Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

मोदीसँग द्विपक्षीय वार्ता र सम्झौता गर्दै प्रधानमन्त्री बालेन, आजै स्वदेश फर्किने

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोदीसँग द्विपक्षीय वार्ता र सम्झौता गर्दै प्रधानमन्त्री बालेन, आजै स्वदेश फर्किने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं ।भारतको दुईदिने राजकीय भ्रमणमा नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज उच्चस्तरीय राजनीतिक भेटघाट, द्विपक्षीय छलफल, परियोजना उदघाटन तथा सम्झौता आदानप्रदानका कार्यक्रममा व्यस्त हुने भएका छन् । प्रधानमन्त्री शाहलाई सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिने कार्यक्रम छ । त्यसपछि उनले बिहान १०:४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । प्रधानमन्त्री शाहले बिहान ११ बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नेछन् । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच ११:५० बजे द्विपक्षीय वार्ता हुनेछ । वार्ताको क्रममा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्मको रेल सेवा, भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माण लगायतका विषयमा १० बुँदामा केन्द्रित रहेर छलफल गर्ने तयारी छ । यी १० बुँदामा विपद् व्यवस्थापन, खेल, स्वास्थ्य, कृषि, शिक्षा, ऊर्जा, सडक, सूचना प्रविधि लगायतका विविध विषय समेटिएका छन् । द्विपक्षीय भेटपछि बालेन र मोदीले दिउँसो १२:३५ बजे विभिन्न परियोजनाको भर्चुअल उदघाटन, समझदारीपत्र (एमओयू) तथा सम्झौता आदानप्रदान र संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय गरिएको छ । अनलाइनखबरलाई आइतबार प्राप्त द्विपक्षीय वार्ताका एजेण्डामा हवाई रुट र सीमा विवादको विषय भने उल्लेख छैन । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेनको सम्मानमा दिउँसो १:१५ बजे दिवाभोज आयोजना गर्नेछन् । भारतीय राष्ट्रपतिलाई भेटर आजै स्वदेश फर्किने त्यसपछि प्रधानमन्त्री बालेनले दिउँसो ३:१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । बालेनको भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य तथा दुई देशबीच विभिन्न क्षेत्रमा सहयोग विस्तारसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ । भेटघाटका कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री शाह आजै अपराह्न ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह भारतको दुई दिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका हुन् । नयाँदिल्ली पुगेकै दिन उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले होटल ताजमहलमा भेटवार्ता गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘नीतिनिर्माताले साहित्य अध्ययन गर्नु आवश्यक’
Latest NewsJust now

‘नीतिनिर्माताले साहित्य अध्ययन गर्नु आवश्यक’

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर ७ गते । सभामुख डोलप्रसाद अर्यालले नीतिनिर्माताले साहित्य अध्ययन गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँमा आइतबार आयोजित ‘बाह्रखरी कथा प्रतियोगिता, २... ...

गोरखापत्र
नमोबुद्ध जात्रा आजदेखि
Latest NewsJust now

नमोबुद्ध जात्रा आजदेखि

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेका राजकुमार महासत्त्वको त्याग र करुणाको किंवदन्तीसँग जोडिएको ऐतिहासिक नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । कात्तिक शुक्ल चतुर्दशीदेखि प्रतिपदासम्म सञ्चालन हुने जात्राको पहिलो दिन आज राति दिवङ्गत पितृहरूको सम्झनामा रातभर दीप प्रज्ज्वलन गर्ने ...

केन्द्रबिन्दु
एआई बूमको दिगोपनमा शङ्का बढेसँगै दक्षिण कोरियाली सेयर बजारमा तीव्र गिरावट
Latest NewsJust now

एआई बूमको दिगोपनमा शङ्का बढेसँगै दक्षिण कोरियाली सेयर बजारमा तीव्र गिरावट

सिओल । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रको तीव्र वृद्धिको दिगोपनबारे चिन्ता बढ्दै जाँदा एसियाली बजारहरू सम्भावित अस्थिरताको सामना गर्न तयार भइरहेका छन्। यसै क्रममा दक्षिण कोरियाको सेयर बजारमा सोमबारको सुरुवाती कारोबारमै तीव्र गिरावट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement