ग्रान्ड थेफ्ट अटोे ६ नोभेम्बर १९ मा सार्वजनिक हुने तयारीमा छ। यसको सावजनिक मितिले गेमिङ उध्योगमा ठूलो प्रभाव पर्ने अनुमान लामो समय देखि गरिदै आएको छ। तर यसको १३ वर्ष पुरानो अघिल्लो भर्सन ग्रान्ड थेफ्ट अटो ५ को बिक्रीमा समेत उल्लेखनीय प्रभाव पर्ने भने धेरैले अनुमान गरेका थिएनन्। एलिनिया एनालिटिक्सका रिस एलियटले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ को नोभेम्बरको पहिलो १३ दिनमा मात्रै ग्रान्ड थेफ्ट अटो ५ का १ लाख ५० हजार प्रति बिक्री भएका छन्। यस महिनामा हालसम्म उक्त खेल तीन ओटा प्लेटर्फममा गरी १ करोड ६० लाख संलग्न प्रयोगकर्ता दर्ता भएका छन्। एलिएटका अनुसार, जीटीए५ को नयाँ बिक्रीमध्ये ५४.२ प्रतिशत पीएस ५, २५.२ प्रतिशत स्टिम र बाकी २०.६ प्रतिशत एक्सबक्स मार्फत भएको छ। यस अघि सन् २०२६ को दोस्रो त्रैमासिकमा पनि जीटए ५ ले उल्लेखनीय व्यापार गरेको थियो। टेक–टु इन्टरएक्टिभका अनुसार उक्त अवधिमा मात्रै खेलका ५० लाखभन्दा बढी प्रति बिक्री भएको थिए। खेलको कुल बिक्री संख्या २३ करोड ५० लाखभन्दा बढी पुगेको छ भने यसबाट १० अर्व अमेरिकि डलर आम्दानी भएको छ। जीटीए ६ सार्वजनिक हुनु अघि नै यसको करिब ६४ लाख ५० हजार प्रति अग्रिम बुकिङ भएको अनुमान गरिएको छ। ती मध्ये ७७ प्रतिशत बुकिङ खेलको १०० अमेरिकि डलर मुल्य पर्ने अल्टिमेट भर्सनका लागि भएको बताएको छ। टेलिग्राफका अनुसार, यदि जीटीए ६ ले आफ्नो अघिल्लो भर्सनको जस्तै बिक्री र बजारमा आकर्षण गर्न सकेमा अत्याधिक लगानीका बाबजुद पनि व्यवसायीक रुपमा ठूलो सफलता हासिल गर्ने सम्भावना छ। अन्य अनुमान अनुसार सार्वजनिक भएको पहिलो सातामै जीटीए ६ ले ४ अर्व ५० करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गर्न सक्नेछन्। The post जीटीए ५ को बिक्री अझै उच्च appeared first on Technology Khabar.
जीटीए ५ को बिक्री अझै उच्च

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर





