Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
जिशन अलाम कर्णाली याक्समा अनुबन्ध
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ । आइतबार जिशनलाई बाँकी खेलको लागि अनुबन्ध गरेको कर्णाली याक्स स्पोट्र्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले जानकारी गराए । अध्यक्ष घिमिरेले जिशनको आगमनसँगै टिमको शीर्षक्रम बलियो हुने विश्वास व्यक्त गरे । ‘जिशन पछिल्लो समय राम्रो लयमा रहेका कारण हामीले अनुबन्ध गरेका हौं । उनको आगमनपछि कर्णाली याक्सको शीर्षक्रम बलियो अझै बलियो हुने विश्वास लिएका छौं ।’अध्यक्ष घिमिरेले टिममा दुई बंगलादेशी खेलाडी रहिसकेकाले जिसमलाई पनि नेपालको वातावरणमा खेल्न सहज हुने बताउाछन् । जिशन कर्णालीमा अनुबन्ध हुने तेस्रो बंगलादेशका खेलाडी हुन् । यसअघि अरिफुल इस्लाम र अकवर अली अनुबन्ध भएका थिए । २१ वर्षीय ब्याटिङ अलराउण्डर जिशनले बंगलादेशको यु–१९ हुँदै ए टिमबाट खेलिसकेका छन् । यस्तै, बंगलादेशको फ्रेन्चाइज टोलीहरु राजशाही वारिअर्स र दुरबार राजशाहीबाट खेलेका छन् । उनले लिष्ट ए मा ४९ खेल खेल्दै १ हजार २९५ रन बनाएका थिए । त्यस्तै, २७ टी–२० आईमा ५ सय ७१ रन बनाएका छन् । जिसनले अस्ट्रेलियामा भएको टप एण्ड टी–२० शृंखलामा नेपालविरुद्ध पनि सानदार प्रदर्शन गरेका थिए । बंगलादेशले ९ विकेटको जित निकाल्दा अविजित ५२ रन बनाएका थिए । उनले सो खेलमा २९ बलमा तीन चौका र ४ छक्का हिर्काएका थिए । सोही खेलमा कर्णाली याक्सबाट खेलिरहेका अरिफुल इस्लामले पनि ३४ रन बनाएका हुन् । कर्णाली याक्सले सोमबार प्रतियोगिताको आफ्नो तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग खेल्दैछ । सो खेलमा जिशन उपलब्ध हुनेछन् । प्रतियोगिताको पहिलो दुबै खेलमा जित निकाल्दै कर्णालीले प्रभावशाली सुरुवात गरिसकेको छ । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित
Latest NewsJust now

दोस्रो काठमाडौं हरर फिल्म फेस्ट सम्पन्न, उत्कृष्ट छोटो फिल्म ‘केएनएआर’ घोषित

काठमाडौं । दोस्रो काठमाडौं हरर फिल्म फेस्ट (केएचएफएफ) सम्पन्न भएको छ । अक्टोबर ३० देखि काठमाडौंस्थित रुसी हाउसमा आयोजित महोत्सव आइतबार सम्पन्न भएको हो । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजना... ...

रातोपाटी
स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)
Latest NewsJust now

स्वदेशी फूलले बजार पाएपछि किसान उत्साहित (फोटोफिचर)

हेटौँडा, कात्तिक १६ गते । तिहार नजिकिँदै गर्दा मकवानपुरका सयपत्री फूल उत्पादक किसान उत्साहित भएका छन् । सरकारले भारतलगायत छिमेकी मुलुकबाट सयपत्री र मखमली फूल आयात तथा प्लास्टिकका फ... ...

गोरखापत्र
धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ
Latest NewsJust now

धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

सुनसरी, कात्तिक १६ गते । धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गाँजा ओसारपसार भइ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play