ज्यामरुककोटको पुरानो खुडामा कुँदिएका आठ नाम, के होला यसको रहस्य?

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ मा ऐतिहासिक ज्यामरुककोट अवस्थित छ । यहीँ खड्गभवानीको कोत पनि छ । यस कोतको इतिहास तत्कालीन पर्वत राज्यसँग जोडिएको छ । यहाँ राजा भर्तिबम मल्लसँग सम्बन्धित अनेकौँ कथा सुनिन्छन् । कोतमा पुराना हतियारहरू पनि छन् । तीमध्ये एउटा खुडाले विशेष ध्यान आकर्षित गर्छ । यो खुडा वि.सं. २००३ मा चढाइएको खुँडामा अंकित मितिले स्पष्ट हुन्छ । यसको सबैभन्दा रोचक पक्ष भनेको यसमा कुँदिएका आठ व्यक्तिका नाम र नम्बर हुन् । खुडामा लेखिएका नामले धेरै प्रश्न उठाउँछन् । यी व्यक्ति को थिए ? उनीहरूबीच कस्तो सम्बन्ध थियो ? उनीहरू सैनिक सेवामा थिए कि थिएनन् ? उनीहरूको सम्बन्ध ज्यामरुककोटसँग कसरी जोडियो ? यी प्रश्नको उत्तर खोज्न अझै बाँकी छ । खुडामा कुँदिएका आठ नाम खुडामा यस प्रकारका नाम र नम्बर उल्लेख छन् । १. नम्बर १८१९ — सु रु सी नायक छेत्री एम ली २. नम्बर १९०८ — ज ख बा. थापा छेत्री ३. नम्बर २७२५ — ना न बा. घिमिरे छेत्री ४. नम्बर ९५०७४ — ले ना ब बा. षची छेत्री ५. नम्बर २७४० — ब बा. मल्ल ६. नम्बर ६५७०२ — इ बा. कार्की छेत्री ७. नम्बर १००१९५ — भि बा. मल्ल र ८. नम्बर ९५८०१ — बे बा कबिर । यी नाम र नम्बर खुडाको इतिहास बुझ्ने मुख्य आधार हुन् । तर केही अक्षर स्पष्ट देखिँदैनन् । स्थानीय बुझाइअनुसार यी व्यक्तिहरू गोरखा राइफल्स वा भारतीय सेनासँग सम्बन्धित हुन सक्छन् । तर यसको आधिकारिक पुष्टि भइसकेको छैन । उनीहरू कुन पल्टनमा थिए भन्ने पनि खुलेको छैन । स्थानीय बुद्धिजिवी भीमबहादुर सापकोटाका अनुसार यदि उनीहरूको सैनिक अभिलेख भेटिएमा धेरै कुरा स्पष्ट हुन सक्छ । उनीहरूको पूरा नाम, पुर्ख्यौली थलो र सैनिक सेवासम्बन्धी जानकारी प्राप्त गर्न सकिन्छ । खुडा ज्यामरुककोटमा कसरी आइपुग्यो भन्ने प्रश्नको उत्तर पनि भेटिन सक्छ । इतिहास बोकेको ज्यामरुककोट ज्यामरुककोटको इतिहास निकै पुरानो मानिन्छ । स्थानीय इतिहासमा राजा भर्तिबम मल्लको नाम विशेष रूपमा आउँछ । स्थानीय भनाइअनुसार उनी ज्यामरुककोटका अन्तिम राजा थिए । भर्तिबम मल्ल र मलेवम मल्लबीचको सम्बन्धसँग जोडिएका विभिन्न कथा यहाँ प्रचलित छन् । उनीहरूको सत्ता संघर्ष र भर्तिबमको अन्त्यबारे पनि किंवदन्तीहरू सुनिन्छन् । यी कथाको सत्यता बुझ्न थप ऐतिहासिक अध्ययन आवश्यक छ । कुनै समय ज्यामरुककोटमा दरबार र सुरक्षासम्बन्धी संरचनाहरू थिए भनिन्छ । हतियार राख्ने ठाउँ पनि थियो । अहिले ती संरचनाका धेरै अवशेष हराइसकेका छन् । केही पुराना हतियार र अन्य सामग्रीले भने विगतको सम्झना दिलाइरहेका खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर सुवेदीले बताउनुभयो । उहाँका अनुसार कोतमा रहेको यो खुडा महत्वपूर्ण छ । यसले इतिहासका केही पाटा उजागर गर्न सक्छ । यसलाई सुरक्षित राख्नु आवश्यक छ । संरक्षणसँगै अनुसन्धान पनि आवश्यक ज्यामरुककोटलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास भइरहेको छ । यहाँको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्व दुवै छन् । तर इतिहास चिनाउने सम्पदा हराउँदै गएमा यसको मौलिक पहिचान कमजोर हुनसक्ने स्थानीय बुद्धिजीविहरुले बताएका छन् । खुडामा कुँदिएका आठै जनाको पहिचान खोज्नुपर्छ । पुराना अभिलेख र सैनिक दस्तावेजहरूको अध्ययन गर्नुपर्छ । स्थानीय ज्येष्ठ नागरिक तथा सम्बन्धित परिवारसँग पनि जानकारी लिन सकिने अध्यक्ष सुवेदीले बताउनुभयो । स्थानीय बुद्धिजीवि टीकाबहादुर कार्कीका अनुसार खुडाको स्पष्ट तस्बिर खिचेर त्यसमा कुँदिएका अक्षरहरूको अभिलेख राख्नुपछ {। यसको उमेर, बनावट र इतिहासबारे जानकार व्यक्तिबाट अध्ययन गराउनुपर्छ । स्थानीय सरकार र कोत व्यवस्थापन समितिले यस काममा पहल गर्न सक्छन् । त्यसैगरी खड्गभवानी कोतका पुजारी हरिप्रसाद शर्माले भन्नुभयो “यो खुडा केवल एउटा पुरानो हतियार होइन । यसमा आठ व्यक्तिका नाम र नम्बर कुँदिएका छन् । ती नामभित्र कुनै परिवारको इतिहास लुकेको हुन सक्छ । सैनिक सेवाको कथा लुकेको हुन सक्छ । ज्यामरुककोटसँग जोडिएको कुनै पुरानो सम्बन्ध पनि हुन सक्छ ।” उहाँका अनुसार आज यसको सबै रहस्य खुलेको छैन । तर खोजी सुरु गर्न सकिन्छ । प्रमाण जुटाउन सकिन्छ । इतिहास सुरक्षित राख्न सकिन्छ । ज्यामरुककोटको खड्गभवानी कोतमा रहेको यो खुडाले ऐतिहासिक सम्पदाको संरक्षणको महत्वसँगै त्यसमा लुकेको इतिहास खोज्नुपर्ने आवश्यकतालाई पनि उजागर गरेको छ। पुराना वस्तु सुरक्षित राख्नु मात्र पर्याप्त हुँदैन, तिनको उत्पत्ति, पहिचान र ऐतिहासिक सन्दर्भ पत्ता लगाएर भावी पुस्ताका लागि अभिलेख राख्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान
यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म ... ...

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी
काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी छन् । नेपालले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका ३ वटै परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार स्वीकृत गरेको हो । […] ...

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका विभिन्न परियोजना अनुकूलन कोषबाट स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी... ...

पाकिस्तानमा एलपीजी ग्यास सिलिन्डरको मूल्यले छोयो आकाश
पाकिस्तानमा एलपीजी ग्यास सिलिन्डरको मूल्य ह्वात्तै बढेको छ। ...


