Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा
Photo / Coverage: केन्द्रबिन्दु

अन्ताल्या । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा कोप–३१ जलवायु सम्मेलन निष्कर्षविहीन हुने जोखिम बढेको छ। निर्धारित समयभन्दा ४० घण्टाभन्दा बढी बितिसक्दा पनि करिब २०० राष्ट्रबीच सम्झौता हुन सकेको छैन। सम्मेलनका सहआयोजक टर्की र अस्ट्रेलियाले अन्तिम समयमा अघि सारेको प्रस्तावमा जीवाश्म इन्धन त्याग्ने स्पष्ट प्रतिबद्धता समावेश नभएपछि युरोपेली सङ्घ (इयु) र जलवायु परिवर्तनको जोखिममा रहेका साना टापु राष्ट्रहरूले विरोध गरेका छन्। आयरल्यान्डका जलवायुमन्त्री डाराग ओब्रायनले प्रस्तावित दस्तावेजमा जलवायु सङ्कट सामना गर्न आवश्यक महत्वाकाङ्क्षा नरहेको बताएका छन्। साउदी अरबजस्ता तेल उत्पादक राष्ट्रहरूले भने जीवाश्म इन्धनसम्बन्धी स्पष्ट प्रतिबद्धताको विरोध गरेका छन्। शनिबार टर्की र अस्ट्रेलियाले इयु तथा साउदी अरबबीच आकस्मिक बैठक गराए पनि सहमति जुट्न सकेन। पछिल्लो मस्यौदामा सन् २०२३ मा गरिएको जीवाश्म इन्धनबाट टाढिने विश्वव्यापी प्रतिबद्धतालाई अप्रत्यक्ष रूपमा मात्रै उल्लेख गरिएको छ। एन्टिगुवा र बार्बुडाका वातावरणमन्त्री माइकल जोसेफले पनि मस्यौदाप्रति असन्तुष्टि जनाएका छन्। मस्यौदामा जीवाश्म इन्धन उद्योगले समर्थन गर्दै आएको कार्बन सङ्कलन प्रविधि विस्तार गर्ने प्रस्तावसमेत समेटिएको छ। वातावरणीय अभियानकर्मीहरूले यस्तो प्रस्तावले प्रदूषण नियन्त्रणमा सहयोग नगर्ने भन्दै सम्झौता अस्वीकार गर्न आग्रह गरेका छन्। विवाद समाधानका लागि टर्की र अस्ट्रेलियाले विद्युतीकरणलाई विकल्पका रूपमा अघि सारेका छन्। मस्यौदामा सन् २०३५ सम्म कुल अन्तिम ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्‍याउने प्रस्ताव छ। तर, उक्त विद्युत् नवीकरणीय ऊर्जाबाटै उत्पादन हुनुपर्ने बाध्यता राखिएको छैन। यसैबीच साउदी अरब, भारत र केन्याले जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) का आगामी प्रतिवेदन प्रकाशनमा ढिलाइ गर्न खोजेपछि अर्को विवाद थपिएको छ। सन् २०२८ मा हुने विश्वव्यापी उत्सर्जन न्यूनीकरण प्रयासको समीक्षाअघि नै प्रतिवेदन सार्वजनिक गर्न युरोप, अफ्रिका र प्रशान्त क्षेत्रका दर्जनौँ राष्ट्रले माग गरेका छन्। पेरिस जलवायु सम्झौताले तय गरेको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य हासिल गर्ने विषयमा पनि राष्ट्रहरूबीच मतभेद छ। जलवायु अनुकूलनका लागि प्रस्ताव गरिएको एक खर्ब २० अर्ब अमेरिकी डलरको लक्ष्य मस्यौदाबाट हटाइएपछि विकासशील राष्ट्रहरू थप असन्तुष्ट बनेका छन्। जलवायु परिवर्तनको असर सामना गर्न आवश्यक आर्थिक दायित्व धनी राष्ट्रहरूले पूरा नगरेको उनीहरूको गुनासो छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हङकङको चिमसा चोईमा कारले दियो पैदलयात्रीलाई ठक्कर, एकको मृत्यु तीन जना घाइते
Latest NewsJust now

हङकङको चिमसा चोईमा कारले दियो पैदलयात्रीलाई ठक्कर, एकको मृत्यु तीन जना घाइते

हङकङको व्यस्त किनमेल क्षेत्र चिमसा चोईमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार दिउँसो करिब २:३० बजे प्राट एभिन्युमा गुडिरहेको एउटा कारले पहिले सडकबत्तीको पोल र अर्को सवारीसाधनलाई ठक्कर दिएको थियो। त्यसपछि अनियन्त्रित बनेको कार सडकपेटीमा चढ्दा पैदलयात्रीहरूलाई ठक्कर दिएको हो। दुर्घटनामा दुई पुरुष र द... ...

नेपालखबर
एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित
Latest NewsJust now

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । पहिलो जित दर्ता गर्ने क्रममा नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध ६ विकेटको जित निकालेको हो । नेपालले पहिलो खेलमा भारत ‘ए’ विरुद्ध ३०६ रनको पराजय व्यहोरेको थियो । आज भने नेपालले उत्कृष्ट […] ...

लोकपथ
नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग
Latest NewsJust now

नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग

काठमाडौँ । नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्धका बारेमा पुन:परिभाषा गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल–भारत नीति विमर्शअन्तर्गत आइतबार भएको एसियन सांस्कृतिक सम्पदा विषयक प्रस्तुतिका क्रममा दुवै देशका संस्कृतिसम्बद्ध निकाय एवं... ...

रातोपाटी
नेपाल-भारत सांस्कृतिक सम्बन्ध पुनःपरिभाषित गर्नुपर्नेमा जोड
Latest NewsJust now

नेपाल-भारत सांस्कृतिक सम्बन्ध पुनःपरिभाषित गर्नुपर्नेमा जोड

काठमाडौँ। नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई नयाँ पुस्ताको सोच र आकाङ्क्षाअनुसार पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिइएको छ। नेपाल–भारत नीति विमर्शअन्तर्गत आइतबार आयोजित एसियाली सांस्कृतिक सम्पदासम्बन्धी प्रस्तुतिमा दुवै देशका संस्कृतिसम्बद्ध निकाय तथा सरोकारवालाले यस्तो धारणा राखेका हुन्। इन्डिया फाउन्डेसनकी रमी नीरञ्जन देसाईंले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुनःपरिभाषित गर्न आवश्यक रहेको बताइन्। नयाँ पुस्ताको सोच र आकाङ्क्षाले दुवै देशका युवालाई प्रभावित पारिरहेको सन्दर्भमा ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement