Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

जाडो छल्न हिमाली क्षेत्रबाट तराई झर्न थाले चरा

Share:WhatsAppFacebookX (Twitter)Telegram
जाडो छल्न हिमाली क्षेत्रबाट तराई झर्न थाले  चरा
Photo / Coverage: नेपालन्युज

चितवन। जाडो बढेसँगै आहाराको खोजीमा हिमाली तथा पहाडी क्षेत्रबाट चरा तराई झर्न थालेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी पाहुना चराहरू देखिन थालेका छन्। जाडो छल्न हाँस प्रजातिका चरासहित बाज र चिललगायतका चरा यहाँ आएका हुन्। नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक बासु बिडारीले जानकारी दिए। उनका अनुसार नेपालबाहिरबाट आएका १२ देखि १५ प्रजातिका हाँस नारायणी र राप्ती नदी तथा रिउ खोलामा देखिन थालेका छन्। कतिपय चरा आइसकेका छन् भने केही आउन बाँकी छन्। नेपालकै पहाडी क्षेत्रबाट पनि चिसो छल्न चरा चितवन आउने गरेका छन्। बिडारीका अनुसार साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान र चीनलगायतका देशबाट नेपालमा चरा आउने गरेका छन्। नेपाल आउने हाँस प्रजातिमा चखेवा, सुइरोपुच्छ्रे, मालक, खडखडे, बिजुला र गैरी छन्। त्यस्तै, सुडसुडिया प्रजातिका वनमा आश्रित चरा पनि आउने गरेका छन्। यस समूहमा चाचर, चुइया र भारद्वाज पर्छन्। “चिसो छल्न र आहाराको खोजीमा चरा उत्तरबाट दक्षिणतर्फ आउने गरेको पाइन्छ,” बिडारीले भने। नेपालमा १२० देखि १८० प्रजातिका चरा आगन्तुकका रूपमा आउने गरेको बताउँदै उनले यस वर्ष अहिलेसम्म एक सयभन्दा बढी प्रजाति आइसकेको जानकारी दिए। यी चरा छ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने गर्छन्। पृथ्वीको उत्तरी गोलार्धमा दिन छोटो र रात लामो हुने भएकाले आहार खोज्न पर्याप्त समय नपाउँदा चरा दक्षिणतर्फ आउने गरेको बिडारीले बताए। उनका अनुसार पाँचदेखि सात हजार किलोमिटर टाढाबाट पनि चरा नेपाल आउने गरेका छन्। विशेषगरी सिमसार, घाँसेमैदान, वन तथा खेतबारीमा बस्ने चरा यहाँ आउने गरेका छन्। नेपालमा हाल ९०४ प्रजातिका चरा पाइन्छन् भने चितवनमा ६५२ प्रजाति अभिलेख भएका छन्। चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी र रिउ नदी तथा आसपासका सिमसार क्षेत्र जलपक्षीका लागि उपयुक्त बासस्थान मानिन्छन्। निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वन पनि चराका लागि उपयुक्त विचरण क्षेत्र हुन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र बलियो हुन सक्दैन : सांसद सिंह
Latest NewsJust now

स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र बलियो हुन सक्दैन : सांसद सिंह

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले आफू सधैँ स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको बताएका छन् । मेची–महाकाली पदयात्राका क्रममा बिहीवार जनकपुर पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो धारणा राखेका... ...

रातोपाटी
स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्छ, संसद् छल्ने प्रवृत्ति लोकतान्त्रिक होइन : ओली
Latest NewsJust now

स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्छ, संसद् छल्ने प्रवृत्ति लोकतान्त्रिक होइन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताबाट पाँच वर्षका लागि निर्वाचित प्रतिनिधिहरूले आफ्नो पूरै कार्यकाल काम गर्न पाउनुपर्नेमा जोड दिँदै स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि जेठको सुरुमै सकिने भएकाले वैशाखको... ...

रातोपाटी
नारायणगढ–भरतपुरको मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज बनाउन बत्ती जडान
Latest NewsJust now

नारायणगढ–भरतपुरको मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज बनाउन बत्ती जडान

चितवन । चितवनको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरका विभिन्न चोकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले जडान गरिएका ट्राफिक बत्ती बिहीबारदेखि सञ्चालनमा आएका हुन् । पुलचोक–गोन्द्राङ छ लेन सडक र बाइपास रोडका विभिन्न ६ स्थानमा ट्राफिक बत्ती जडान गरिएको छ । भरतपुरको चौबिसकोठीमा महानगरपालिकाका कार्यवाहक […] ...

लोकपथ
वैदेशिक रोजगारीमा ठगी गर्ने चार पक्राउ
Latest NewsJust now

वैदेशिक रोजगारीमा ठगी गर्ने चार पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धादिङको सिद्धलेक गाउँपालिका–३ का... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement