काठमाडौं । नवलपरासी पूर्व र भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–७ हरिहर टोलस्थित ५३ वर्षीय शंकर जिसीको घरमा जुवातास खेलिरहेको अवस्थामा जिसीसहित आठ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको टोलीले उनीहरूलाई ४१ हजार ५७० रुपैयाँ नगद र तीन बुक ताससहित पक्राउ गरेको हो । त्यस्तै, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–७ धुन्चे हाइटस्थित ५२ वर्षीय प्रदीपकुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित पाँच जनालाई शुक्रबार दिउँसो पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूलाई ४७ हजार ६०० रुपैयाँ नगद र तीन बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । The post जुवातास खेलिरहेका १३ जना पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
जुवातास खेलिरहेका १३ जना पक्राउ

Read Complete Original Article
Published originally on कर्पोरट खबर





