Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

जीवाश्म इन्धनमा सहमति जुटेन, टुंगियो कोप–३१ सम्मेलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
जीवाश्म इन्धनमा सहमति जुटेन, टुंगियो कोप–३१ सम्मेलन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) ठोस साझा निष्कर्षमा पुग्न नसकी टुंगिएको छ । जलवायु संकटको प्रमुख कारण जीवाश्म इन्धनलाई अन्तिम सम्झौताको दस्तावेजमा उल्लेख नगरेपछि युरोपेली संघ (ईयू), बेलायत तथा केही विकासशील देशले प्रस्तावित सम्झौता अस्वीकार गरेका हुन् । टर्कीको अन्ताल्यामा टर्की र अस्ट्रेलियाको संयुक्त अध्यक्षतामा आयोजित सम्मेलनको मुख्य निष्कर्षका रूपमा प्रस्ताव गरिएको ‘अन्ताल्या प्याक्ट’ मा जीवाश्म इन्धनबाट बाहिरिने विषय समेटिएको थिएन । यही विषयलाई लिएर सम्मेलनको अन्तिम चरणमा मतभेद चुलिएको थियो । सम्मेलन शुक्रबार सकिने तय भए पनि सहमति जुटाउन नसक्दा आइतबार दिउँसोसम्म लम्बिएको थियो । जलवायु सम्मेलनको इतिहासमै सबैभन्दा लामो बनेको यसपटकको वार्तामा मुख्य दस्तावेज पारित हुन सकेन । युरोपेली संघका तर्फबाट बोल्दै आयरल्यान्डका वातावरणमन्त्री ड्याराग ओब्रियनले प्रस्तावित दस्तावेज वर्तमान जलवायु संकटको आवश्यकता सम्बोधन गर्न असफल भएको बताए । ‘यो प्रस्तावित निर्णयले अहिलेको समयको आवश्यकता पूरा गर्न सकेन । विज्ञानले देखाएको तथ्यलाई सम्बोधन नगर्ने र विश्वव्यापी प्रतिबद्धता तथा आवश्यक कार्यबीचको खाडल अझ बढाउने निर्णयलाई हामी समर्थन गर्न सक्दैनौं,’ उनले भने, ‘यसमा जीवाश्म इन्धनको उल्लेखसमेत छैन ।’ उनले जीवाश्म इन्धनलाई हरित देखाउने प्रयासलाई स्वीकार गर्न नसकिने भन्दै ईयूले प्रस्तावित सम्झौतालाई समर्थन नगर्ने स्पष्ट पारे । ईयूको आपत्तिपछि पानामा, मार्शल आइल्यान्ड्स र नर्वेले पनि प्रस्तावित दस्तावेजप्रति असन्तुष्टि जनाएका थिए । साना टापु राष्ट्रहरू तथा कम विकसित देशका प्रतिनिधिहरूले समेत सम्झौतामा जीवाश्म इन्धनबाट संक्रमणको विषय समेटिनुपर्ने माग गरेका थिए । अन्ताल्या प्याक्टमा देशहरूलाई अर्थतन्त्र विद्युतीकरण गर्न प्रोत्साहित गर्ने, जलवायु परिवर्तनको प्रभाव सामना गर्न गरिब देशलाई धनी देशले आर्थिक सहायता उपलब्ध गराउने तथा पेरिस सम्झौताले तय गरेको १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको सीमा नाघ्ने जोखिम न्यून गर्ने विषय समेटिएको थियो । तर, १३० भन्दा बढी देशले माग गरेको जीवाश्म इन्धनबाट क्रमिक रूपमा बाहिरिने प्रतिबद्धता दस्तावेजमा समेटिएन । कार्बन क्याप्चर एन्ड स्टोरेज (सीसीएस) प्रविधिसम्बन्धी प्रावधान पनि दस्तावेजमा राखिएको थियो । उक्त प्रविधिले जीवाश्म इन्धनको प्रयोगलाई निरन्तरता दिन सक्ने भन्दै कतिपय देशले आलोचना गरेका थिए । सीसीएस प्रविधि समेटिएको प्रावधानको साउदी अरबले भने बचाउ गरेको थियो । अफ्रिकी समूह, चीन र पाकिस्तानले सम्झौताका केही प्रावधानप्रति असन्तुष्टि जनाए पनि समग्र दस्तावेजको विरोध गरेनन् । पाकिस्तानले सम्झौताका केही विषयमा असहमति भए पनि बाँकी विषयलाई त्याग्न नहुने धारणा राख्दै जलवायु कार्यलाई आफूअनुकूल विषय छनोट गर्ने विकल्पका रूपमा लिन नहुने बताएको थियो । घानाले पनि वार्ताको प्रक्रियाप्रति आलोचना गर्दै बहुपक्षीय सहकार्यबाट पछि हट्न नहुने धारणा राखेको थियो । सम्मेलनको मुख्य दस्तावेज पारित हुन नसके पनि उच्च कार्बन उत्सर्जन गर्ने उद्योगबाट न्यून कार्बन अर्थतन्त्रतर्फ संक्रमण गर्दा श्रमिकलाई सहयोग गर्ने ‘जस्ट ट्रान्जिसन’ लगायतका विषयमा निर्णय भएको थियो । सम्मेलनका अध्यक्ष टर्कीका वातावरणमन्त्री मुरात कुरुमले मुख्य दस्तावेजमा सहमति नजुटेको स्वीकार गरे । उनले कुनै पक्षमाथि दस्तावेज थोपर्ने प्रयास नगरेको भन्दै सहमति नभएका कारण निर्णय पारित नगरिएको बताए । ‘हामीले सक्दो प्रयास गर्‍यौं । अन्तत: यो दस्तावेज कसैमाथि थोपरेका छैनौं । यसलाई स्वीकार गर वा अस्वीकार गर भन्ने अल्टिमेटम पनि दिएका छैनौं,’ उनले भने, ‘यस दस्तावेजमा विरोध गर्ने पक्षहरू छन् भन्ने स्पष्ट छ । त्यसैले यसमा सहमति जुट्न सकेन र निर्णय पारित भएन ।’ अस्ट्रेलियाका जलवायु परिवर्तनमन्त्री तथा सम्मेलनका सह–अध्यक्ष क्रिस बोवेनले पनि वार्तामा आफ्नो पक्षबाट सक्दो प्रयास गरिएको बताए । तर, विभिन्न देशका अडानबीच सहमति जुटाउन नसकिएको उनको भनाइ थियो । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका कार्यकारी सचिव साइमन स्टिलले सम्मेलनमा अपेक्षित सहमति नजुटेको स्वीकार गर्दै अन्य विषयमा भने प्रगति र ठोस निर्णय भएको बताए । सम्मेलनमा सहभागी पूर्वआयरिस राष्ट्रपति तथा पूर्वसंयुक्त राष्ट्रसंघीय जलवायु दूत मेरी रोबिन्सनले वार्तामा नेतृत्व र तत्परता अभाव देखिएको भन्दै निराशा व्यक्त गरिन् । ‘यी विषयलाई सम्बोधन गर्ने तत्परता देखिएको छैन । यो मेरो लागि निकै निराशाजनक छ,’ उनले भनिन् । जलवायु संकटका कारण विश्वभर तापलहर, खडेरी, बाढी तथा अन्य चरम मौसमी घटनाहरू बढिरहेका बेला सम्मेलनको सुस्त गतिप्रति सहभागीहरूले असन्तुष्टि जनाएका थिए । नेपालमा हिमनदीजन्य विपद् लगायतका घटनासहित विश्वका विभिन्न क्षेत्रमा जलवायुजन्य विपद्ले हजारौंको ज्यान लिइरहेको सन्दर्भमा सम्मेलनले अपेक्षित परिणाम दिन नसकेको भन्दै आलोचना भएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सम्मेलन साझा निष्कर्षमा पुग्न नसकेकोमा निराशा व्यक्त गरेका छन् । ‘समग्र निष्कर्षमा सहमति नजुट्नुमा म गहिरो निराश छु । जलवायु संकटले माग गरेको समयको आवश्यकताअनुसार सरकारहरू अघि बढ्ने अपेक्षा गरेका सबैको निराशा म साझा गर्छु,’ उनले भने । तर, वार्तामा सहमति नजुटे पनि जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथ्यमा कुनै अस्पष्टता नरहेको उनको भनाइ थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कार्तिकनाचमा नरसिंह अवतार
Latest NewsJust now

कार्तिकनाचमा नरसिंह अवतार

ललितपुर, मङ्सिर ७ गते । पाटनको कृष्णमन्दिर डबलीमा देखाइने ऐतिहासिक कार्तिकनाच (कात्ति प्याखँ) का क्रममा आइतबार नरसिंह अवतारद्वारा हिरण्यकशिपुको बध गरिएको छ । कार्तिकनाचको विशेष आकर... ...

गोरखापत्र
मोदीसँग द्विपक्षीय वार्ता र सम्झौता गर्दै प्रधानमन्त्री बालेन, आजै स्वदेश फर्किने
Latest NewsJust now

मोदीसँग द्विपक्षीय वार्ता र सम्झौता गर्दै प्रधानमन्त्री बालेन, आजै स्वदेश फर्किने

काठमाडौं ।भारतको दुईदिने राजकीय भ्रमणमा नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज उच्चस्तरीय राजनीतिक भेटघाट, द्विपक्षीय छलफल, परियोजना उदघाटन तथा सम्झौता आदानप्रदानका कार्यक्रममा व्यस्त हुने भएका छन् । प्रधानमन्त्री शाहलाई सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिने कार्यक्रम छ । त्यसपछि उनले बिहान १०:४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । प्रधानमन्त्री शाहले बिहान ११ बजे हैदरावाद ...

केन्द्रबिन्दु
धरानले जित्यो ताप्लेजुङमा सम्पन्न अलैँची कपको उपाधि
Latest NewsJust now

धरानले जित्यो ताप्लेजुङमा सम्पन्न अलैँची कपको उपाधि

फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक महोत्सव २०८३ को अवसरमा आयोजित प्रतियोगितामा तेह्रथुमको फेदाप गाउँपालिकालाई सडन डेथमा पराजित गर्दै धरान दोस्रो संस्करणको च्याम्पियन बनेको हो। ...

कान्तिपुर
नयाँ नेतृत्व, नयाँ कूटनीति : प्रधानमन्त्री बालेनको भारत भ्रमण किन महत्त्वपूर्ण?
Latest NewsJust now

नयाँ नेतृत्व, नयाँ कूटनीति : प्रधानमन्त्री बालेनको भारत भ्रमण किन महत्त्वपूर्ण?

नयाँ दिल्ली । प्रधानमन्त्री बालेन शाह भारत पुगेका छन्। उनको यो भारत भ्रमण करिब २५ घण्टाको छ। दुई देशको आपसी सम्बन्धको आयाम हेर्दा यो समयावधि छोटो लागे पनि विज्ञहरूले यस भ्रमणलाई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement