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब ३४ करोड ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play