नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा चितवन राइनोजले दोस्रो जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै चितवन अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको हो । यो जितसँगै चितवनले चार खेलबाट पाँच अंक जोडेको छ । अर्कोतर्फ पोखरा भने लगातार चौथो हार बेहोर्दै अंकविहीन अवस्थामा छ । पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो । चितवनका लागि सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाए । उनले १६ बलमा दुई चौका र चार ...
जितसँगै चितवन तेस्रो स्थानमा उक्लियो, पोखराको लगातार चौथो हार
Read Complete Original Article
Published originally on फरकधार






